Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • उपत्यकामा ८० सिट क्षमताका ३० बस थपिँदै, बिस्तापित हुने भए माइक्रो र टे… Jun 6, 2016 Arthatantrabiddhutiye bus
    काठमाण्डौं । उपत्यकामा आउँदो भदौ महिनादेखि ८० सिट क्षमताका ३० साझा बस थपिने भएका छन् । यी ३० वटा बसहरु साझा यातायातले काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ सेयर लगानीमा ल्याउन लागेको हो । साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक लेल्यान्डबीच गत चैतमा भएको सम्झौता अनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझाले पाउने छ । अब आउने बस ...
  • १६ अर्बको हकप्रद सेयर आउँदैछ, को को हुनेछन् मालामाल, हेर्नुहोस् Jun 5, 2016 Arthatantrashare broker
    काठमाण्डौं । गत साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि अहिले बैंकहरुमा हकप्रद सेयर निस्कासनको लहर सुरु भएको छ। हेर्नुहोस् कुन कुन बैंकले ल्याउँदैछन् हकप्रद सेयर : एनआईसी एसिया बैंक : एनआईसी एसिया बैंकको हकप्रद सेयरका लागि अहिले बिक्री खुला छ। आगामी असार १५ गतेसम्म लगानीकर्ताले आफूसँग भएकोबाट २५ प्रतिशतसम्म सेयरका लागि आवेदन दिन ...
  • अस्थायी कर्मचारीलाई स्थायी, दसैँखर्च, पोसाक महँगी भत्ता माग Jun 4, 2016 Arthatantrastaf
    काठमाडौँ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले देशको विभिन्न भागमा अस्थायी तथा करार र ज्यालादारीमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न राजनीतिक सहमति आवश्यक हुने बताउनुभएको छ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घको काठमाडौँ प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले अस्थायी, ज्यालादारी तथा करारका कर्मचारीलाई पनि स्थायी बनाउने, दसैँखर्च, पोसाक भत्ता र महँगी भत्ता उपलब्ध गराउने तथा सेवाबाट ...
  • बैंकमार्फत रेमिटान्स पठाउनेलाई घरजग्गा किन्दा छुट Jun 3, 2016 ArthatantraRemitance
    काठमाडौं । सरकारले वैधानिक रेमिटान्स आप्रवाहलाई बढाउन बैंकमार्फत रेमिटान्स पठाउनेलाई घरजग्गा किन्दा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ । हुण्डी तथा अन्य गैरकानूनी कारोबारलाई निरुत्साहित गर्न सरकारले रजिस्ट्रेसन शुल्कमा छुट दिने घोषण गरेको हो । विभिन्न अध्ययनहरुका अनुसार हाल नेपाल भित्रने रेमिट्यान्सको करिब ६० प्रतिशतमात्रै बैंकिङ प्रणालीबाट आउने गरेको छ । ४० प्रतिशत हुन्डी वा अन्य गैरकानूनी माध्यमबाट भित्रने ...
  • सेयर बजारबाट खारेज हुँदैछन् सात कम्पनी, तपाईको लगानी डुब्ला है ! Jun 3, 2016 Arthatantralossesimage
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दर्ता भएर पनि लामो समयसम्म दर्ता शुल्क तथा वार्षिक शुल्क नतिरेका ७ वटा कम्पनीको दर्ता खारेजी हुने भएको छ । सेयर कारोबार गराउन भन्दै नेप्सेमा सुचिकृत भए पनि त्यस पछि दर्ता तथा वार्षिक शुल्क नबुझाएका ७ कम्पनीको दर्ता खारेजी गर्ने तयारी नेप्सेले गरेको हो । उल्लेखित शुल्क नबुझाएकै कारण निलम्बनमा परेका कम्पनीहरुलाई लगानीकर्ताको हितलाई ध्यानमा ...
  • सेयर के हो ? कहिले आउँछ बजारमा ? कसरी गर्ने लगानी ? May 30, 2016 Arthatantrastock market
    एकपटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई सेयर निष्कासन गर्नुपरेमा कम्पनीहरू प्राथमिक सेयर निष्कासन (आईपीओमा)मा जान्छन् । यसरी आईपीओमा जानुभन्दा अघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् । आईपीओ ...
  • कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने May 29, 2016 Arthatantrakanchan-development-bank
    काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको आगामी असार ४ गते विशेष साधारणसभा बस्दैछ । बैंकको उक्त साधारणसभाले हकप्रद पारित गर्नेछ । कम्पनीको निर्णय सभाले पारित गरेपछि सेयरधनीले सेयर किनबेच गर्न पाउने छन् । हाल बजारमा बैंकको सेयर प्रतिकित्ता ५०० रुपैयाँमा किनबेच भइरहेको छ । प्रकाशितः २०७३ जेठ १६
  • बजेट कार्यान्वयन गर्न यस्तो छ सरकारी प्रतिबद्धता May 29, 2016 ArthatantraBudget Nepal
    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य अर्थविदहरुले बजेट महत्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या भएको बताईरहदा सरकारले कार्यान्वयनका लागि छुट्टै योजना बनाएको छ । आगामी आर्थिक वर्षका निम्ति निर्धारण गरेका बजेटका उद्देश्य र लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षलाई प्रभावकारिताका साथ अघि बढाउने सरकारले प्रतिबद्धता समेत व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरिएको बजेटमा त्यसको कार्यान्वयनलाई उच्च महत्व दिँदै ...
  • आर्थिक विकासका लागि के के समेट्यो बजेटले ? May 29, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
     काठमाडौँ । सरकारले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरेको ४५२ बुँदे बजेट वक्तव्यमा मुलुकको आर्थिक विकासका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम र आयोजना अघि सारेको छ । बजेट वक्तव्यमा तराई र भित्री मधेसका २२ जिल्लामा आधुनिक सिँचाइ प्रणालीबाट सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथै आगामी आवमा ११ जिल्लामा समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रम थालिने उल्लेख छ । आगामी आवमा सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ...
  • बजेटका मुख्य विशेषता : किसान आयोग, शैक्षिक ऋण, मेडिकल कलेज … May 28, 2016 ArthatantraFinance Minister Bishnu Poudel in house
    काठमाडौँ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आव २०७३/०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमा संविधानको कार्यान्वयन, पुनःनिर्माण, अर्थतन्त्रको पुनरुत्थान, गरिबी घटाउने र गुणस्तरीय सामाजिक सेवा विस्तारको लक्ष्य लिइएको छ । रेल सेवा, विभिन्न सुरुङ मार्गको अध्ययन र आत्मनिर्भर अर्थतन्त्रका कार्यक्रम समेटिएको बजेटले जमिन बाँझो राख्न नपाइने पनि घोषणा गरेको छ । एक प्रदेश : एक प्राणी उद्यान सरकारले प्रत्येक प्रदेशमा प्राणी ...