Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • फाईनान्सको १० लाख कित्ता सेयरमा आवेदन गर्ने अन्तिम मौका कहिलेसम्म ? जा… Mar 26, 2017 ArthatantraShare Contract
    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १० लाख ४ हजार ९० कित्ता हकप्रद सेयरको लिलामी विक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक ९ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण सेयर ६९ हजार १६ कित्ता सेयरको लिलाम बढाबढ गरी विक्री गर्न लागेको हो । फाइनान्सले लगानीकर्तालाई यही चैत २८ देखि वैशाख ५ गतेभित्रमा शिलबन्दी बोलपत्र आव्हान पेश गर्न आग्रह गरेको छ । ...
  • थप विद्युत् उपलब्ध गराइदिन भारतसँग आग्रह, के होला अब ? Mar 25, 2017 ArthatantraPrasaran Line
    काठमाडौ। भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले  नेपाललाई थप विद्युत् उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गरेका छन् । राजदूत उपाध्यायले भारतीय विदेश मामिला राज्यमन्त्री एमजे अकबरसँग भेटवार्ता गरी थप विद्युत् उपलब्ध गराउन आग्रह गरेका हुन् । नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको कुशाहा– कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । ती प्रसारण लाइनमार्फत थप ५०–५० मेगावाट ...
  • दूधको मूल्य प्रतिलिटर रु१५ बढाउन किसानको माग Mar 24, 2017 Arthatantramilk-
    चितवन । दुग्ध उत्पादक किसानहरुले दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष हुँदा समेत दूधको मूुल्य वृद्धि हुन नसकेको भन्दै उनीहरुले किसानलाई प्रत्यक्ष लाभ हुने गरी मूल्य बढाउन माग गरेका हुन् । अहिलेको अवस्थामा प्रतिलिटर रु १५ रुपैयाँ मूल्य वृद्धिको माग गरिएको राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले जानकारी दिए । चितवनको भरतपुरमा ...
  • अब देशैभर पाठेघरको मुखको क्यान्सरको निः शुल्क परीक्षण Mar 23, 2017 Arthatantradoctor
    काठमाण्डौं । सरकारले पाठेघर मुखको क्यान्सर परीक्षण यसै आर्थिक वर्षबाट देशैभरि निःशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सबै जिल्लामा निःशुल्क परीक्षण सेवा सुरु गर्ने तयारी थालेको छ । कतिपय महिलाको मृत्युको कारण बनिरहेको पाठेघरको मुखमा हुने क्यान्सर न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले देशैभरि निःशुल्क परीक्षण सेवा विस्तार गर्न लागेको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिए । थापाले महिलासम्बन्धी रोगहरूको उपचार सेवा र ...
  • नेपाललाई मध्यमआय भएको मुलुकमा स्तरोन्नति गर्न उर्जाको विकास अपरिहार्य Mar 22, 2017 ArthatantraHydro_Power_Plant
    काठमाडौ। ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको सामाजिक–आर्थिक विकासको बाहक ऊर्जा क्षेत्र नै भएकाले त्यसैको विकासका लागि वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय, नेपाल सरकार र यहाँस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आज यहाँ आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकहरुका लागि ‘दिगो ऊर्जा’ विषयको क्षेत्रीय बैठकमा उनले ...
  • साँच्चै के कारण भईरहेछ पेट्रोलियम पदार्थको अभाव ? Mar 21, 2017 Arthatantrapetrol-price-down
    सिराहा। सिरहामा पेट्रोलियम पदार्थको कृत्रिम अभावका कारण उपभोक्ता मारमा परेका छन् ।विशेषगरी दुईपाङ्ग्रे साना सवारी साधनका चालकले लाइनमा बसेर पनि पेट्रोलको अभाव भोगिरहेका छन् । लहान, गोलबजार, मिर्चैया, सिरहा माड्र, बन्दीपुरलगायत बजार तथा जिल्लाको ग्रामीण भेगमा रहेका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको छ । घन्टौँसम्म लाइनमा बस्दा पनि पेट्रोल नपाएपछि मिनरल वाटर र मदिराका बोतलमा रु एक सय ५० प्रतिलिटरका ...
  • बैशाख १५ देखि अनिवार्य सेट अप बक्स बारे के थाहा छ तपाईलाई ? Mar 21, 2017 Arthatantraset top box in TV
    काठमाण्डौं । सूचना तथा सञ्चार मन्त्रालयले २०७४ बैशाख १५ गतेदेखि काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । मन्त्रालयले हाल एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरेको हो । यस्तै सो बाहेकका अन्य उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा पनि २०७४ कार्तिक १५ गतेसम्म ...
  • ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत Mar 20, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबिएल क्यापिटल लिमिटेडले ल्याएको सामुहिक लगानी कोष एनआइबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । एनआइबिएल प्रगति फण्डको ७५ करोड रुपैँया बराबरको ७ करोड ५० लाख इकाई सेयर नेप्सेमा आईतबार सूचिकृत भएको हो । इकाईका सेयरधनीले अबको एक हप्तापछि यो संख्याको सेयर कारोबार गर्न सक्नेछन् । गत मंसिर ...
  • राजधानीका शालिकहरुमा किन लगाइँदैछ मास्क ? (फोटो कथा) Mar 19, 2017 Arthatantra3 (Medium)
    राजधानीको चावहिलस्थीत पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूषण रोक्न सचेतना अभियान थालेकाछन् । यस अघि सर्वसाधरणलाई मास्क बितरण गर्दै आएका उनीहरुले सक्छौं सफा गरौं, सक्दैनौं फोहर नगरौं ! भन्ने नाराका साथ शनिवार राजधानी स्थित सवै शालिक तथा मूर्तिहरुको सफाई गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे । उनीहरुले सञ्चारग्राम स्थित त्रिमूर्ति निकेतन, ...
  • आज बजारमा सुनको भाउ स्थिर, चाँदी भने बढ्यो Mar 19, 2017 ArthatantraGold and Silver
    काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढ्न पुगेकोछ । शुक्रबार कारोबार भएकै मूल्यमा आज सुनको कारोबार भइरहेकोछ । आज सुन प्रतितोला ५४ हजार २ सय रुपैयाँ नै कायम छ । तर, आज चाँदीको भाउ भने बढ्न पुगेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज चाँदी प्रति तोला ५ रुपैयाँले बढेर ७ सय ...