Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
समाज
  • दुई कम्पनीले क्रमशः३०% र १०% प्रतिशत बोनस दिंदैछन्,बुक क्लोजको यो मिति… Nov 9, 2017 Arthatantrabonus01
    काठमाडौ। एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते आफ्नो १२औँ वार्षिक साधारणसभा गर्दैछ । साधारणसभा प्रयोजनको लागि मंसिर ५ गतेदेखि मंसिर १७ गतेसम्म बैंकको बुक क्लोज हुने कम्पनीले जनाएको छ । साधारणसभामा कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको ...
  • उद्योगीहरु तनावमा:कारण चन्दा आतंक Nov 8, 2017 Arthatantranepali-currency money nepali rupees
    पथरी, मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् । एक नम्बर प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् । उनले भने, “धेरै दलहरुले चन्दा मागेका छन् कसलाई ...
  • जलविद्युतका लगानीकर्ताले ५% नगद लाभाँश पाउने ! Nov 7, 2017 Arthatantracash dividends
    काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनीको १६३ औं सञ्चालक समिति बैठकले करसहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश नेपाल सरकारको स्वीकृति लिएपछि वितरण गरिने कम्पनीले जनाएको छ । हाल कम्पनीको सेयर पुँजी १० अर्ब रुपैयाँ छ । प्रकाशित मितिः २०७४ कार्तिक २१
  • काठमाडौं महानगरले संचालन गर्यो हाइस्पिडको ‘काठमाडौँ मेट्रो’ एप्पस Nov 7, 2017 Arthatantraarthatantra
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले औपचारिक रुपमा ‘काठमाडौँ मेट्रो’ एप्सको सुरुवात गरेको छ । महानरपालीकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एप्सको शुभारम्भ गर्दै प्रविधिको उचित प्रयोगमार्फत कामपाले गरेका विकास निर्माणका कार्यलाई छिटो र यथार्थ रुपमा जनतामा लैजान एप्सको भूमिका महत्वपुर्ण रहने बताए । कामपाका सेवाग्राहीले सेवा सुविधाका बारे घरमै बसेर बझ्न र महानगरको अधिकार, दायित्व र कामको गतिविधिबारे प्रष्ट ...
  • चार मन्त्री र दर्जनौं पूर्वमन्त्री हिरासतमा,सबैको नाम खुल्न बाँकी ! Nov 5, 2017 Arthatantrabanking-Jel
    भ्रष्टाचारको आरोपमा साउदी अरबमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्रीलाई हिरासतमा राखिएको छ । भ्रष्टाचार प्रतिबन्धको लागि गठन भएको नयाँ कमिटीले चार घण्टा पनि नबित्दै उनीहरुलाई पक्राउ गरेको बिबिसीले जनाएको छ । हिरासतमा लिइएका व्यक्तिको नाम र के का लागि पक्राउ गरिएको भन्ने खुलाइएको छैन । यस्तै साउदी राष्ट्रिय सुरक्षा र नौसेना प्रमुखलाई पनि बर्खास्त गरिएको छ । ...
  • रासायनिक मल अभाव,किसान चिन्तित Nov 3, 2017 ArthatantraRasayanik-Maal mal
    सप्तरी । सप्तरीमा गहुँ खेतीका लागि डिएपी मलको अभाव भएको छ । मलको अभावका कारण जिल्लाका किसानलाई गहुँ खेती गर्न समस्या भएको छ । कृषि सामग्री संस्थान र साल्ट टे«डिङको गोदाममा उक्त मल मौज्दात नभएपछि वितरण गर्न नसकिएको कर्मचारीले बताएका छन् । साल्ट टे«डिङ शाखा कार्यालय सप्तरीमा डिएपी मलबाहेक युरिया र पोटास मौज्दात रहेको त्यहाँका प्रमुख ब्रह्मदेव ठाकुरले बताए । “हामीकहाँ ...
  • बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा Nov 3, 2017 Arthatantradeath photo
    लहान । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा। अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई ...
  • चुरोट नखाने कर्मचारीलाई ६ दिन बढी बिदा ! Nov 2, 2017 ArthatantraCigarette Smoke No smoking
    जापानको एक व्यावसायिक कम्पनीले चुरोट नखाने कर्मचारीका लागि विशेष सुविधा दिएको छ । टोकियोमा रहेको पिआला कम्पनीले चुरोट नखाने कर्मचारीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने योजना ल्याएको समाचार संस्था एएफपीले जनाएको छ । कार्यालय समयमा चुरोट खाने कर्मचारीका कारण काममा असर परेको भन्दै चुरोट नखाने कर्मचारीलाई प्रोत्साहन गर्न तथा चुरोट नखाने बानीको विकास गर्न सुविधा दिनुपरेको कम्पनीले जनाएको हो । ...
  • आर्थिक संकटका कारण ओझेलमा ‘कात्तिक नाच’ Nov 1, 2017 Arthatantrakartick nach
    ललितपुर । परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच अहिलेसम्म जेनतेनले सञ्चालन हुँदै आएको जनगुनासो रहेको छ । आजभन्दा ३७७ वर्षअघि देखि अर्थात् नेपाल ...
  • कुन प्रदेशमा चालु आव भित्र स्वास्थ्यका ३१ नयाँ भवन बन्दै ?हेर्नुहोस् Nov 1, 2017 ArthatantraHealth-office
    बैतडी । बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ...