Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • एमालेले धादिङ थाँक्रेको अध्यक्षमा आचार्य र उपाध्यक्षमा रुपाखेतीलाई उम्… Apr 16, 2017 Arthatantraramkumar and ambika
    धादिङ । आगामी बैशाख ३१ गते हुन लागेको स्थानिय निकायको निर्वाचनका लागि नेकपा (एमाले) धादिङले थाक्रे गाउँपालिकमा अध्यक्ष, उपाध्यक्षमा जिल्ला कमिटि सदस्य एवं गाउँ पार्टी संयोजक रामकुमार आचार्य र उपाध्यक्षमा अम्विका रुपाखेतीलाई अघिसार्ने निर्णय गरेको छ । शनिवार सम्पन्न गाउँ स्तरिय कार्यकर्ता भेलाबाट जिल्ला कमिटि सदस्य एवं गाउँ पार्टी संयोजक रामकुमार आचार्य र उपाध्यक्षमा अम्विका रुपाखेतीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय ...
  • काठमाडौमा अहिले बेला–बेला बिजुली जानुको कारण यस्तो छ Apr 16, 2017 ArthatantraElectricity
    काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा केवलमा क्षति पुर्याएको भन्दै आपत्ति जनाएको छ। महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने ११ केभी कपन फिडरको भूमिगत केबलमा शनिबार मेलम्ची खानेपानी आयोजनाको काम गराईबाट क्षति हुन पुगेको प्राधिकरणले जनाएको छ । धोबीखोलाका ढलान पुल र निलो पुलस्थित दुईवटा वितरण ट्रान्सफर्मर बन्द हुँदा ती ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति हुने सुकेधारालगायतका ठाउँमा ...
  • अप्टिकल फाइवर विछ्याउन स्मार्ट टेलिकम अयोग्य, पुनः टेण्डर Apr 15, 2017 Arthatantraoptical fiber
    काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए)ले अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गर्न माग गरेको पछिल्लो आवेदनमा स्मार्ट टेलिकम छनोट हुन सकेन । मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सूचनाको महामार्ग बनाउन प्राकिरणले मागेको ६ र ७ नं प्रदेशको प्रस्तावमा स्मार्ट टेलिकमले मात्रै आवेदन दिएको थियो । तर, यो प्रस्तावमा स्मार्टको एक्लो आवेदन परेको भएपनि यसले आवश्यक मापदण्ड पूरा गर्न नसकेका कारण प्राधिकरणले पुनः प्रस्ताव ...
  • नयाँ वर्षबाट मिर्गौला प्रत्यारोपण निःशुल्क, भक्तपुर, वीर र टिचिङबाट से… Apr 13, 2017 ArthatantraKidneyTransplant
    काठमाडौ। सरकारले वैशाखबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने जानकारी दिए। चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न एक करोड ५० लाख रुपियाँ छुट्याएको जानकारी दिँदै मन्त्री थापाले ...
  • नयाँ वर्षमा सर्वसाधारणलाई टेलिकमको बोनस ! Apr 12, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनस दिएको छ । टेलिकमले विज्ञप्तीअनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने र ५ सय र एकहजारको रिचार्ज गर्दा १५ प्रतिशत व्यालेन्स बोनस दिनेछ । यो सुविधा रिचार्ज कार्डबाहेक अन्य तरिकाबाट रिचार्ज गर्दा समेत पाइनेछ । बोनस व्यालेन्सको भ्यालिडिटी ३ दिनको मात्रै हुनेछ । अर्थात, उपभोक्ताले बोनस पाएको व्यालेन्स तीन ...
  • अब ७ सय ४४ वटै स्थानीय तहमा बैंकको शाखा खोलिने Apr 12, 2017 ArthatantraBank image1
    काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा कम्तिमा बैंकको एक शाखा खोल्ने योजना अगाडि सारेको छ। सरकारले ७४४ वटै स्थानीय तहमा बैंकिङ क्षेत्रको पहुँच विस्तारका लागि नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको हो। हिजो मंगलबार अर्थमन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा बैंकका शाखा खोल्न निर्देशन दिएका हुन्। त्यसको आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्र बैङ्क तथा राष्ट्रिय योजना ...
  • पाँचथरको फालेलुङमा चौंरी महोत्सव हुने Apr 11, 2017 Arthatantrayak pachthar
    पाँचथर । पाँचथरको फालेलुङ गाँउपालिका–४ मा चौँरी महोत्सव हुने भएको छ । चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सुर्केथाम दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनामा तीन हजार पाँच सय ६० मिटरको उचाईमा रहेको नेपाल, भारतको पश्चिम बंगाल र सिक्किमको सिमानामा रहेको चारराते भन्ने ...
  • ७० प्रतिशत हकप्रद र बोनस सेयरको करबारे तपाईले थाहा पाउनुभयो ? Apr 10, 2017 ArthatantraBonus-share
    काठमाण्डौं । गरिमा विकास बैंकले आगामी बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद निष्काशन गर्दैछ । सोका लागि बैंकले चैत ३० गते सेयरधनी पुस्तिका बन्द गर्दैछ । यो सेयर बैंकले २० प्रतिशत बोनस सेयरका लागि आवेदन दिनेहरुले पनि भर्न पाउने छन् तर यसका लागि बोनस सेयर डिम्याट खातामा जम्मा नभएकाहरुले भने पूँजीगत लाभकर तिर्नुपर्नेछ । बैंकले यस अघि पनि सूचना प्रकाशित गर्दै ...
  • सुन किन्ने हो ? आज ५ सयले घट्यो Apr 9, 2017 ArthatantraGold
    काठमाडौ । सुनको मूल्य आइतबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबार सुन प्रतितोला ५४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
  • एक सय वर्षका बृद्ध मतदानको पर्खाइमा Apr 8, 2017 Arthatantravote election
    मोरङ । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै थिए। अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसकेका छन्। मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा भएका छन्। मतदानपछि त्यही वर्ष जन्मिएकाको उमेर पनि १८ वर्ष नाघिसकेको छ। पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको ...