Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • अब दुई वर्षका लागि लोकसेवा लगायत कुनै पनि सरकारी जागिर नखुल्ने Jan 13, 2017 ArthatantraGovernment of Nepal Logo1
    काठमाण्डौं । सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ। ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी विधेयक तयार गरिएको छ। तीन तहमा सेवा समूह हुने गरेर सरकारले हालको निजामती कर्मचारीलाई तीनै तहमा समायोजन गर्ने गरी ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको ...
  • लोकसेवाद्वारा ११ सयभन्दा बढी नासुको दरखास्त माग Jan 11, 2017 ArthatantraLoksewa-aayog
    काठमाण्डौं । लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् । बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् । लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ नासु मागिएको ...
  • योग्यता थाहा पाउनुहोस् र प्राधिकरणमा जागिर खानुहोस्, २७७ भित्र पर्नुहो… Jan 11, 2017 Arthatantravacancy
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले २७७ जना कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ । प्राधिकरणले अघिकृत स्तर ९तह ९ सम्म० देखि ड्राइभर (तह ३) सम्म गरी २७७ कर्मचारी माग गरेको हो। प्राधिकरणले उप–निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, समाजशास्त्री, सर्भे अधिकृत लगायत पदमा ५८ जना कर्मचारी माग गरेको छ । साथै, सहायक स्तरमा मिटर रिडिङ सुपरभाइजर ...
  • ६० प्रतिशतसम्म छुटसहित काठमाडौमा सुरु भयो पुस्तक प्रदर्शनी Jan 10, 2017 ArthatantraBook Fair
    काठमाडौ। नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा आजदेखि पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा साहित्य, दर्शन, विभिन्न धार्मिक पुस्तक तथा स्मारिका, शब्दकोशलगायत राखिएका छन् । आदिकविका महत्वपूर्ण कृतिका साथै राजनीतिज्ञ, लेखकको समेत लोकप्रिय कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरी राखिएको छ । ती कृतिको खरिद गर्दा कृति १५ देखि ६० ...
  • पढाईको मोह : ७४ वर्षे वृद्ध नातिनातिनासँगै कक्षा ८ मा Jan 9, 2017 Arthatantra"Education" Button on Modern Computer Keyboard.
    रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ । ७४ वर्षको उमेरमा उहाँ नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन्। इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाका हजुरबुबा भइसेका उनलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो। सुरुमा चुचुरे स्वास्थ्य ...
  • फेरियो चार पांग्रेको ट्रायल नियम, अब सुरुमै ‘टी’ सेप क्रस गर्नुपर्ने Jan 5, 2017 Arthatantravehicle license lisence nepal trail
    काठमाण्डौं । यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा परिवर्तन गरेको छ । अब यहाँ ट्रायल दिँदा सुरुवातमै गाडीले ‘टी’ सेपलाई क्रस गर्नुपर्ने गरी नियम बनाइएको छ । ‘टी’ सेप ट्रायलमा सबैभन्दा कठिन सेप मानिन्छ । यसअघि ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र ‘टी’ मा पुगेर टुङ्गिन्थ्यो । अब गाडी स्टार्ट भएपछि पहिला ‘टी’ हुँदै ...
  • फागुन १४ गते स्ववियु निर्वाचन: उम्मेदवार बन्न २८ वर्ष नाघ्न नहुने Jan 4, 2017 ArthatantraTribhuwan University TU
    काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ्गावहादुर थापाले जानकारी दिए। उमेरको हदबन्दी तोकिएपछि आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुने निश्चित जस्तै भएको छ । बैठकले ...
  • सेयर बजारका प्राविधिक शब्द नजानेर समस्यामा हुनुहुन्छ ? नेप्सेले ल्यायो… Jan 4, 2017 Arthatantraonline computer
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले एजुकेशनल वेबसाइट सुरु गरेको छ। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले लगानीकर्तालाई पूँजीबजारका बिषयमा जानकारी दिनका लागि वेबसाइट सुरु गरिएको बताए। यो वेबसाइटमा सेयर बजारका प्राबिधिक शब्द, धितोपत्र संग सम्बन्धित ऎन नियम र पूँजी बजारका उपकरणको बारेमा जानकारी दिईने छ । यसका लागि नेप्सेले ल्याएको साइट http://nepse.co:8080/nepse/ हो । पराजुलीका अनुसार धेरै लगानीकर्ताले हकप्रद सेयर, अग्राधिकार सेयर, ...
  • वृहत् शैक्षिक मेला हुँदै, स्वदेशी र विदेशी शिक्षा प्रणालीका बारेमा परा… Jan 2, 2017 Arthatantraeducation student
    पोखरा । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) कास्कीद्वारा हिजो आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीलाई कलेज तथा विश्वविद्यालयका साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एव्म गुणस्तरीय शिक्षा आर्जनका लागि निःशुल्क परामर्श सेवा प्रदान गरिने ...
  • चकलेट बाँड्दै विद्यार्थी तान्दै ! Dec 31, 2016 ArthatantraTeacher and student
    महोत्तरी । दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दैआएका छन् । महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रअ रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहेका छन् । विसं २०६४ मा एक्सन नेपाल नामक संस्थाले बाटाको छेउमा दुईकोठे अर्धपक्की भवन बनाइदिएपछि त्यस समुदायका बालबालिकालाई आफूले ...