Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • १४६ विद्यालयमाथि कारबाही ! Jun 9, 2017 ArthatantraSchool-
    काठमाडौ। गैरकानूनी रुपमा सञ्चालित सिराहाका एक सय ४६ संस्थागत विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले कारबाहीका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । कार्यालयको अनुगमनका क्रममा ३८ विद्यालष्य बिनादर्ता सञ्चालन भइरहेको, एकसय आठ विद्यालयमा तल्लो कक्षाको अनुमति लिँदै माथिल्लो कक्षा सञ्चालन भइरहेको फेला परेपछि कारबाही प्रक्रिया सुरु गरेको हो । अनुगमनका क्रममा ३३ विद्यालयमा कक्षा ९ र १०, ५१ विद्यालयमा कक्षा ६, ७ र ...
  • गरिब तथा जेहेन्दार विद्यार्थीलाई सोलार टुकी वितरण Jun 8, 2017 Arthatantrasolar-energy
    बाजुरा । बाजुराका दुर्गम विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको छ । ९ वटा स्थानीय तहमा रहेका साविकका उत्तरी भेगमा पर्ने विद्यालयका विद्यार्थीलाई सोलार टुकी वितरण गरिएको हो । जिल्लाका २५ वटा विद्यालयका एकहजार दुईसय ७३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई हालै सोलार टुकी वितरण गरिएको जिल्ला समन्वय समितिअन्तर्गत जिल्ला वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा, बाजुराले जनाएको ...
  • एनएमबि बैंकले ल्यायो १ करोडको शैक्षिक कर्जा,पाँच दिनमै पाईने ! Jun 7, 2017 Arthatantranmb bank
    काठमाडौ। एनएमबि बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि ‘एनएमबि बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवाको आरम्भ गरेको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको शैक्षिक कर्जाको कर्जा अवधि १० वर्ष सम्म रहने छ भने अधिकतम १ करोड रुपैयाँ सम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ । एनएमबि बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराईने बैंकले ...
  • लिटल एन्जल्स स्कुलको स्विमिङ पुलमा डुबेर बालकको रहस्यमय मृत्यु ! Jun 6, 2017 Arthatantraswim
    ललितपुर । ललितपुरको हात्तिवनस्थित लिटल एन्जल्स बोर्डिङ स्कुलको स्विमिङ पुलमा डुबेर एक बिद्यार्थीको रहस्यमय ढंगले मृत्यु भएको छ । विद्यालयको होस्टेलमा बसेर कक्षा ८ मा अध्ययनरत धनुषाका १४ बर्षिय राहुल शाहको हिजो साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपी शाहका परिवारले भने हत्या भएको दाबी गरेका छन् । शाहलाई डुबेको अबस्थामा देखेपछि उद्धार गरी अस्पाताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ...
  • स्नातक र प्रमाणपत्र तहको परीक्षा असार २३ देखि (तालिकासहित) Jun 5, 2017 ArthatantraTU Tribhubhan University balkhu
    काठमाडौ। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्ष र स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायको नियमति, प्राइभेट, पूरा तथा आंशिक परीक्षा असार २३ गतेबाट सुरु हुने तालिका सार्वजनिक गरेको हो । प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको सबै ...
  • चेपाङ बालबालिकालाई सहयोग Jun 3, 2017 Arthatantrachepang
    चितवन । चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई लायन्स क्लब अफ काठमाडौ मनहराले आज लत्ताकपडासहित आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य रु ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको क्लबका अध्यक्ष प्रमोद फुयाँलले जानकारी दिए । क्लबले गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा सो रकम तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो । सो केन्द्रमा ...
  • परीक्षाफल प्रकाशित ! Jun 2, 2017 ArthatantraTU Tribhubhan University balkhu
    काठमाडौ। प्राविधिक शिक्षातर्फ गतवर्ष असोजमा सञ्चालित प्रवीणता प्रमाणपत्र तहको प्रथम वर्षको चिकित्साशास्त्र अन्तर्गतका परीक्षाको नतिजा प्रकाशित भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), मध्यपुर ठिमीले जनरल मेडिसिन, ल्याब टेक्नोलोजी, डिप्लोमा इन फार्मेसी प्रथम वर्ष, डाइनोस्टिक रेडियोग्राफी, डेन्टल, अकुपञ्चर, होमियोप्याथी, आयुर्वेदको नतिजा प्रकाशन गरेको हो । रिजल्ट http://ctevt.org.np लगअन गरेर हेर्न सकिनेछ । प्रकाशित मितिः २०७४ जेठ १९
  • स्वास्थ्य मन्त्रालय र प्याब्सनबीच विद्यालयमा नर्स राख्ने विषयमा सम्झौत… Jun 1, 2017 ArthatantraCNA to MSN
    काठमाडौ। निजी विद्यालयहरुमा अनिवार्य नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र निजी विद्यालयहरुको छाता संस्था प्याब्सनबीच सम्झौता भएको छ । विद्यालय हाताभित्र पेय पदार्थ र जंक फुडमा प्रतिवन्ध लगाउने लगायतका बुँदामा पनि सम्झौता भएको छ । विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सुचना केन्द्रद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका तर्फबाट राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका ...
  • निर्वाचनसँगै परिक्षा सर्यो,कक्षा ११ को परिक्षा असार १ गतेदेखि(नयाँ ताल… May 31, 2017 ArthatantraNational_Examination_Board Logo
    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनका कारण पटकपटक स्थगित हुँदै आएको कक्षा ११ को परीक्षा निर्वाचनको मिति सरेसँगै पुनः सरेको हो। बुधबार बसेको परीक्षा बोर्ड बैठकले असार १ गतेदेखि १० गतेसम्म परीक्षा गर्ने निर्णय लिएको हो। वैशाख ३१ मा पहिलो चरणको निर्वाचन हुने भएपछि असार १ गते ...
  • नेपाल बैंकद्वारा एउटै विद्यालयलाई ५२ लाख सहयोग May 30, 2017 ArthatantraNepal Bank
    काठमाडौँ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्तरण गरेका छन् । बैंक सञ्चालक सदस्य सिंहले यस बैंकको इतिहासमा ...