Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • दसैं विदा हुनासाथ बझाङका विद्यार्थी मजदुरी गर्न भारत Sep 24, 2016 ArthatantraSchool-
    काठमाडौं । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न । दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर र्फकने गरेका छन् । अर्धवाषिर्क परीक्षापछि असोज १३ गते दसैं विदा ...
  • अंग्रेजी नजान्दा काठमाडौंबाट घर फिर्ता ! Sep 19, 2016 Arthatantraread
    काठमाण्डौं । एसएलसी पास गरी उच्च शिक्षाको लागि काठमाडौं गएका छात्र प्रदीप माझी मुसहर अंग्रेजी नजानेकै कारण बीचैमा पढाई छाडेर घर फर्केका छन्। रौतहट लक्ष्मीपुर दोस्तिया–५ का १७ वर्षीय मुसहरलाई काठमाडौंको फ्लोरिडा कलेजले निःशुल्क पढ्ने व्यवस्था गरेको थियो । एक महिना नबित्दै उनी पढाइ छाडेर घर फर्किएका हुन् । सीप्लस ग्रेडमा एसएलसी उत्तिर्ण प्रदीपको व्यवस्थापन पढ्ने इच्छा थियो। उनको इच्छाअनुसार राष्ट्रिय मुसहर उत्थान ...
  • अक्सफोर्ड डिक्स्नेरीमा १ हजार शब्द थप, शब्द संख्या ६० लाख पुग्यो Sep 13, 2016 Arthatantraoxford_english_dictionary
    काठमाण्डौं । अक्सफोर्ड डिक्स्नेरीमा यो वर्ष हजारवटा नयाँ शब्द समावेश गरिएको छ। सन् २००० देखि अक्सफोर्डले वर्षमा ४ पल्ट ९मार्च, जुन, सेप्टेम्बर र डिसेम्बर० नयाँ शब्द थप्ने गरेको छ। हालै थपिएका शब्दमा बेलायती उपन्यासकार रोआल्ड डालको लेखनसँग जोडिएका थुप्रै शब्दलाई समावेश गरिएको छ। दोस्रो विश्वयुद्धपछि साहित्यमा होमिएका डालको उपन्यास मात्र विश्वभरी २ करोड ५० लाखको हाराहारीमा विक्रि भएको मानिन्छ। उनको ‘चार्ली एन्ड ...
  • शिक्षामा लगानी बढाइनुपर्छ– राष्ट्रपति भण्डारी Sep 11, 2016 ArthatantraBidhya Bhandari
    काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पका कारण शिक्षा क्षेत्रमा भएको भौतिक क्षति र शिक्षाको बढ्दो मागका कारण सरकारले यस क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्तीको उद्घाटन गर्दै भण्डारीरले शिक्षा क्षेत्रमा आएको नयाँ अवधारणाले सामुदायिक क्याम्पसले पनि शैक्षिक क्षेत्रका चुनौतीको सामाना गरी अघि बढ्नुपरेको बताईन् । राष्ट्रपति भण्डारीले सामुदायिक क्याम्पसको अफ्ठ्यारा र चुनौतीलाई सामना गर्न सरकार र ...
  • पोखराको शीतलादेवी मावि देशभरकै उत्कृष्ट विद्यालय ! Sep 6, 2016 ArthatantraSchool-
    काठमाण्डौं । पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी मावि सबैका लागि अनुकरणीय बन्दै गएको छ । मुलुकभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै शीतलादेवीले ३७ औं शिक्षा दिवस एवम् साक्षरता दिवसका अवसरमा यही भदौ २३ गते यस वर्षको सर्वोत्कृष्ट विद्यालयका रुपमा दुई लाख पुरस्कारसहित राष्ट्रिय सिल्ड पाउने भएको छ । प्रत्येक वर्ष शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामुदायिक र संस्थागत विद्यालयबाट राष्ट्रिय ...
  • तीस जोर लुगाले बचाएको विद्यालय ! Sep 3, 2016 ArthatantraSchool-
    काठमाण्डौं । विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा–७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो। त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जमा जाने प्रक्रिया थाल्नुको साटो पाँच हजार रुपैयाँ बोकेर बिराटनगर लागे। जिल्ला सदरमुका पुगेर उनले त्यही पैसाले कपडा खरिद गरे। तीस जोर स्कुल ड्रेस उतै ...
  • एसएलसी पूरक अर्थात् स्तरवृद्धिको नतिजा सार्वजनिक Aug 31, 2016 ArthatantraSLC-result
    परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए । ४० जनाको नतिजा भने स्थगित गरिएको छ । परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ ...
  • दिनभर पढाउने, रातभर गस्ती गर्ने शिक्षक Aug 30, 2016 Arthatantrateacher
    तोडफोड र उश्रृङ्खल गतिविधि बढेपछि उत्तरी झापाको एउटा विद्यालयका शिक्षकहरु दिनभर बिधार्थीलाई पढाउँछन् रात्रि गस्तीमा खटिने गरेका छन् । शान्तिनगर–६ स्थित राष्ट्रिय विजय माविमा एक साताअघि कार्यालयको ताला फोडिएको तथा केही दिनअघि साँझ पख एक जोडीलाई विद्यालय परिसरमा आपत्तिजनक अवस्थामा भेटिएको थियो । विद्यालयका प्रअ रामप्रसाद तिममल्सिनाले विद्यालय परिसरमा भएका घटनाका बारेमा स्थानीय प्रहरीले चासो नदिएपछि शिक्षक रात्रि गस्तीमा निस्कन बाध्य ...
  • प्रतिबद्धतामै रह्यो शैक्षिक प्रमाणपत्रमा कर्जा Aug 28, 2016 ArthatantraLoan
    काठमाडौं । शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुनसकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना अगाडि सारेको थियो । सरकारको बजेट घोषणाका आधारमा युवाहरू ...
  • अस्थायी शिक्षकले अवकाशका लागि निवेदन दिन सक्ने Aug 25, 2016 ArthatantraTeacher
    काठमाडौं । उपदान रोज्ने मनस्थिति बनाइसकेका अस्थायी शिक्षकले अवकाशका लागि अहिले नै निवेदन दिनसक्ने शिक्षा मन्त्रालयले प्रस्ट गरेको छ । शिक्षा मन्त्रालय र युनिसेफले पत्रकारका लागि आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नयाँ शिक्षक विज्ञापनको दरखास्त दिने अन्तिम मितिसम्म प्रतिस्पर्धामा जाने वा उपदान सुविधा लिई छाड्ने भन्नेबारेमा स्वेच्छाले घोषणा गर्न सकिने बताए । ‘उपदान रोज्न चाहने शिक्षक ...