Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Sunday, November 19, 2017
विशेष
  • यसरी भयो मेरो माइक्रोफाइनान्सको सेयर बाँडफाँड May 11, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं ।  २ महिनाअघि निस्कासन भएको मेरो माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भएको छ। न्यूनतम १० देखि ४१ कित्तासम्म आवेदकले सेयर पाएका छन्। २ लाख ३० हजार रुपैयाँसम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट १० कित्ता सेयर दिइएको छ। त्यस्तै तोकिएको अधिकतम १० लाख रुपैयाँको सेयर माग गर्नेलाई ४१ कित्ता सेयर परेको छ। ५० हजार रुपैयाँसम्मको सेयर माग गर्ने १ लाख ५३ हजारको संख्या रहेकोमा ...
  • तपाईले लिनुभयो त सेयर किनेको प्रमाणपत्र ? May 9, 2016 Arthatantrashare certificate
    काठमाण्डौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले सेयर वाँडफाँड गरेको करिव चार महिनापछि प्रमाणपत्र वितरणको काम सुरु गरेको छ । सेयरधनीले प्रमाणपत्र लिन वाँडफाँडपत्रसँगै नागरिकताको प्रतिलिपी पनि लैजानु पर्छ । सेयर भरेकै ठाउँबाट प्रमाणपत्र वितरणको काम भइरहेको छ । वाँडफाँड गरेको लामो समयपछि कम्पनीले आज सोमबारबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो । कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्काशन गरेको ...
  • काष्ठमण्डपले २५ प्रतिसत हकप्रद सेयर जारी गर्ने May 9, 2016 Arthatantrarp_kastamandap1.jpg
    काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले २५ प्रतिसत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको आठौं वार्षिक साधारणले पारित गरेअनुसार एक सय बराबर २५ कित्ता बराबर हकप्रद निष्काशन गर्न लागिएको हो । बैंकले सेयर निष्काशनका लागि विक्री प्रबन्धकमा एनसिएम मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार भएको सम्झौतामा काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी र ...
  • जिल्लाको कमाई दिनको एक करोड ! May 8, 2016 ArthatantraRemitance
    रुकुम । रुकुममा दैनिक रु एक करोडभन्दा बढी विप्रेषण (रेमिटान्स)भित्रिने गरेको छ । मलेसिया, साउदी अरब, कतार, बहराइन, हङ्कङ, सिङ्गापुरलगायत मुलुकमा रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रुकुमेलीको सङ्ख्या उल्लेख्य रहेकाले यहाँ दैनिक विप्रेषण बढ्दै गएको हो । जिल्लामा १९ वटा मनिट्रान्सफरमार्फत दैनिक रु एक करोड बढी विप्रेषण भित्रने गरेको छ । डिग्रे शाइकुमारी ऋण तथा बचत सहकारीबाट मात्र दैनिक रु २५ देखि ...
  • दुई बैंकको मर्जर तोडिएपछि बजारमा आउने भो करोडौं कित्ता सेयर ! May 5, 2016 ArthatantraWorld Business teamwork puzzle pieces
    काठमाण्डौं । माछापुच्छ्रे बैंक र जनता बैंकको संयुक्त वोर्ड वैठकले मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई गराएको छ । अब दुईले पुँजी बढाउनका लागि करौंको सेयर कित्ता बजारमा ल्याउने भएका छन् । जनता बैंकलाई गाभ्ने सहमतिबाट पछाडि फर्किएको माछापुच्छ्रे बैंकले आफ्नै हिसावले पुँजी पुर्‍याउने निर्णय गर्दै मर्जर तोडिएको जानकारी राष्ट्र बैंकलाई दिएको थियो । माछापुच्छ्रेको निवेदनपछि नियमन विभाग अन्तर्गत रहेको ुमर्जर डेक्सु ...
  • एउटा बैंकको सय कित्ता सेयर किन्नेले अर्कोको ८२ कित्ता पाउने May 5, 2016 Arthatantrashare
    काठमाण्डौं । बैंक अफ काठमाण्डूसँग लुम्बिनी बैंक १०० कित्ता वरावर ८२ कित्ता सेयर अनुपातमा गाभिने भएको छ । दुबैं बैंकबीच सेयर आदनप्रदान अनुपात पाँच महिनाअघि मर्जर सम्झौता हुँदै टुङ्गो लागेको बताइएको छ । विओकेले जेठ १७ का दिन बोलाएको साधारणसभा सम्बन्धि सुचनामा सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन ९डिडिए० आधारमा सेयर आदनप्रदान अनुपात टुङ्गो गरिएको जनाएको छ । अहिले बैंक अफ काठमाडौंको ५१ ...
  • धितोपत्र बोर्डले ल्यायो नयाँ नियम, अब धेरैभन्दा धेरैले सेयर किन्न सक्न… May 4, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन तथा बोलकबोल मार्फत विक्री गर्ने सेयरमा नयाँ व्यवस्था गरेको छ । बोर्डले यस्तो सेयर बिक्रीलाई थप प्रभावकारी बनाउन फरक फरक सञ्चार माध्यममा फरक फरक समयमा सूचना प्रकाशित गर्न निर्देशन दिएकोछ । एक पटक वा एक सञ्चार माध्यममा मात्रै सूचना प्रकाशित गर्दा लगानीकर्ताले जानकारी पाउन कठिन भएको भन्दै बोर्डले कम्पनीको आफ्नो वेव साइट बाहेक ...
  • ७ लाख कित्ता सेयर लिलामीमा, २ सयमा बोलकबोल हुँदै, तपाई छुट्नु त भएन ? May 2, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारागाँउ रिजेन्सी होटलको सात लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ । बैंकले खुल्ला बोलकबोलबाट यो सेयर विक्री गर्न लागेको हो । होटल स्थापना गर्दा दिएको कर्जालाई बैंकहरुले सेयरमा परिणत गरेर बैंकहरु सेयरधनी भएका थिए। यही सेयर नेपाल बैंकले बिक्री गर्न लागेको हो । यस अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो सेयर विक्री गरिसकेको ...
  • काठमाण्डौं घुम्नका लागि दक्षिण एसियाकै उत्कृष्ट शहर May 1, 2016 ArthatantraNepal-Beautiful-Road-Kathmandu-Nepali-Blogger
    काठमाण्डौं । विश्वभरमा घुम्नका लागि उत्कृष्ट गन्तव्यमा दक्षिण एसियाका सहरलाई पछि पार्दै काठमाडौं विश्वको २३ औं स्थानमा परेको छ। योसँगै यात्रा सम्वन्धि विश्वको सवैभन्दा ठूलो ट्राभल अनलाइन पोर्टल ट्रिप एडभाइजरले काठमाडौलाई ट्राभलर च्वाइस आवार्ड २०१६ वाट समेत सम्मानित गरिसकेको छ। काठमाण्डौं शहरमा उपलब्ध होटेल, रेस्टुरेन्टको समिक्षा, मुल्याङ्कन र आकर्षणको मात्रा प्रयोग गरेर १२ महिनाको अवधिमा यहाँ भ्रमणमा आएका पर्यटकसँगको अन्तरक्रियामा आधारित ...
  • कतै तपाईले किनेको सेयर हराइरहेको त छैन ? May 1, 2016 Arthatantrastock market
    काठमाण्डौं । कतै तपाईले नयाँ प्रणाली अनुसार किनेको डीम्याट सेयर हराइरहेको त छैन ? सेयर किनेपछि खातामा सेयर जम्मा नभएर हैरान हुनु भएको छ कि ? अहिले सेयर किने पनि आफ्नो खातामा लामो समयसम्म शेयर जम्मा नभए पछि लगानीकर्ता अन्यौलमा परेका छन् । लगानीकर्ताले शेयर दलाल मार्फत डीम्याट सेयर किने पछि तीन कार्य दिन भित्र खरिदकर्ताको खातामा शेयर जम्मा भैसक्नु पर्छ ...