Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
विशेष
  • विदेशिएका एक युवाको ‘मर्मस्पर्सी बकपत्र’ म कसरी भगौडे भएँ … Apr 30, 2016 Arthatantrakrishna adhikari bhagaude
    खुल्लामन्चमा  फोस्रा भासण छाट्नेहरु, एनजीओ, आइएनजीओ अनि पत्रकारिताको आडमा म जस्ता ५० लाख परदेसिएका युवाहरुको दु:ख र पिडालाइ मसला बनाएर दाम र नामको वाहवाह खान पल्किएका सम्पूर्णले मलाई बताइदिनुहोला कि म कसरी भगौडे भए आफ्नो जन्मभूमिबाट ? कृष्ण अधिकारी  हुनत चोरले म चोर भनेर भन्ने केहि अपवाद बाहेक अहिले सम्मको इतिहासमा छैन तर वास्तवमा म त्यही अपवाद खोजिरहेछु ,सम्बन्धितहरुमध्य कोहि अपवाद हुनहुन्छ ...
  • संधै नम्बर १ धनी बन्न बील गेट्सका नौ सुत्र Apr 28, 2016 Arthatantrabill gates
    बील गेट्स, सन् १९८७ देखि फोब्र्स म्यागजिनले अर्बपतिको रुपमा राखेपछि उनी चर्चामा आएका थिए । त्यतिबेला ४०० अमेरिकी धनीहरु मध्ये पर्न सफल भएका गेट्स त्यसपछि लगातार धनीहरुको सूचिमा पर्न सफल भए । सन् २०११ म पाँचौ धनीमा पर्न सफल भएका बील गेट्स २०१२ मा चौथो नम्बरमा थिए । त्यसपछि उनी लगातार पहिलो नम्बरमा अडिएर बसेका छन् । धेरैको जीवनमा सकारात्मक प्रभाव ...
  • आज जारी भयो ११ अर्बको विकास ऋणपत्र, धितो राखेर ऋण लिन मिल्ने Apr 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज ११ अर्बको ‘विकास ऋणपत्र २०८८’ जारी गरेको छ। यसको ब्याजदर भने बोलकबोल मार्फत् निर्धारण गरीने भएको छ। १५ वर्ष समयावधि रहेको यो ऋणपत्रको वैशाख १७ गते साँवा भुक्तानी गर्नुपर्छ । यो ऋणपत्र धितो राखि बैंकबाट ऋण समेत निकाल्न सकिन्छ। यस ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ...
  • नेपाल बैंकले ल्यायो १० लाख ३१ हजार ६७४ कित्ता सेयर Apr 27, 2016 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले नेपाल इन्स्योरेन्स कम्पनीमा रहेको दश लाख ३१ हजार ६७४ कित्ता सेयर लिलाम गर्ने भएकोछ । नेपाल ईन्स्योरेन्सको ५१ प्रतिशत सेयर स्वामित्व लिएको नेपाल बैंकले न्युनतम ४०० रुपैयाँमा सो सेयर सर्वसाधारण तथा कम्पनीहरुलाई गोप्य सिलबन्दी बोलपत्र मार्फत बिक्री गर्न सूचना निकालेको हो । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको १३ लाख ५० हजार कित्ता सेयर मध्ये १० लाख ३१ ...
  • सेयर बजारमा छिर्नुभन्दा पहिला जान्नैपर्ने केही कुरा … Apr 24, 2016 Arthatantra
    धितोपत्रबजारमा हरेक दिनजसो नयाँ लगानीकर्ताहरु भित्रने गर्छन् । कतिपयले बजारका बिषयमा आवश्यक जानकारी लिएर बजारमा प्रवेश गर्छन भने कतिपय लगानीकर्ताहरु सामान्य जानकारी बिनापनि बजारमा छिरेको भेटिन्छ । सामान्य जानकारी विना बजारमा प्रवेश गर्दा लगानी डुब्ने सम्भावना त्यत्तीनै रहन्छ । यसकारण धितोपत्र बजारमा जानु अगाडि यी शब्दावलीहरु जानेमा लाभदायक हुनसक्छ । बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार पूँजी वृद्धि गर्न ...
  • बसले कमायो महिनादिनै ७० लाख ! Apr 24, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौ । उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । उनका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा ...
  • दीक्षित वीर अस्पतालको आइसीयुमा Apr 23, 2016 Arthatantrakanakmani_deekshit
    काठमाडौं ।  भ्रष्टचार आरोपमा अख्तियारले हिरासतमा लिएका पत्रकार कनकमणि दीक्षितको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । गौशाला प्रहरीको हिरासतमा रहेका उनको अचानक रक्तचाप बढेर मुटुमा समस्या आएपछि शनिबार दिउँसो आईसीयूमा भर्ना गरेर उपचार थालिएको हो । उच्च रक्तचापका कारण दीक्षितको छाती र मुटुमा एकसाथ समस्या आएपछि आईसीयूमा राखेर वीर अस्पतालका चिकित्सकले उपचार थालेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ...
  • गोरखाको लाप्राकमा एनआरएनएले ‘नमुना वस्ती’ बनाउने Apr 23, 2016 Arthatantragorakha laprak
    काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको दुर्गम भूकम्पग्रस्त गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहजीकरण समितिको हालै बसेको वैठकले नमुना वस्ती बनाउने गैरआवासीय नेपाली संघको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । ‘अब लाप्राक अत्याधुनिक नमुना वस्ती बन्ने भएको छ’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने । करिव ६ सय घर परिवार रहेको लाप्राक वस्ती गत बर्षको भूकम्पबाट ...
  • भावी बजेट : तराईका दलित भूमिहीनलाई सरकारले जमिन दिने कुरा समेटिनुपर्छ Apr 22, 2016 Arthatantrarp_Pusparaj-kandel-pps-ize-pic-245x300.jpg
    पार्टीभित्र र बाहिर पनि सामान्य आर्थिक स्थितिका नेताहरु आर्थिक अभावले राजनीतिबाट बाहिर जाँदैछन् भने २ नम्बरी धन्दा गरेर पैसा कमाउनेहरुको राजनीतिमा पकड बढ्ने स्थिति निर्माण भएको छ । स्थानीय निकायको निर्वाचन नभएको लगभग १८ वर्ष भइसक्यो । स्थानीय तहमा गएका अर्वौ रुपैयाँको रकमको सदुपयोग हुनसकेको छैन । स्थानीय निकाय निर्वाचन गर्न बजेटमै समेटिनु पर्छ । प्रा.डा.पुष्प कँडेल बजेट भनेको वार्षिक अनुमानित आम्दानी ...
  • नेपाल टेलिकमको कलैपिच्छे सेयर प्रस्ताव Apr 21, 2016 Arthatantra
    काठमाडौं। नेपाल टेलिकमको सिमबाट हुने प्रत्येक कलबापत निश्चित रकम छुट्याई त्यो रकम कल गर्ने व्यक्तिलाई सेयरस्वरुप उपलब्ध गराउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। नेपाल टेलिकमको कम्पनी सुधारको मार्गचित्र सार्वजनिक गर्ने क्रममा विभागीय मन्त्री समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले टेलिकम व्यवस्थापन समक्ष यस्तो प्रस्ताव राखेका हुन्। टेलिकमको क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको भन्दै सञ्चारमन्त्री राईले टेलिकमलाई एक नम्बरको कम्पनी बनाइराख्न जनतालाई त्यसको ...