Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट संसदमा प्रस्तुत … May 28, 2016 Arthatantra13329773_10207693719873434_1296575700_n
    काठमाडौँ | अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले संसदमा आर्थिक बर्ष २०७३/०७४ को लागि बजेट प्रस्तुत गरिरहेका छन् | संसदको जारी बैठकमा अर्थमन्त्री पौडेलले अबको आर्थिक लक्ष्य समाजवादतर्फ उन्मुख भएको बताएका छन् । संघीयताको कार्यान्वयनका लागि आवश्यक बजेट बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् । भूकम्पीडितलाई सरल तरिकाले अनुदान वितरण गरिनेछ । भूकम्पपछिको पुर्निर्माणका लागि १ खर्ब ४० अर्ब रकम छुट्टयाइएको, सामुहिक जमानीमा ३ लाख ...
  • शेष घले : वर्षदिनमै ४ अर्ब सम्पत्ति जोड्दै अष्ट्रेलियाली धनीहरुमा १०५औ… May 27, 2016 Arthatantrashesh ghale 1234
    काठमाण्डौं । अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति यो बर्ष ५ करोड ८० लाख डलर ९करिव ४ अर्ब ४६ करोड रुपैयाँ० ले थपिएको छ । सूची प्रकाशन गर्दै आएको अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले सन् २०१६ को सूची शुक्रबार बिहान प्रकाशन गरेको छ । जसमा घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर ...
  • अब हकप्रद सेयर निस्कासनको लागि ५ दिनभित्रै स्वीकृति May 26, 2016 Arthatantranepse_photo
    काठमाण्डौं ।  नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निस्कासनको लागि सम्पूर्ण कागजात र प्रक्रिया पुरा भएमा ५ दिनभित्रै बोर्डले स्वीकृति दिने भएको छ। पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको पुँजी बृद्धिका लागि ठूलो परिमाणमा हकप्रद सेयर निस्कासनको तयारी गरेका बेला बोर्डले यसलाई थप सहजता प्रदान गरेको हो। हकप्रद सेयर निस्कासन अनुमतिको निवेदन प्राप्त भएको ७ कार्यदिनभित्र निवेदनसँग संलग्न विवरण तथा ...
  • सात बर्षमै संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न पाइने May 25, 2016 Arthatantrashare
    काठमाण्डौं । अर्थसमितिको बैठकले ’बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेको बिधेयक २०७२’ पारित गरेको छ । पारित भएको विधेयकले सात बर्षमै संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न पाइने व्यवस्था गरेकोछ । प्रस्तावित ऐनको मस्यौदामा बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयर संस्था संचालनमा आएको ७ बर्षपछि राष्ट्र बैंकको स्वीकृतिमा साधारण सेयरमा परिणत गर्न सक्ने ब्यवस्था गरिएको छ । ...
  • फाइनान्स र इन्स्योरेन्सले भारी मात्रामा हकप्रद निस्कासन गर्दै ! May 24, 2016 ArthatantraShare Market
    काठमाण्डौं । सगरमाथा फाइनान्सले पूँजी वृद्धिका लागि भारी मात्रामा हकप्रद निष्काशन गर्ने भएको छ । त्यसै गरि हामा मर्चेण्टले पनि हकप्रद निष्काशन गर्ने भएको छ भने हिमालयन जनरल इन्स्योरेन्सले पनि बोनस शेयर बितरणका लागि बुक क्लोजको मिति तोकेको छ । सगरमाथा फाइनान्सले पूँजी बिस्तार गर्नका लागि ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित असार ३ गते दशौं वार्षिक साधारण सभा आह्वान ...
  • बजारमा आयो करिब १ करोड ६९ लाख कित्ता नयाँ सेयर May 24, 2016 Arthatantra
    काठमाण्डौं । आज मंगलबार पूँजी बजारमा चार वाणिज्य बैंक लगायतका विभिन्न आधादर्जन कम्पनीको करिब एक करोड ६९ लाख कित्ता नयाँ सेयर थपिएको छ । एसबीआई, एनसीसी, सेञ्चुरी, मेगा बैंक लगायतका कम्पनीको एक करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनश सेयर सूचिकृत भएको छ । एसबी आई बैंकको ८२ लाख ५५ हजार ४ सय ५८ कित्ता, एन्सीसी बैंकको ३२ लाख ...
  • अबदेखि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई सेयर दिन नपाउने ! May 24, 2016 Arthatantrashare broker
    काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि प्राथमिक सेयर निश्कासन गर्दा आफ्ना कर्मचारीहरुलाई अनिवार्य ५ प्रतिशत हिस्सा दिनुपर्ने प्रावधान खारेज गर्न सिफारिस गरिएको छ । अर्थ समितिले गठन गरेको उपसमितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको विधेयक- ०७२ माथि छलफल गरी यस्तो प्रतिवेदन तयार पारेको हो । अर्थ समितिले गत माघ ४ गते सांसद दिपक कुइँकेलको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन ...
  • नयाँ आर्थिक वर्षबाटै किसानलाई पेन्सन, छुट्याइयो १५ करोड बजेट ! May 24, 2016 Arthatantrafarmer_nepal
    काठमाण्डौं । किसानलाई पेन्सन दिन सरकारले आगामी बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ । कृषि मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले ‘किसान पेन्सन फण्ड’का लागि बजेट विनियोजन गर्ने भएको हो । सरकारले कृषि क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर बजेट तयार गरिरहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । पेन्सन सुविधा कार्यान्यवनय भएसँगै युवापुस्ता कृषितर्फ आकषिर्त हुने सरकारको विश्वास छ । तर, जग्गा बाँझो राख्ने किसानले ...
  • कमोडिटी मार्केट : धितोपत्र बोर्डको मातहतमा, आकर्षित होलान् त सेयर लगान… May 23, 2016 Arthatantrashare commodities
    काठमाण्डौं । सरकारले कमोडिटी र फ्युचर मार्केटलाई व्यवस्थित र नियमनका लागि तयार भएको ऐनको मस्यौंदालाई अन्तिम रुप दिएको छ । अर्थमन्त्रालयले केही दिनभित्रै मस्यौैंदालाई अन्तिम रुप दिएर मन्त्रीपरिषद्मा पठाउन लागेको हो । अहिले कमोडिटी र फ्युचर मार्केटको कारोबार भएपनि नियमन नहुँदा लगानीकर्ता ठगिरहेका छन् । ऐनको मस्यौंदाभित्र बस्तु विनिमय बजार, बस्तुको कारोबार व्यवसाय,राफसाफ र फर्छयौट व्यवसाय र वेयरहाउस व्यवसाय गरेर चारवटा ...
  • आगामी बजेटबाट बृद्ध बृद्धा, एकल महिला लगातयले पाउने भत्ता दोब्बर हुँदै May 22, 2016 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    काठमाण्डौं । सरकारले आगामी बजेटबाट बृद्धरबृद्धा, एकल महिला लगायतलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता शतप्रतिशतले बृद्धि गर्दै दोब्बर पुर्‍याउने भएको छ । अहिले सामाजिक सुरक्षा भत्ता मासिक एक हजार रुपैयाँ छ । सरकारले यसलाई बढाएर दुई हजार रुपैयाँसम्म पुर्‍याउन लागेको हो । नेकपा एमालेको २०५१ सालको नौ महिने शासन कालबाट नै सामाजिक सुरक्षा भत्ता सुरु गरिएको थियो । यसका साथै, सरकारले आगामी ...