Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Monday, November 20, 2017
शिक्षा
  • एक हजार छ सय वेभसाइट बन्द Nov 3, 2017 Arthatantrawebsite-static-vs-dynamic
    वेईजिङ । चीनमा प्रतिलिपी अधिकार उलंघन गरेका एक हजार ६५५ वेभसाइटलाई सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन् । प्रतिलिपी अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८०० वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिएका छन् । प्रतिलिपी अधिकार उलंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै बर्षको जुलाईमा सुरु गरेका हुन् । चीनको ‘साईबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपी ...
  • पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै Nov 2, 2017 Arthatantravitamin a khop
    काठमाडौ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन ...
  • विद्यालयको भवन निर्माणका लागि १ करोडभन्दा बढी सहयोग Nov 1, 2017 Arthatantraschool construction
    म्याग्दी ।  बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ । तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा रु एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताए । पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन ...
  • परीक्षा प्रणालीबारे अन्तरराष्ट्रिय सम्मेलन Oct 31, 2017 Arthatantraexam
    भक्तपुर । काउन्सिल अफ बोर्डस अफ स्कूल एक्जामिनेशन अफ इण्डिया(कोब्से)को ४६ औँ सम्मेलन नेपालमा बिहीबार हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सानोठिमीस्थित बोर्डको कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने सात देशको सहभागिता रहने सम्मेलन नेपालको परीक्षा प्रणालीको वैज्ञानिक रुपमा सुधार गर्नका लागि अवसरका रुपमा आएको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए । ‘इनोभेशन इन इभ्यालुएशन’ भन्ने ...
  • नक्कली फेसबुक ‘आइडी’बनाई अश्लील कार्य गर्ने पक्राउ Oct 30, 2017 Arthatantraface book logo large
    रत्ननगर, चितवन । नक्कली फेसबुक ‘आइडी’ बनाई महिलालाई अश्लील कार्य गर्न खोज्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई बदनाम गर्ने उद्देश्यले फेसबुकमा मोबाइल नम्बर र फोटो राखी अश्लील कार्यका लागि सम्पर्क गर्नुहोला भनेर स्टाटस राख्ने गरेको आरोपमा पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले आज जानकारी दिए । यसरी पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–४ का २७ वर्षीय ...
  • विद्यालय निर्माण गर्न आएको विदेशी टोली नेपाली मेहनती देखेर फर्किए Oct 27, 2017 Arthatantraplane
    कञ्चनपुर । भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माणका लागि चार दिनअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ सिसैया पुगेको विदेशी टोलीका सदस्य यहाँको संस्कृति र कलाबारे जानकारी लिई बिहीबार फर्किएका छन् । टोलीका सदस्यले मंगल आधारभूत विद्यालयको तीनकोठे भवन निर्माणका लागि श्रमदानसँगै स्थानीय बासिन्दासँगै बसेर संस्कृति, रहनसहन, पहिरन, परम्परागत नृत्य र गहनाबारे जानकारी लिएर फर्किएका हुन् । विल्डवन नेपालको सहयोगमा बन्न लागेको तीनकोठे विद्यालय भवन निर्माणमा ...
  • एक सय बालबालिकालाई पोशाक वितरण Oct 26, 2017 Arthatantraboy-student--school-uniform-clothes
    पाल्पा । माथागढी गाउँपालिका–३, कसेनीभित्रका आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । माथागढी गाउँपालिका–३ नं ले वडा कार्यालयअन्तर्गत बालबालिका शीर्षकबाट रू तीन लाख बजेटले वडाभित्रका आधारभूत तहमा अध्ययन गर्ने ५०० बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको बाल संरक्षण समितिका सचिव गोविन्द्र भट्टराईले जानकारी दिए । वडाभित्रका जल्लादेवी, साहारादेवी, जनउद्दार, विक्रम आधारभूत विद्यालयम र दिव्यजोति माविमा अध्ययन गर्ने आधारभूत तहका ...
  • देउसीभैलोबाट संकलित रकम विद्यालयलाई Oct 25, 2017 Arthatantraschool
      अछाम । तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ । चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख २५ हजार रकम विद्यालयको शैक्षिक र भौतिक विकासमा खर्च गर्ने निर्णय भएको हो । स्थानीय देवीस्थान आधारभूत विद्यालय र परिवर्तनशील युवा क्लबले तिहारको समयमा देउसीभैलो खेलेर संकलन भएको रकमले विद्यालयलाई केही राहत हुने विद्यालयका ...
  • प्राविधिक शिक्षामा लगानी बढाइने Oct 24, 2017 ArthatantraEducation concept
    काठमाडौ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्राविधिक शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयको छलफल कार्यक्रममा राज्यमन्त्री अधिकारीले विश्व परिवेश सुहाउँदो प्राविधिक र व्यावसायिक शिक्षाको विकास गरी मुलुकका बेरोजगारी अन्त्य गर्न लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद्का सदस्य सचिव पुष्परमण ...
  • साक्षर जिल्लाकै सयौँ बालबालिका शिक्षाबाट वञ्चित Oct 24, 2017 ArthatantraEducation
    नवलपरासी । तीन वर्ष पहिले नै साक्षर जिल्ला घोषणा भइसकेको नवलपरासीमा अझै पनि सयौँ बालबालिका नियमित शिक्षाबाट वञ्चित छन् । सामाजिक चेतनाको कमी, गरिबी र बढ्दो महँगीले केही बालबालिका विद्यालय जानबाट वञ्चित छन् भने केहीले प्राथमिक तहमै विद्यालय छोड्ने गरेका छन् । जिल्लामा करिब ४२ हजार बालबालिका छन् । जिल्ला शिक्षा कार्याललले जिल्लामा ती बालबालिकामध्ये करिब दुई प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको ...