Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • एभरेष्ट साईन्स् सेन्टर नेपालद्धारा रु. १ सयमा आजिवन सदस्यता प्रदान गर्… Aug 6, 2017 Arthatantrascience
    काठमाडौं । नेपालमा भएको पहिलो र एक मात्रै विज्ञान केन्द्र एभरेष्ट साईन्स् सेन्टर नेपालले ‘जनताको घरदैलोमा विज्ञान केन्द्र’नाम कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गरेर उक्त केन्द्रले यस्तो कार्यक्रम घोषणा गरेको हो । उक्त अभियान घोषणा गर्नुको मुख्य उद्देश्य भनेको नै विज्ञान तथा प्रविधिलिाई देश व्यापी रुपमा सहज बनाउनु आयोजकको विश्वास छ । विश्वका अन्य देशहरुको ...
  • कक्षा १२ को नतिजा सार्वजनिक,हेर्नुहोस् नतिजा ! Aug 4, 2017 Arthatantraresult
    काठमाडौ । आज राष्ट्रिय परीक्षा बोर्डले विज्ञान समूहको नतिजा प्रकाशन गरेको छ । बोर्डको शुक्रबार बिहान बसेको बैठकले १२ को नतिजा प्रकाशन गरेको हो । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गतवर्ष ७३.४४ प्रतिशत उत्तीर्ण भएका थिए । बैशाखमा सञ्चालित परीक्षामा ४४ हजार ८ सय ९७ जना सहभागी भएकोमध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी ...
  • अस्थायी र राहतका २१ हजार युवा स्थायी शिक्षक बन्दै Aug 2, 2017 Arthatantrateacher
    काठमाडौ। अस्थायी र राहत कोटाका भरमा चलिरहेको मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन् । एकैसाथ ठुलो संख्यामा जोस जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद्हरु औल्याउँछन् । तर त्यसका लागि शिक्षक सेवा आयोगले भदौ पहिलो साता लिन लागेको परीक्षा सफलतापूर्वक सम्पन्न हुनु अनिवार्य छ । आयोगले बर्षौदेखि अस्थायी रुपमा कार्यरत ...
  • पूर्वाञ्चल विश्वविद्यालयले माग्यो ८ उपप्रध्यापक र १ सहप्राध्यापक Aug 1, 2017 ArthatantraPU
    विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायले ८ उपप्राध्यापक र १ सह—प्राध्यापकसहित ९ जनाको करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सोमबार एक विज्ञापन प्रकाशित विभिन्न विषयमा उपप्राध्यापक माग गरेको हो । उसले कम्युनिटी हेल्थ नर्सिङतर्फ २ जना, मिडवाइफेरि नर्सिङतर्फ २ जना, पेडियार्टिक नर्सिङतर्फ १ जना, फिजियार्टिक नर्सिङतर्फ १ जना र क्लिनिकल फार्मेसीमा १ जना उपप्राध्याक माग गरेको हो । ...
  • ५ सम्म पढाइ हुने विद्यालयमा ४२ वर्षदेखि कसैले कक्षा ५ पास गरेका छैनन् Jul 31, 2017 ArthatantraSchool-
    हुम्ला । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन्। उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन। शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन। हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–५ यारीमा रहेको अरनिको आधारभूत विद्यालय पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन लाग्छ। हाल ...
  • फाइनान्स पढेकालाई सेनामा जागीरको अवसर Jul 30, 2017 ArthatantraRead-Braille,child
    काठमाडौ। नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले खुला तथा समावेशी रुपमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो। पदपूर्तिका लागि गरिएका विज्ञापनमा पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको हो। सवैभन्दा बढी लेखा अधिकृत माग गरेको छ। लेखामा महिला २, आदिवासी ...
  • परीक्षा तालिका प्रकाशित ! Jul 28, 2017 ArthatantraTU Tribhubhan University balkhu
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले ३ वर्षे र चार वर्षे बीए, बीबीएस, बीएस्सी र बीएड प्रथम वर्षको परीक्षा तालिका प्रकाशित गरेको छ । त्रिविले प्रकाशित गरेको परीक्षा तालिकाअनुसार तीन वर्षे बीए, साइन्स एण्ड टेक्नोलोजीको परीक्षा ५ भदौदेखि विहानी सत्रमा हुनेछ । उक्त परीक्षा विहान ७ बजेदेखि १० बजेसम्म हुनेछ । यस्तै, चार वर्षे बीएड र बीएस्सी तथा तीन वर्षे/चार ...
  • साझा करोडौं घाटामा,अबैध पुस्तक छाप्ने धन्दा ! Jul 27, 2017 Arthatantrasajha-prakashan
    काठमाडौ। साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलीप्रसाद शर्माले साझाकै लोगो अवैध रुपमा प्रयोग रुपमा संस्थालाई करोडौं नोक्सानी पुर्याईरहेको तथ्य फेला परेको छ । ] शर्माले कक्ष ११ र १२ माा पढाई हुने सबैको नेपाली र एक चिहान लिंक ईङलिस् पुस्तक छापाखानभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी विक्रि गरिरहेको पाईएको हो । यी तीनैवटा पुस्तक कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थी ...
  • धादिङको जनजागृति मा.वि.मा स्काउटको साँस्कृतिक कार्यक्रम सम्पन्न Jul 26, 2017 Arthatantrajanajriti scoutr troop final
    रविना पौडेल,धादिङ । धादिङ जिल्लाको थाँक्रे गाउँपालिका–६ मा अवस्थित जनजागृति मा.वि.मा स्काउटको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्काउट विद्यार्थीहरुको सम्मानमा अगामि भदौमा हुन गईरहेको स्काफ् दीक्षान्त समारोहको पूर्व सन्ध्यामा जनजागृति स्काउट टु«पको आयोजनामा उक्त साँस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रममा थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आर्चायले स्काउटका माध्यमबाट विद्यार्थी जीवन देखि नै सेवाको भावना जगाउन मद्दत पुग्ने र यसले भविष्यमा विद्यार्थीहरुलाई ...
  • कोरिया भाषा परिक्षाको नतिजा सार्वजनिक Jul 25, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    काठमाडौ । कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत जेठ अन्तिम साता लिइएको भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ। इपिएस कोरिया शाखाका अनुसार १२ हजार १ सय ८ जना उत्तीर्ण भएका छन्। ७५ हजारभन्दा बढीले भाषा परीक्षा दिन फाराम भरेको भए पनि ६८ हजारभन्दा बढी परीक्षामा सहभागी भएका थिए। प्रकाशित मितिः २०७४ साउन १०