Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • अनुमतिबिना सञ्चालित विद्यालयलाई कडा कारबाही गरिने May 11, 2017 ArthatantraSchool-
    धनुषा । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा जिल्लामा सञ्चालित बिना अनुमति अवैध रुपमा सञ्चालित बोर्डिङ स्कुललाई शुद्धीकरण गर्ने प्रक्रिया अघि बढाइएको धनुषाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले बताए । जिशिअ महतोले उक्त बैठकबाट सात दिनभित्र जिल्लामा सञ्चालित निजी विद्यालयमा अनुमति प्राप्त ...
  • अभिभावकलाई सिकाउन विद्यालयमा नमुना मतदान,मत हाल्ने १ देखि १० कक्षाका ब… May 10, 2017 ArthatantraElection-Commission sample
    म्याग्दी । नजिकिँदै गरेको स्थानीय निर्वाचनको झल्को दिनेगरी म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा आफ्ना अभिभावकलाई मतदान गर्न सिकाउने, स्कुल, क्याप्टेन र जुनियर रेडक्रस सर्कलका पदाधिकारी छनोट गर्ने उदेश्यले निर्वाचनमा सम्पुर्ण प्रक्रियासहित मतदान कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थिलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफुले चाहेको ...
  • कलम छाडेर बाख्रापालन ! May 8, 2017 ArthatantraGoats in Nepal
    काठमाडौ । केही समयअघि अक्षरको खेती गर्दै आएका रामेश्वर धिताल अचेल नुवाकोटमा बाख्रा चराउँदै गरेका भेटिन्छन् । राजधानीको एक आर्थिक दैनिकका पत्रकार धिताल चार वर्षदेखि बाख्रापालनमा रमाइरहेका छन् । पत्रकारिता गर्दागर्दा उनलाई आफ्नै गाउँठाउँमा कृषिकर्म गर्ने मन लागेपछि राजधानीको जागिर छोडेर गृहजिल्ला नुवाकोट हान्निएको सुनाउँछन् धिताल । बाख्रापालनमा सन्तुष्ट छन् उनी । राम्रो आर्जन गरिरहेको बताउँछन् । धितालले सुरुमा १० लाख ...
  • कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कूल ! May 7, 2017 ArthatantraSchool-
    काठमाडौ। सामान्यतयाः स्कुल भनेपछि बिहान–बेलुका घरको काम गरेर दिउँसो पढ्ने भनेर बुझिन्छ । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रहेको छ । त्यसैले त धेरैले भन्ने गर्छन्, ‘नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना हो ।’ खोटाङमा भने एउटा यस्तो स्कुल स्थापना भएको छ, जहाँ बाह्रखरीमात्र नभएर कृषि र कम्प्युटरसम्म सिकाइन्छ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा परेको दिक्तेल सोल्मास्थित जनजागृति प्राविमा ...
  • ५५ वर्षीय प्रौढ कक्षा १२ को परीक्षा दिँदै ! May 5, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    महोत्तरी । महोत्तरीमा एक प्रौढले उच्च माध्यमिक तहको परीक्षा दिइरहेका छन् । औरही गाउँपालिका श्रीपुरका ५५ वर्षीय भोगेन्द्र झाले स्थानीय सोन्फी दशै माविबाट यस वर्षको कक्षा १२ को परीक्षामा सहभागी भएका हुन् । सिम्बोल नं ३१८४४८ भएका झाले पूरकतर्फको परीक्षा महेन्द्र उमावि रामगोपालपुर केन्द्रबाट दिइरहेका छन् । शिक्षा सङ्कायतर्फ नेपाली विषय लिएर अध्ययन गरेका उनले यस अघि दुई पटक पूरक परीक्षा ...
  • राजधानीको स्कुलबाट दिनदाहाडै ५ विद्यार्थीको अपहरण ! May 4, 2017 Arthatantrastudent
    काठमाडौ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन्। स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए। मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्‍याएका थिए । कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक ...
  • बैशाख २५ देखि तीनवटा प्रदेशका सम्पूर्ण विद्यालय बन्द ! May 3, 2017 Arthatantraschool closed
    काठमाडौ। निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो । साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ । तर, यो विदा देशभरि नभएर पहिलो चरणको ...
  • सरकारी स्कूल नै असुल्छन् अवैध शुल्क ! May 2, 2017 Arthatantraschool_building
    काठमाडौं । रामेछापकी पविता श्रेष्ठ आफ्नो सन्तानलाई राम्रो शिक्षा दिलाउन परिवारसहित काठमाडौं आइन्। कक्षा चार पास छोरालाई सहरी क्षेत्रको राम्रो स्कुल पढाउन पाइएला भन्ने सोचेर उनी काठमाडौं आएकी हुन्। उनी छोरालाई कक्षा पाँचमा भर्ना गराउन बाफलको ज्ञानोदय मावि पुगिन् तर भर्ना नगराई फर्किन्। फर्किनुको मुख्य कारण थियो, सरकारी विद्यालयको भर्ना शुल्क । ‘म अर्काको घरमा भाँडा माझेर जसोतसो गुजारा गरिरहेकी छु ...
  • खुसीको खबर, निशुल्कमा मन्टेश्वरी पढाई ! Apr 30, 2017 Arthatantramontessori children
    मोरङ । महँगो शुल्क तिरेर निजी क्षेत्रका मन्टेसोरी स्कुलमा आफ्ना बालबालिका राख्न नसक्ने अभिभावकका लागि खुसीको खबर छ । अब शुल्क नै नतिरी मन्टेसोरी स्कुलमा बालबालिका पढाउने हो भने यस क्षेत्रकै सबैभन्दा पुरानो सरकारी स्कुल आदर्श माविमा गए हुन्छ । तपाईं त्यहाँ पुग्नुभयो भने बाहिरपट्टि चौरको रोटेपिङमा बालबालिका खेलिरहेका देख्न सक्नुहुन्छ । पछिल्तिर चिटिक्क परेका शीतल कक्षाकोठा । भित्रपट्टि भुँइमा ओछ्याइएको ...
  • शुल्क फिर्ता नगर्ने बोर्डिङलाई बिधार्थीहरुले सामाजिक बहिष्कार गर्ने Apr 28, 2017 Arthatantrafee
    काठमाडौ। संयुक्त विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थासँग मापदण्डभन्दा बढी लिइएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । विहीबार बसेको बैठकले निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरुलाई सामाजिक बहिष्कार गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले र शिक्षा विभाग तथा देशभरका जिल्ला शिक्षा कार्यालयमा विरोध प्रदर्शन गर्ने, शुल्क लिने विद्यालय ...