Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
शिक्षा
  • परिक्षाफल प्रकाशित ! Jul 24, 2017 ArthatantraTU Tribhubhan University balkhu
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधी अध्ययन संस्थान डिनको कार्यालयले बिएस्सी सिएसआइटी पहिलो वर्ष दोस्रो सेमेष्टर २०७२ को नतिजा प्रकाशित गरेको छ । कार्यलयले नियमित र एक्जामटेड दुवैको परीक्षाफल प्रकाशित गरेको हो । प्रकाशित मितिः २०७४ साउन ९
  • सिन्धुली वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रकवि घिमिरे दम्पत्तिको सम्मान (… Jul 20, 2017 Arthatantramadhav ghimire 1
    काठमाडौं–सिन्धुली बाङ्मय प्रतिस्ठानले राष्ट्रकवि माधव घिमिरेको दम्पत्तिलाई बुधबार राजधानीमा सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पत्तिलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल’ ले दोसल्ला ओढाएर सम्मान गरका हुन् ।नेपाली साहित्यका धरोहरका रुपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो । त्यस अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाब्यकार उमानाथ शास्त्रीजस्ता मुर्धन्य साहित्यकारलाई जन्म दिएको संस्मरण गर्दै त्यहाँका साहित्यकारहरुबाट सम्मानित हुन पाउँदा ...
  • बाँकी सबै क्याम्पसमा स्ववियु निर्वाचन तत्काल गराउन अनेरास्ववियुको माग Jul 20, 2017 Arthatantraec tu
    काठमाडौ। अनेरास्ववियुले बाँकी क्याम्पसमा अविलम्ब स्ववियु निर्वाचन गर्न माग गरेको छ । अनेरास्ववियुको बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव ऐन महरले बाँकी रहेका क्याम्सपमा अविलम्ब स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयको ध्यानाकर्षण गराएको बताएका छन । अनेरास्ववियुले स्ववियुमा आफ्ना उम्मेदवारलाई मतदान गरेकामा विद्यार्थीहरुलाई धन्यवाद पनि दिएको छ । अनेरास्वियुले केन्द्रीय किमिटी र रापसको संयुक्त बैठक यही साउनको २२ देखि २५ ...
  • सरकारले प्रदान गर्ने‘नेपाल छात्रा विद्या पदक’ का लागि आवेदन दिईहाल्नुस… Jul 19, 2017 ArthatantraA hand about to write on linen paper with a fountain pen on a wooden desk.
    काठमाडौ । सरकारले शिक्षा दिवसका अवसरमा प्रदान गर्ने ‘नेपाल छात्रा विद्या पदक’का लागि आवेदन माग गरेको छ । एक सूचना प्रकाशित गर्दै शिक्षा मन्त्रालय अन्तर्गतको उच्च शिक्षा शाखाले २३ भदौं २०७४ मा प्रदान गरिने उक्त पदकका लागि आवेदन माग गरेको हो । ‘नेपाल छात्रा विद्या पदक’का लागि आवेदन दिन चाहनेले नेपाल भित्रका विश्वविद्यालय/प्रतिष्ठान÷बोर्ड/परिषदबाट २०७३ सालको वार्षिक परीक्षामा स्नातक तह तथा प्रमाणपत्र ...
  • विज्ञानको दुनियाँमा विश्वकै पाँच शक्तिशाली महिला Jul 18, 2017 Arthatantratop five sintest women
    काठमाडौ । विज्ञानको दुनियाँमा उनीहरु सबैभन्दा महत्वपूर्ण संस्थाको नेतृत्व गरिरहेका छन् । यी महिला यो तथ्यको जीवन्त उदाहरण हुन् कि विज्ञान पनि रणनीति, सहयोग र संवादको नतिजा हो । आउनुहोस्, विज्ञानका यी पाँच शक्तिशाली महिलाबारे जानकारी लिऔंः फाबिओला जानोती, इटालीः सन् २०१४ मा बेलायतको अखबार ‘द गार्डियन’ ले इटालीकी भौतिक विज्ञान शास्त्री फाबिओला जानोतीलाई ‘ब्रम्हाण्डको रहस्यको समाधान भएकी महिला’ को उपाधि दिएको ...
  • परीक्षाफल प्रकाशित ! Jul 17, 2017 ArthatantraTU Tribhubhan University balkhu
    काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल चैत महिनामा भर्ना भएका एलएल वी प्रथम वर्षको परीक्षाफल प्रकाशित भएको छ । आइतबार परीक्षा नियन्त्रण कार्यलयले परीक्षाको नतिजा सार्वजनिक गरेको हो । यसलाई नेपाल टेलिकम को १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिनेछ । प्रकाशित मितिः २०७४ साउन २
  • शुल्कवृद्धि विरुद्ध पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दो… Jul 16, 2017 ArthatantraPurbaaanchal PU
    धरान । त्रिभुवन विश्वविद्यालय इन्जिनियिरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेपछि धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । इन्जिनियिरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण महाशाखाले ७० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै प्रमुख सत्तारुढ दुई प्रमुख दलका विद्यार्थी संगठनहरु आन्दोलित भएका हुन् । एक साताअघि इन्जिनियरिङ संस्थानअन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले आंगिक क्याम्पसमा शुल्क बढाएको पत्राचार गरेको थियो । सत्तारुढ दल नेपाली कांग्रेस ...
  • स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन सुरु, कार्यक्षेत्रमा अन्योल Jul 15, 2017 Arthatantraschool
    काठमाडौँ । शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिका सहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको छ । मन्त्रालयले बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानर, नगरपालिका र गाउँपालिकामा क्रमशः कर्मचारी पठाउन थालेको प्रवक्ता डा हरि लम्सालले बताए । साविकका ...
  • बालपत्रिका प्रकाशनको लागि सांगितिक कार्यक्रमको आयोजना Jul 13, 2017 Arthatantrabetter chitwan
    चितवन । बेटर चितवन अभियानले श्रावण १४ गते बि पी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा “जुनकिरी” सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ । चितवनकै पहिलो मासिक बाल पत्रिका प्रकाशनको लागि कोष खडा गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । बेटर चितवन अभियानले नियमित रुपमा बाल नेतृत्व तालिम साथै बाल स्वयमसेवी कार्यक्रम गर्दै आएको छ । अभियानका संस्थापक संयोजक सागर कार्कीका अनुसार ...
  • सांसदको सुझावः कर्मचारीका परिवारलाई शिक्षा, स्वास्थ्य निःशुल्क Jul 12, 2017 Arthatantrasamsad bhaban
    काठमाडौं । व्यवस्थापिका–संसदको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाका तर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले सदनको बुधबारको बैठकमा सो विधेयकलाई प्रस्तुत् गरेका थिए । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले कर्मचारी समायोजनका नाममा बढुवा प्रक्रिया रोक्न नहुने र सेवा प्रवाहलाई चुस्त ...