Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • हाइड्रोले ल्यायो करिब चार करोड रुपैयाँको सेयर, आजै पायो अनुमति ! Jun 16, 2016 ArthatantraHydro power
    काठमाण्डौं । दिव्यश्वरी हाइड्रोले सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डबाट ३ लाख ९६ हजार कित्ता साधारण सेयर निष्काशनका लागि आज बिहीबार स्वीकृति पाएकोछ । हाइड्रोको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । हाइड्रोले प्रतिकित्ता १ सय रुपैंयाका दरले ३ करोड ९६ लाख रुपैंयाको सेयर निष्काशन गर्न लागेको हो । इक्रा नेपालले कम्पनीलाई रेटिंग ४ दिएको छ । संस्थापकसँग १९ लाख ...
  • यसरी बन्न सकिन्छ व्यवसायी, विश्वका सफल व्यवसायीका छ मन्त्र Jun 15, 2016 Arthatantraprofit share
    हामी धेरैको सपना हुन्छ केही गर्ने र धनी बन्ने । अहिले सफल बन्ने र धन कमाउने नै सबैको उद्देश्य हुन्छ । किनकी यो आधुनिक समयमा समयको माग अनुसार चल्नुपर्ने बाध्यता र साथीभाइसँगको प्रतिस्पर्धाले पनि हामीलाई बाध्य गराएको हुन्छ । यस्तोमा कसरी सफल बन्ने धेरै सूत्रहरु र मन्त्रहरुले हामीलाई अलमल पार्न सक्छ । त्यसैले यसपटक लक्ष्मी मित्तल, अलिको डांगोटे, एण्ड्रयु कार्नेज, ...
  • कानून मिचेर पैसा कमाउनेमा चौधरीदेखि गोल्छासम्म ! Jun 15, 2016 Arthatantra
    काठमाण्डौं । नेपालका हाइप्रोफाइल व्यक्तिहरुले नेपाली कानून मिचेर विदेशमा कर छल्दै कारोबार गर्ने गरेको भेटिएकोछ । अन्तर्राष्ट्रिय खोजमूलक पत्रकारहरुको संस्था आइसिआइजेले सार्वजनिक गरेको डेटाबेसमा भेटिएका केही नाममा चौधरी, गोल्छा सहित अन्य हाइप्रोफाइल नेपालीहरु पनि रहेका छन् । खोजमूलक पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेले सन् २०१३ मा सार्वजनिक गरेको अफसोर लिक्स र गएको सोमबार मध्यरात सार्वजनिक गरेको पनामा पेपर्स लिक्सलाई अहिले एउटै डेटाबेसमा ...
  • फेरि सडक विस्तार हुँदै, फेरि भत्काइने भयो घर, टहरा ! Jun 14, 2016 ArthatantraKathmandu Road Expansion
    भक्तपुर । डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडक कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरेकोछ । कौशलटारबाट बालकोट हुँदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ । ...
  • पूर्वी पहाडको समृद्धीको आधार पाथीभरा भगवती ! Jun 13, 2016 Arthatantrapathibhara_mata
    ताप्लेजुङ । पूर्वी पहाडको भ्रमणमा निस्कने अधिकांश मान्छे मात्रै पाथीभरा भगवतीको दर्शन गरेर फर्कन्छन् । झापाको चारआलीबाट इलाम लागेपछि त्यहाँबाट पाँचथर पुग्नेहरु एक पटक पाथीभरा पुग्ने गरेका छन् । धार्मिक र सांस्कृतिक महत्वको यो ठाउँ हिन्दूहरुको आस्थाको केन्द्रविन्दु हो ।  नेपाल र भारतका हिन्दू अनुयायीहरु एकपटक पाथीभराको दर्शन गर्न लालायित हुुुने गर्दछन् । भारत र चीन दुवै देशको सीमा ताप्लेजुङले छुने गरेको ...
  • जमिन बाँझो राख्नेलाई कारवाही गर्न भू-उपयोग ऐन ! Jun 13, 2016 Arthatantrafarmer_nepal
    काठमाण्डौं। सरकारले अब कृषियोग्य जमिन बाँझो राख्नेलाई कारवाही गर्ने भएकोछ । यसका लागि भूमिसुधार मन्त्रालयले पहिलोपटक नेपालमा भू-उपयोग ऐन ल्याउँदैछ । यही ऐनलाई टेकेर सरकारले जमिन बाँझो राख्नेलाई कारवाही गर्ने भएको हो । मन्त्रालयले तयार पारेको मस्यौदा संसदमा पेश हुने क्रममा छ । संसदले यो ऐन पारित गर्नासाथ खेतबारी बाँझो राख्नेहरुलाई कारवाही गर्न सुरु गरिने मन्त्रालय स्रोतले बताएकोछ । कृषिजन्य जग्गा किनेर ...
  • नेपाल लाईफको सेयर रोक्न धितोपत्र बोर्डको निर्देशन, आइतबारदेखि रोक्का ह… Jun 10, 2016 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्ने निर्देशन दिएको छ । बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई आज शुक्रबार पत्र पठाएर सेयर कारोबार रोक्न निर्देशन दिएको हो । बोर्डमा आवेदन नै नदिई कम्पनीले सूचना जारी गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्न बोर्डले निर्देशन दिएको हो । पहिले नै सूचना प्रकाशित गर्दा बजार मूल्यमा चलखेल हुनसक्ने र अनुमति ...
  • प्रभु बैंकको ३ लाख कित्ता सेयर लिलाममा, किन्नु फाइदाजनक ! Jun 10, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले हकप्रदमा आबेदन नपरेका झण्डै साढे तीन लाख कित्ता सेयर लिलाममा राखेको छ । लिलाममा राखिएको सेयरको प्रति कित्ता एकसय रुपैयाँ न्युनतम मुल्य तोकिएको छ । प्रभुले गत चैत्र २८ गतेसम्म खुला गरेको २० प्रतिशत हकप्रदमा आबेदन नपरेको संस्थापक समूहको १ लाख ५७ हजार, २७१ कित्ता र सर्वसाधारण समूहको १ लाख ८४ हजार ६१४ कित्ता गरी जम्मा ३ ...
  • बौद्धबाट ताहाचलसम्म चल्ने भो केवलकार, भाडा मात्र रु ४० ! Jun 8, 2016 Arthatantracable car
    काठमाण्डौं । राजधानीको बौद्धदेखि ताहचलसम्म केबलकार सञ्चालनमा आउने भएको छ। यो दुरी मात्रै आधा घण्टामा तय गर्न सकिने छ।हालै गरिएको एक अध्ययनले केबलकार संचालन संभव भएको देखाएको हो। सार्वजनिक यातायात वा निजी साधन जस्तै आधा घण्टामा पुगिने सो गन्तब्यको अनुमानित एक तर्फी भाडादर मात्र ४० रुपैयाँ लाग्ने छ। २५० केवलकार रहने उक्त रुटमा सात केवलकार स्टप प्रस्ताव गरिएको छ भने केवल ...
  • फोहोरबाट निकालिएको ग्यास, अब छिट्टै घर–घरमा Jun 8, 2016 Arthatantraphohar
    काठमाडौँ । फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुनेछ । असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ । उहाँका अनुसार कामपाको वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र ...