Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • सुन चाँदी दुवैको मूल्य घट्यो Jun 11, 2017 ArthatantraGold and Silver
    काठमाडौ । साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार ५५ हजार रुपैंयालमा तोलामा किनबेच भएको सुन आईतबार २ सयले घटेर प्रतितोला ५४ हजार ८ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ७ सय ६५ रुपैंयामा किनबेच भइरहेको छ । प्रकाशित मितिः २०७४ जेठ २८
  • चितवनमा गैँडा अतङ्क, एक गम्भीर घाइते Jun 11, 2017 ArthatantraRhinoceros-dream
    चितवन । पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आइतबार गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् । स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेरको हो । गैँडाले हाने पछि ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, ...
  • उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन Jun 10, 2017 Arthatantrawastage
    काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा शनिबार त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरिएको हो । आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिएका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गर्नुभएको सफाइमा ...
  • ९ महिना विद्युत बेचेर २ अर्ब आम्दानी Jun 9, 2017 Arthatantramoney-clipart
    नेपाल विद्युत प्राधिकरण पोखरा क्षेत्रीय कार्यालयले चालु आर्थिक वर्षको ९ महिना (चैतसम्म) मा विद्युत बिक्री गरेर करिब २ अर्ब रुपैयाँ संकलन गरेको छ । कार्यालयले १९ करोड ९१ लाख ५० हजार ३ सय ५१ युनिट विद्युत बिक्री गरी उक्त रकम संकलन गरेको हो । रकम संकलन अहिलेसम्म ९७.५ प्रतिशत पुगेको क्षेत्रीय प्रमुख रामजी भण्डारीले बताए । ‘महशुल संकलनमा कडाइ गरेकाले अहिलेसम्म ...
  • नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ Jun 8, 2017 ArthatantraMurder
    झापा । झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको राति शव फेला परेको हो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको हो । बालिकाको हत्या ...
  • धादिङमा सत्तरी केजी चरेस बरामद Jun 7, 2017 ArthatantraCharesh
    धादिङ। गजुरीस्थित प्रहरीले नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस मङ्गलबार बिहान लुकाई छिपाई बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले चरेस बरामद गरेका हुन् । गजुरी हुँदै नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एल.पी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गर्दा उक्त ...
  • धादिङमा माइक्रोको ठक्करबाट २ पैदलयात्रुको मृत्यु,२ घाईते,आक्रोसितले बस… Jun 6, 2017 ArthatantraDhading accident simle
    धादिङ । धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट २ को मृत्यु भएको छ । लु १ ज २६७४ नम्बरको बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट स्थानीय बन्दना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन्। सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा कुदेको माइक्रोले ठक्कर दिएको र चालकको लापरबाहीले ज्यान गएको भन्दै आक्रोसित स्थानीयले माइक्रोमा ...
  • शम्भुनाथ गौतम सिद्धार्थ बैंकको कामु सिइओ Jun 6, 2017 Arthatantrasiddartha-Bank 1
    काठमाडौ । सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा शम्भुनाथ गौतम नियुक्त भएका छन् । सिद्धार्थ बैंकमै डेपुटी सिइओ रहेका उनलाई सोमबार बसेको सञ्चालक समितीको बैंठकले कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि बैंकका सीइओ सुरेन्द्र भण्डारीले राजीनामा दिएर कुमारी बैंकतिर लागेपछि प्रखुम कार्यकारीको पद रिक्त भएको थियो । प्रकाशित मितिः २०७४ जेठ २३
  • गोसाइँकुण्डमा गङ्गा दशहराको रु ३० हजार भेटी Jun 6, 2017 Arthatantragoshaikunda-pass-trekking
    रसुवा । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो । यही जेठ १२ देखि २१ गतेसम्म गरेको यस वर्षको गङ्गादशहरा पर्वका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्ड दर्शन गरेको समितिले जनाएको छ । पौराणिक कालमा राजा भगीरथले ...
  • दुई बालिका मृत्युले किन माडी बन्द गरायो ? Jun 6, 2017 Arthatantrastrike in road
    चितवन। दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन् । पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन् । नेकपा (माओवादी केन्द्र)निकट महिला सञ्जालको नेतृत्वमा ...