Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • लामखुट्टेको टोकाईबाट सर्ने मलेरियाका कारण सुडानमा २ हजारको मृत्यु ! Jul 17, 2017 Arthatantramosquito
    विश्वको सवैभन्दा कान्छो देश भनिने दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए)ले जनाएको छ । शनिबार एक प्रतिवेदन जारी गर्दै ओसिएचएले “मलेरियाका कारण दक्षिण सुडानमा एक हजार ९५६ जनाको ज्यान गएका,” जानकारी गराएको छ । प्रतिवेदनमा यस बर्षको जनवरीपछि अहिलेसम्म नौ लाख अठ्ठाइस हजार १४१ विरामीमा ...
  • नयाँ आर्थिक वर्षलाई सेयर बजारले बढेर गर्यो स्वागत ! Jul 16, 2017 Arthatantranepse
    काठमाडौ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार ०.९० अंकले बढेर १५८३.५७ अंकमा पुगेको छ । बैंकिङ, फाइनान्स र बीमाले आइतबारको बजारलाई धानेका छन् । यी समूहहरु क्रमशः २.४१, १०.९३ र १.४८ अंकले बढेका छन् । होटल, विकास बैंक, जलविद्युत्, उत्पादनमूलक र अन्य समूह भने घटेका छन् । आईतबार १४९ वटा कम्पनीको पाँच हजार सात सय ८८ कारोबारबाट १२ लाख ...
  • दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत Jul 16, 2017 Arthatantra_NabinJugjali_KhadgaGarbuja
    पोखरा। लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याए बापत संगीत प्रशिक्षण केन्द्र पोखराले उनलाई सम्मान गरेको हो । प्रत्येक २ वर्षमा कुनै एक व्यक्ति वा संस्थालाई प्रदान गरिने सो पुरस्कारको राशि रु १५ हजार छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट गर्बुजालाई पुरस्कृत ...
  • धार्मिक तीर्थस्थलमा साउने मेला Jul 16, 2017 Arthatantrachitwan-devghat
    चितवन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ ।आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ । मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् । अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष ...
  • सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि Jul 15, 2017 Arthatantradrugs
    काठमाडौँ । सुईद्वारा लागुऔषध लिने पुरुषको संख्या काठमाडौँ र पोखरा उपत्यकामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बीचमा गरिएको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणमा सो संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ । कम्तीमा तीन महिनादेखि सुईद्वारा लागुऔषध लिएका १६ वर्षमाथिका ती क्षेत्रका ६ सय ८५ जनामा ...
  • इटहरीमा भीषण आगलागी, करिब रु ७ करोडको नोक्सानी Jul 14, 2017 Arthatantrafire in portugal
    इटहरी। सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गए राति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत्को मेन स्विच सर्ट भएर आगलागी हुँदा युवराज कार्कीले सञ्चालन गर्नुभएको मार्बल टायल र सेनिटरीका सामग्री रहेको दोकानमा रहेका सबै सामग्रीसहित दोकानका अन्य सामग्रीसमेत जलेर ध्वस्त हुँदा कार्कीको मात्र रु ६ करोडभन्दा बढीको ...
  • प्रधानमन्त्रीले भने भानुको योगदान अतुलनीय Jul 13, 2017 Arthatantradeuba-1
    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छ । आदिकवि भानुभक्त आचार्यको २ सय ४ औँ जयन्तीका अवसरमा आज भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली साहित्य र भाषाको श्रीवृद्धिमा भानुको योगदान अतुलनीय रहेको बताए । उनले मुलुकको समृद्धिका लागि भाषा साहित्यको उल्लेख्य भूमिका हुने पनि बताए । समारोहमा साहित्यिक प्रतिभा र विद्यार्थीका ...
  • किन भएन समयमा सडक कालोपत्रे ? Jul 12, 2017 Arthatantraroad and city
    खोटाङ । मध्यहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक ३ वर्षअघि देखि कालोपत्रको काम थालिए पनि चाँडो सम्पन्न भएको छैन । मङ्गलबार रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा दिक्तेलमा आयोजित सर्वदलीय बैठकले निर्माण सम्बद्ध ठेकेदारलाई सडक कालोपत्रका काम गुणस्तरीय रुपमा चाँडो पूरा गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सडक कालोपत्रका काममा ठेकेदारले ढिलाइ गरिरहेको र गुणस्तर कायम गर्न नसकेको जनगुनासो आएकाले परामर्शदाता कम्पनी, दलका ...
  • १० लाख राहत पाउन १० वर्ष पर्खिए द्धन्द पिडितले Jul 12, 2017 Arthatantramoney
    रोल्पा । सशस्त्र द्वन्द्वमा सयको हाराहारीमा ज्यान गुमाई देशमै सबभन्दा बढी क्षति व्यहोरेका रोल्पा जेल्वाङका द्वन्द्वपीडित विगतमा सरकारले दिने किस्ताबन्दी राहत लिन २ दिनको पैदल यात्रा पछि सदरमुकाम आई राहत बुझेर घर फर्कंदा करिब १ हप्ता समय लाग्दथ्यो । समय धेरै खर्चिएर थोरै राहत लिँदाको सास्ती भोगेका उनीहरु अर्को पटक पुनः आउनु पर्ने बाध्यता सम्झँदै निराश भएर घर फर्कंन्थे । यसपटकको ...
  • पाल्पामा प्रेसरकुकर बम विष्फोट,कसले राख्यो बम ? Jul 11, 2017 Arthatantrabomb
    पाल्पा । आज बिहानै पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो । बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन् । तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले ...