back
NMB ad

समाज रुपान्तरणका लागि विभिन्न योजना कार्यान्वयनमा

Kumari bank ad

ताप्लेजुङ । स्वच्छ खानेपानीको निर्यात गरी आय वृद्धि गर्ने उद्देश्यले ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले खानेपानी उद्योग स्थापना गर्ने भएको छ ।

‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ भन्ने नारासहित सो उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सो कार्यका लागि तीन सदस्यीय विषय विज्ञ सम्मिलित समिति गठन गरेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए ।

डाक्टर विनोद लेखकको संयोजकत्वमा गठित समितिले आगामी फागुन १७ गतेभित्र नै प्रारम्भिक योजना दिने र सोहीअनुरुप अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

उनका अनुसार कञ्चनजङ्घा हिमाल क्षेत्रबाट बहने पानीलाई सदुपयोग गरिने छ । यो कार्यक्रमले कञ्चनजङ्घा हिमाल उद्गमस्थल भएर बग्ने काबेली खोलाको मुहानलगायत स्थानीय पानीका स्रोतको संरक्षण, सदुपयोग र आम्दानीसमेत बढ्ने गाउँपालिकाको विश्वास छ ।

“गाउँपालिकाभित्र पर्ने कञ्चनजङ्घा हिमाल, उक्त हिमाललाई उद्गमस्थल बनाएर बग्ने पानीलगायत यहाँका प्राकृतिक सम्पत्तिको संरक्षण र सदुपयोगका लागि हामीले विभिन्न नारासहित योजना तथा कार्यक्रम बनाएका छौँ, तीमध्ये स्वच्छ खानेपानीको उद्योग स्थापना गर्ने योजना रोजगारी सिर्जना र आन्तरिक आम्दानीका हिसाबले महत्वपूर्ण भएकाले यसमा हामी लागि परेका छौँ”, गाउँपालिकाका अध्यक्ष गुरुङले भने ।

यहाँ उत्पादित पानीलाई अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्ने गुणस्तरको बनाउने गाउँपालिकाको सोच छ । यसले आन्तरिक आम्दानीमा वृद्धि हुने साथै स्थानीयस्तरमा रोजगारको सिर्जना हुने गाउँपालिकाले विश्वास लिएको छ ।

गाउँपालिकाले समृद्ध अर्थतन्त्र निर्माणका लागि स्थानीयस्तरमा नै सर्वाङ्गीण विकासको आधारशीला तयार गर्न ‘सिरिजङ्घाको गौरव, कञ्चनजङ्घा’ भन्ने मूल नाराका साथ चालु आर्थिक वर्षमा पानी उद्योग स्थापनासहितका दश वटा योजना अघि सारेको र क्रमशः कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।

गाउँपालिकाभित्रका सीमित स्रोत साधनलाई उपयोग गरी नागरिकका असिमित इच्छा, आकांक्षा पूरा गर्न स्थानीय सरकारलाई चुनौती रहेको भन्दै प्राथमिकता निर्धारणसहित विकासका गतिविधिलाई अघि बढाएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । “गाउँपालिकामा सीमित स्रोतसाधन छन्, नागरिकका अपेक्षा धेरै छन्, स्थानीय सरकार आएपछि शुरुका केही वर्षहरुमा विकट भूगोलमा छरिएर रहेका बस्तीलाई पूर्वाधारका संरचनामार्फत जोड्न बल ग¥यौँ, यसले आर्थिक र सामाजिक विकासका क्षेत्र ओझेलमा थिए, अहिले ती क्षेत्रलाई सम्बोधन गर्न प्रयासरत छौँ”, गुरुङले भने ।

समाज रुपान्तरणका लागि भन्दै सातौँ गाउँसभाको पहिलो बैठकले चालु आर्थिक वर्षका लागि सिरिजङ्घाका टोल, विकासका खोल, निःशुल्क शिक्षा, हामी सबैको इच्छा, म स्वस्थ, मेरो गाउँ स्वस्थ, सीप सिकौँ, रोजगार बनौँ, कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी भन्ने नारासहितका विभिन्न दश वटा योजना पारित गरेको थियो । उक्त योजना क्रमशः कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७७ माघ १९ सोमवार ११:२५ मा प्रकाशित

You can share this post!

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३८

काठमाडौँ, ६ चैतः प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।...

किसानलाई पशु बीमा गर्न कठिन   

किसानलाई पशु बीमा गर्न कठिन   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३३

गल्याङ (स्याङ्जा), ६ चैत: स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा...

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...