back
NMB ad

विश्व अर्थतन्त्र सकारात्मक दिशातर्फ फर्किएको तर अझै जोखिम कायम : आईएमएफ   

Kumari bank ad

आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेपनि अझै सम्भावित जोखिमप्रति सचेत हुन आवश्यक रहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएवाले आईएमएफले विश्वव्यापी वृद्धिको पूर्वानुमानित लक्ष्य प्राप्ति गरेको तर सम्भावित जोखिम भने अझै रहेको बताउनुभएको छ ।

वासिङ्टन डी.सी.मा रहेको आइएमएफको मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आइएमएफ प्रमुख जर्जिएवाले रूस–युक्रेन र इजरायल–हमासबीच द्वन्द्व जारी रहँदा जटिल भूराजनीतिक अवस्थाले अझै पनि विश्वव्यापी आर्थिक परिदृश्यमा अनिश्चितता ल्याएको बताउनुभएको छ ।

आईएमएफले सन् २०२४ मा विश्वव्यापी आर्थिक वृद्धिको अनुमान ३.१ प्रतिशतमा पु¥याएको छ । सन् २०२३ को अक्टोबरमा गरिएको अनुमानभन्दा यो ०.२ प्रतिशत बढी हो ।

मध्यपूर्वको ढुवानी अवरोधबारे बोल्दै उहाँले जनवरीमा स्वेज नहरमा जाने कार्गो एक वर्ष अघिको तुलनामा ४३ प्रतिशतले घटेको बताउँदै यसले सम्बन्धित मुलुकको अर्थतन्त्रमा धक्का दिएको बताउनुभएको छ ।

उहाँले मौद्रिक नीतिमा निर्धारित समयभन्दा अगाडि तथा पछाडि हुन सक्ने जोखिमका साथै विस्तारित अवधिका लागि उच्च ब्याज दरहरू कायम राख्ने जोखिम उल्लेख गर्नुभयो ।
आवश्यकभन्दा लामो समयसम्म ब्याज दरहरू राख्ने जोखिम अमेरिकी अर्थतन्त्रका लागि मात्र नभई विश्वव्यापी अर्थतन्त्रका लागि समेत जोखिम रहेको उहाँले बताउनुभयो ।

जर्जिएवाले पछिल्लो समय उदीयमान अर्थतन्त्रहरूले मुद्रास्फीतिलाई लक्ष्यमा ल्याएको बताउँदै परिणामस्वरुप निर्धारित समय अगाबै कम ब्याज दरमा सर्ने र अमेरिकी दर उच्च रहेमा यसले विनिमय दरहरूलाई असर गरी अन्य देशलाई नकारात्मक प्रभाव छोड्नसक्ने उल्लेख गर्नुभयो ।

चिनियाँ अर्थतन्त्रका बारेमा जर्जिएवाले सिन्ह्वालाई चिनियाँ अर्थतन्त्रले सन् २०२३ मा अपेक्षाभन्दा माथि प्रदर्शन गरेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गा क्षेत्रको तनावलगायत चुनौतिहरूलाई निर्णायक रूपमा सम्बोधन गर्नु र स्थानीय सरकारको ऋण व्यवस्थापन गर्नु चीनको आर्थिक गति कायम राख्नका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

सम्पत्ति क्षेत्रमा चिनियाँ सरकारले केही कदम चालेको जर्जिएवाले बताउँदै हरित अर्थतन्त्रप्रति चीनको प्रतिबद्धता खासगरी विद्युतीय सवारीजस्ता क्षेत्रहरूमा उल्लेखनीय रहेको उहाँले बताउनुभयो ।

वि.सं.२०८० माघ २० शनिवार १६:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...