Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने Sep 3, 2017 Arthatantraschool_building
    बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले बताए । उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने ...
  • कक्षा १२ मा ४२.३३ % उत्तिर्ण, नतिजा हेर्ने यस्तो छ तरीका (अपडेट) Aug 31, 2017 ArthatantraExam Results
    काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज (बिहीबार) बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । परीक्षा बोर्डका अनुसार ४२.३३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । नियमित तर्फ कुल १ लाख ९३ हजार १ सय २५ जनाले परीक्षा दिएकोमा ८१ हजार ७ सय ५८ उतिर्ण भएका हुन् । ७७जनाको परीक्षा रद्द भएको छ । कक्षा ...
  • टेलिकममा नक्कली काम गर्ने ११५ जनालाई जेल ! Aug 31, 2017 Arthatantrabanking-Jel
    पूर्वी चीनको जेजिआङ प्रान्तमा बुधबार टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ व्यक्तिलाई जेल सजाय दिइएको छ । सजाय दिइएका ती व्यक्तिहरूमा प्रायः कलेज अर्थात उच्च माध्यमिक विद्यालयका व्यक्तिहरू रहेका छन् । हैनिङ्ग शहरका एक अदालतका अनुसार जेल सजाय पाएका ती व्यक्तिहरूलाई वेबसाइट हटिङ्गको आरोप लागेको छ । प्रकाशित मितिः२०७४ भदौ १५
  • शिक्षा क्षेत्रमा बढि भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी Aug 29, 2017 Arthatantraakhitar
    सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले प्रदेश नं ६ मा शिक्षा क्षेत्रमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी परेको जनाएको छ । आयोग कार्य क्षेत्रभित्रका जिल्लाबाट परेका विषयगत उजुरीलाई विश्लेषण गर्दै अख्तियारले शिक्षा, स्थानीय विकास, वन तथा भू–संरक्षणसंग सम्बन्धित उजुरी बढी परेको जनाएको हो । गत वर्ष परेको ६३३ उजुरीमध्ये शिक्षामा २६३, स्थानीय विकासमा १२१, वन तथा भू–संरक्षणमा ६० वटा छन् । तीमध्ये ...
  • विप्लवका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारीलाई कालो मोसे दले Aug 28, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेत्रविक्रम चन्द विप्लव) को विद्यार्थी संगठन अनेरास्वव्यु क्रान्तिकारीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै रोल्पाका जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाईदिएका छन् । जिल्ला शिक्षा अधिकारी पौडेलले विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक घुस खाएर नियुक्ति गरेको, घुस दिने ...
  • अमेरिकाको ‘ग्रीन कार्ड’ लिने सोचमा हुनुहुन्छ ? त्यसोभए यो पढ्नुहोस् Aug 27, 2017 ArthatantraGreen-Card
    अमेरिकाको स्थायी भिसा (ग्रीन कार्ड) लिन चाहनेका लागि जटिलता बढेको छ । अब अमेरिकी आप्रवासनका अधिकारीले ग्रीन कार्ड आवेदकलाई अन्तर्वार्ता लिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यका अनुसार यसले भीसा आवेदन प्रकियामा ढिलाई हुने देखिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १ तारिखदेखि लागु हुने पोलिटिकोमा उल्लेख छ । शुक्रबार अमेरिकी नागरिकता तथा आप्रवास सेवा (युएससिआइएस)का प्रवक्ता कार्टर ल्याङ्सटनले रोजगार आधारित ...
  • विश्व विद्यालयमा जनशक्तिको आधिकारिक सुचि तयार पार्न मैनालीको आग्रह Aug 26, 2017 Arthatantramainali ko agraha
    अमेरिकाको पाठ्यक्रम हाम्रो भन्दा ३० वर्ष अघि रहेकोलेएमालेका केन्द्रीय सदस्य मैनालीले त्रिभूवन विश्व विद्यालयलाई आवश्यक जनशक्तिको आधिकारिक सुचि तयार पारेर अघि बढ्न आग्रह गरेका छन् । काठमाडौँ । सरोकारवालाहरुले त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुमा कार्यरत आंशिक प्राध्यापकहरुको मागमा गंभिर बन्न सुझाव दिएका छ । आंशिक्षक प्राध्यापक संघले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्र्तक्रियामा पूर्व शिक्षामन्त्री राधाकृष्ण मैनालीले आंशिक प्राध्यापकहरुका माग ...
  • दाङमा एक साताभित्रै आयुर्वेदको बिएएमएस ओजेटी कक्षा सञ्चालन हुने Aug 24, 2017 Arthatantraaayurbed
    दाङ । नेपाल संस्कृत विश्वविद्यालयले एक साताभित्रै आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको आयुर्वेदिक चिकित्सा अध्ययन विभागले आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्र कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ओजेटी कक्षाका लागि भौतिक पूर्वाधारसँगै थप विशेषत्र चिकित्सकसमेत आउने अस्पताल विकास समितिले जनाएको छ । त्यसैगरी हेल्थ असिष्टेन्ट ...
  • क्याम्पसमै थुनिए त्रिवि पदाधिकारी Aug 23, 2017 ArthatantraTU Tribhubhan University balkhu
    कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले तुरुन्तै करार सेवामा नियुक्ति पाउनुपर्ने भन्दै त्रिवि पदाधिकारीलाई  क्याम्पसमै थुनेका छन् । मंगलबार दिउँसो बल्खुस्थित जनप्रशासन क्याम्पसमा तालाबन्दी गरेर उनीहरु त्रिवि पदाधिकारीलाई थुनेका हुन् । बैठक बसिरहेका बेला आंशिक प्राध्यापकहरुले तालाबन्दी गरेपछि त्रिवि अधिकारीहरु त्यहीभित्र थुनिनु परेको थियो । क्याम्पसभित्र त्रिवि उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष सुधा त्रिपाठी, रजिस्ट्रार डिल्ली उप्रेतीलगायत कर्मचारी र सुरक्षाकर्मी थुनिएका हुन् ...
  • स्टुडेण्टका लागि हेलो स्टुडेण्ट एजुकेशन कन्शल्टेन्सी खुल्यो Aug 18, 2017 Arthatantrahello student
    काठमाडौ। कन्शल्टेन्सीहरुको बिचमा एक फरक र सुविधा सहित सहज तरिकाले विदेश जान सकिने एक मात्र हेलो स्टुडेण्ट एजुकेशन कन्शलटेन्सी राजधानीको सोह्रखुट्टे चोकमा खुलेको छ । औपचारिक कार्यक्रमको उद्घाघाटन संचालक नारायण तिवारीले गरेका थिए । दक्ष र अनुभवी यूवा मिली बिदेश अध्ययन गर्न जान चाहने बिद्यार्थीको लागी सहि परामर्श दिने उद्देश्यले ‘हेलो स्टुडेण्ट एजुकेशन’ संचालनमा ल्याएको संचालक नारायण तिवारीले जानकारी दिएका छन् ...