Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • सभासद् चौधरी परीक्षामा उत्तीर्ण भएपछि … Apr 15, 2016 ArthatantraShanta chaudhari
    काठमाण्डौं । एमालेकी पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा पहिलो श्रेणीमा पास भएकी हुन् । उत्तीर्ण भएपछि फेसबुकमा खुशी साट्दै उनले ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ’ लेखेकी छिन् । दाङको डाँडागाउँ उच्च माविमा अध्ययनरत छिन् । ‘घर-व्यवाहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ,’ उनले लेखेकी छिन्, ‘फेल हुन्छु भन्ने लागेको थियो, ...
  • बीएड प्रथम वर्षको परीक्षाफल प्रकाशित Apr 14, 2016 ArthatantraExam
    काठमाण्डौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बिएड प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ । २०७२ साल असोज तथा मङ्सिर-पुसमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहिबार प्रकाशित भएको हो । केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाफल प्रकाशित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उक्त परीक्षाको परीक्षाफल वेवसाइट www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np, www.educationkhabar.com मा हेर्न सकिनेछ भने ...
  • डिग्री पास गरेकालाई बिना ब्याज रु १० लाख ! Apr 11, 2016 Arthatantra
    काठमाण्डौं । अनेरास्ववियुले डिग्री पास गरेका युवायुवतीलाई सरकारले बिना ब्याज १० लाख उपलध गराउनुपर्ने माग गरेको छ। अर्थमन्त्री विष्णु पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले ब्याच्लर पास गर्नेलाई ७ लाख र प्लस टु गर्नेलाई ५ लाख ऋण उपलब्ध गराउन माग गरेको हो । नेपालमा सर्टिफिकेटको महत्व नभएको भन्दै आफूहरुले कुनै उत्पादनशिल क्षेत्रमा काम गर्न सर्टिफिकेटका आधारमा सरकारलाई रकम उपलब्ध आग्रह गरेको उपाध्यक्ष महेश ...
  • अब पाठ्यपुस्तकमै पढ्न पाइन्छ संगीत Apr 11, 2016 Arthatantramusic-matters
    काठमाण्डौं । सरकारले संगीतलाई प्राविधिक तथा व्यावसायिक धार अन्तर्गत स्कुल तहमा समेत अनुमति दिएको छ। पाइलट स्कुलको रूपमा पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयलाई छान्दै कक्षा ९ देखि संगीत कक्षा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको हो। नेपालको संगीत र शिक्षा क्षेत्रमा यो पहिलो कदम भएको संगीत विद्यालयका प्रधानाध्यापक इमानविक्रम शाहले जनाए। प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन निर्देशिका–२०६९ अनुसार गठित केन्द्रीय निर्देशक समितिको हालै ...
  • चिट चोर्न नपाएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडे Apr 8, 2016 ArthatantraEducation
    जुम्ला । चिट चोर्न नपाएपछि एसएलसी परीक्षा कडा भएको भन्दै कैयन विद्यार्थीले बीचैमा परीक्षा छाडेका छन् । विगतमा एसएलसी पास हुन जुम्ला जानुपर्छ भन्ने धारणालाई चिर्दै यस पटकको परीक्षामा कडाइ गरिएपछि एउटै केन्द्रका ६५ विद्यार्थीले परीक्षा छाडेका हुन् । खुला विद्यालयको परीक्षा केन्द्र रहेको कर्णाली मावि अनामनगरमा परीक्षाको पहिलो दिन एक सय ९४ विद्यार्थी उपस्थित भएका थिए । ‘विज्ञान विषयका दिनदेखि यहाँका ६५ ...
  • स्कुल बनाउन कृतिमाको ‘वान नाइट फर नेपाल’ अभियान Apr 4, 2016 ArthatantraKritima
    टेक्सास । स्कुलमा खाजा खान दिएको रकम जम्मा गरेर भूकम्पपीडितलाई पठाएकी कृतिमा लामिछानेले अहिले नेपालका लागि एक रात (वान नाइट फर नेपाल) कार्यक्रमको आयोजनामा लागि परेकी छिन् । कक्षा १० मा ड्यालसमा अध्ययन गर्ने उनी आफ्नो मातृभूमि नेपालमा रहेका बलाबालिकाले अध्ययन गर्न नपाएको खबरले आफू मर्माहत भएको र केही रकम सहयोग गर्न पाए भन्ने सोच अनुरुप यस्तो काम गर्न लागेको बताएकी ...
  • विद्यार्थी संगठनले कालोबजारी बिरुद्ध बिरोध प्रदर्शन गर्ने Mar 31, 2016 Arthatantrastudent union
    काठमाण्डौं । आज बिहिबार बसेको अखिलको केन्द्रिय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले कालोबजारी र महँगीका विरुद्ध भोलि दिउँसो ३ बजे रत्नराज्य क्याम्पस अगाडिबाट संयुक्त विरोध प्रदर्शन गर्ने र २१ गते देश भरका सदरमुकामहरुमा संयुक्त विरोध प्रदर्शन गर्नेभएको छ । यस्तै स्ववियु चुनावका विषयमा पनि छलफल गर्दै बैशाख २० गते भित्र स्ववियू निर्वाचन गर्न त्रिवि र सबै विश्वविद्यालयलाई आग्रह गर्ने निर्णय ...
  • एसएलसी परीक्षा सुरु, कोही फेल हुँदैनन् यसपाली Mar 31, 2016 ArthatantraEducation
    काठमाण्डौं । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर आज बिहान ८ बजेबाट सुरु भएकोछ । यस पटक परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भइरहेका छन् । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भइरहेको यो परीक्षामा यसपटकबाट कोही पनि फेल हुने छैनन् । एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ मा ...
  • भोलिबाट सुरु हुने एसएलसीमा हट्यो फलामे बार ! Mar 30, 2016 ArthatantraSLC Nepal
    भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहीबार बिहान ८ बजेबाट सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन्। यस पटक परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन्। जसमा नियमिततर्फ चार लाख ...
  • प्राविमा शिक्षक छनौट : नतिजा अघिअघि, परीक्षा पछिपछि Mar 29, 2016 Arthatantrajanata prabi
    मकवानपुर । परीक्षा पछि नतिजा आउँछ कि, नतिजा पछि परीक्षा हुन्छ ? सबैको साझा जवाफ हुन्छ परीक्षा पछि नतिजा आउँछ । तर यो कलि हो, यहाँ नतिजा पछि परीक्षा हुँदा पनि अचम्म नमाने हुन्छ । यस्तै भयो थाहाका प्रणेता मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ दम्कीस्थित जनता प्राबिमा शिक्षक छनौटका लागि सोमबार लिईएको परीक्षामा । समाजलाई सही मार्ग देखाउनु पर्ने शिक्षक ...