Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • अपांगमैत्री आवासीय विद्यालय बनाउन ६५ लाख रूपैंया दिइने Sep 17, 2017 Arthatantraschool_building
    काठमाडौ। शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अपांगता भएका केही विद्यार्थीलाई छात्रवृत्ति तथा केही अपांगमैत्री आवासीय विद्यालय निर्माणका लागि सरकारले तत्काल रु ६५ लाख छुट्ट्याएको बताएका छन् । नेत्रहीन युवा संघ नेपालको पाँचौं साधारणसभाको उद्घाटन गर्दै उनले दृष्टिविहीन विद्यार्थीलाई चित्र, गणित र विज्ञानका विषयमा अध्ययन गर्न कठिनाइ रहेकाले पाठ्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिए । सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम थापाले ...
  • विद्यार्थी हत्याको आरोपमा ४ पक्राउ Sep 15, 2017 Arthatantrabanking-Jel
    कञ्चनपुर । जिल्लाको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य शुरु गरेको छ । पक्राउ परेकाले प्रारम्भिक बयानका क्रममा मृतकको ...
  • एक विद्यालयमा आगलागी हुँदा २२ विधार्थी र २ शिक्षकको मृत्यु ! Sep 14, 2017 Arthatantraagalagi
    मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तिमा २४ जनाको ज्यान गएको छ । क्वालालम्पुरमा रहेको एक धार्मिक विद्यालयमा आगलागी हुँदा विद्यार्थी र शिक्षक गरी २४ जनाको ज्यान गएको बिबिसीले जनाएको छ । बिहीबार बिहानै विद्यालयमा आगलागी भएको हो । आगलागी भएपछि विद्यालयको छात्रबासमा रहेका विद्यार्थी तथा शिक्षक फसेकाले उनीहरुको ज्यान गएको अनुमान गरिएको छ । छात्रबासको झ्यालमा फलामको ग्रिल ...
  • त्रिविका उपकुलपति प्रा.डा.तीर्थ खनियाँ कांग्रेसका अन्तर्घाती ! Sep 13, 2017 ArthatantraTirtha-Khaniya
    काठमाडौ । स्थानीय तह निर्वाचनमा आफ्नै उम्मेदवारविरुद्ध घात गर्ने कांग्रेसी कार्यकर्ताको सूचीमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनियाँ पनि परेका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका खनियाँले चितवनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको उजुरी परेको थियो । कांग्रेसको अनुशासन समितिले प्रारम्भिक अनुसन्धानपछि डा. खनियाँसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । रमेश रिजाल नेतृत्वको अनुशासन समितिले प्राप्त उजुरीमाथि छानबिन गर्दै अन्तर्घात आरोपीलाई स्पष्टीकरण सोध्ने ...
  • भक्तपुर चक्रवर्ती नर्सिङ कलेजको मनपरीः अनुमतिबिनै ३८ विद्यार्थी भर्ना Sep 12, 2017 Arthatantrachakrabarti-college1
    भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) सँग कुनै पनि स्वीकृति नलिई ऐन, नियमविपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सीटीईभीटीको अनुमतिबिना नै कलेजले आइतबार सूचना प्रकाशित गरेर एक दिनका लागि तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा भर्ना खोलेर ...
  • १० विद्यार्थी संगठनका मागहरू के–के छन् ? पढ्नुहोस् ! Sep 11, 2017 ArthatantraNabina Lama
    काठमाडौ । संयुक्त विद्यार्थी संगठनले अस्थायी शिक्षकको सम्मानजनक व्यवस्थापन गरी नयाँ योग्य शिक्षकको पदपूर्ति गर्न सरकारसँग माग गरेको छ । आइतबारअनेरास्ववियूको केन्द्रीय कार्यालय बागबजारमा बसेको बैठकले पूराना अस्थायी शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान हुन नसक्ने र तिनलाई व्यवस्थापन गर्दै शिक्षक अध्यापन अनुमतिपत्र लिएका योग्य शिक्षकको पदपूर्ति गर्न माग गरेको हो । सरकारले नवौँ शिक्षा ऐन संशोधन गरेर अस्थायी शिक्षकलाई स्थायी बनाउन लागेकोमा ...
  • ५५ वर्षकी महिला १२ कक्षामा द्धितीय श्रेणीमा उत्तीर्ण Sep 10, 2017 Arthatantraarticle-img
    अध्ययन गर्न उमेर बाधक हुँदैन । ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा । १९ बर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ बर्षमा आएर पुरा भएको छ ।हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्धितीय श्रेणीमा उत्तीर्ण भएकी छिन् ।विभिन्न परिस्थितिले बाल्यकालमै पढाई छुटे ...
  • बंगलादेशमा एमबीबीएसका दुई सय नेपाली विद्यार्थी अलपत्र Sep 10, 2017 Arthatantrambbs landing-banner
    काठमाडौं । एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्दारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ । नेपालबाट मेडिकल शिक्षा अध्ययन गर्नका लागि ठूलो संख्यामा विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । नेपालमा एमबीबीएस सिट कटौती भएको मौका छोपी ...
  • पोखरा विश्वविद्यालयले विभिन्न विषयमा छात्रवृत्ति खोल्यो Sep 6, 2017 Arthatantrapokhara university-logo
    काठमाडौ । पोखरा विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा विभिन्न विषयमा छात्रवृत्ति खोलेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै पोखरा विश्वविद्यालयले छात्रवृत्ति खोलेको हो । विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा स्वीकृती भर्नाको २० प्रतिशत तथा सम्बन्धन प्राप्त कलेजमा भर्ना स्वीकृती प्राप्त कोटाको १० प्रतिशत निशुल्क छात्रवृत्ति उपलब्ध गराउँदैं आएको छ । उक्त छात्रवृत्तिका लागि पोखरा विश्वविद्यालयले खुल्ला प्रतियोगिताबाट योग्यता पुगेका विद्यार्थीहरु ...
  • अब शिक्षकले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्नुपर्ने Sep 4, 2017 ArthatantraTeaching
    नवलपरासी । यहाँस्थित एउटा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ । कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैँले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय विद्यालयको अभिभावक भेलाले गरेको हो । आगामी वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने विद्यालयका शिक्षक ...