Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेच्ने पक्राउ Oct 29, 2017 Arthatantrameat
    विराटनगर । खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक भारतीयसहित तीन जनालाई शुक्रबार पक्राउ गरिएको छ । विराटनगर–१७ बस्ने लाल मोहम्मद र मोहम्मद रसिद तथा भारतको जोगबनी बस्ने मोहम्मद कल्वालाई पक्राउ गरिएको इप्रका रानी, विराटनगरले जनाएको छ । उनीहरुले बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको बताइएको छ । रासस प्रकाशित मितिः २०७४ कार्तिक १२
  • ३ दिनभित्रमा लिनुहोस् बैंकको १०० रुपैंया अंकित २ अर्ब ९७ करोड बराबरको … Oct 29, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । मेगा बैंकले जारी गरेको १० बराबर ६.५ अनुपात अर्थात ६५ प्रतिशत हकप्रदमा आवेदन दिने मिति आजसहित जम्मा ३ दिन अर्थात् कात्तिक १४ गतेसम्म आवेदन गर्न पाइनेछ । भदौ २७ गतेदेखि निष्काशन खुला गरिएको सो हकप्रद सेयरमा असोज ३० गतेसम्म आवेदन गर्ने म्याद थियो । बैंकले आवेदन गर्ने मिति बढाएर कात्तिक १४ पुर्याएको थियो । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता ...
  • कसरी भयो इन्डोनेसियाको पटका कारखानामा आगलागी ? पढ्नुहोस… Oct 27, 2017 Arthatantrafire
    जकार्ता । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ३० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, “आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ४६ जना ...
  • कृषि सामग्री कम्पनीले अनुदान नपाएपछि यसपाली मल नल्याउने Oct 26, 2017 ArthatantraRasayanik-Maal mal
    काठमाडौं । यसपाली हिउँदेबालीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याउने भएको छ । सरकारले मल खरिदका लागि अनुदान नदिएपछि मल ल्याउन नपाएको कम्पनीले जनाएको छ । गत असोज मसान्तमा सूचना जारी गर्दै कम्पनीले ५० हजार मेट्रिक टन रसायनिक मलकाका टेण्डर खुलाएको थियो । तर पर्याप्त बजेट अनुदानको अभाव र वार्षिक खरिद कार्यक्रम बढी भएकाले रसायनिक मल खरिद कार्यक्रम रद्द गरेको ...
  • कृषकलाई दिनुपर्ने १८ करोड रकम झ्वाम पार्ने इस्टर्न सुगर मिललाई के कारब… Oct 25, 2017 ArthatantraSugar-Cane
    मोरङ। मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए। सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३/०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उनीहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको ...
  • बैंकको १०% बोनसपछि मूल्य समायोजन Oct 25, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। ग्लोबल आइएमइ बैंकको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले बैंकको १० प्रतिशत बोनसपछि सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य ३७१ रुपैयाँ रहने भएको छ । प्रकाशित मितिः २०७४ कार्तिक ८
  • कार्तिक १४ भित्रमा सेयर किन्नुहोस् र पाउनुहोस् २०% बोनसका साथमा ३५% हक… Oct 24, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । सिद्धार्थ इन्स्योरेन्सले कार्तिक २९ गते साधारण सभा बोलाएको छ । कम्पनिले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनिको कात्तिक १ गते बसेको १२३ औ संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुंजीबाट ३५ प्रतिशत हकप्रद बिक्रि ...
  • रंंङमा प्रयोग हुने लेडबाट क्यान्सर Oct 23, 2017 ArthatantraColour-lid
    काठमाडौ । के तपाईंले घर तथा कोठा चिटिक्क सजाउन भित्तामा प्रयोग गर्नुभएको रङ्गीचङ्गी रंङको नकारात्मक असरबारे सोच्नुभएको छ, त्यस्ता नकारात्मक असरबाट बचेर मात्र भित्ता सजाउनुहोस् अन्यथा आफ्ना बालबालिका क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड ९सिसा०को मात्रा प्रयोग गरिएको हुन्छ । घर तथा विद्यालयको कक्षाकोठामा प्रयोग हुने ती सिसाका कण हावाका ...
  • स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै Oct 23, 2017 Arthatantrahealth_banner
    चितवन। सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । जसमध्ये असार अगाडि बीमा गराएका ३६ हजार सदस्यले सेवा लिइरहेका छन् । पौडेलका अनुसार गतवर्षको भदौ १ गतेबाट असारसम्म बीमा गरेकाले सेवा लिन थालेका हुन् । ...
  • काठमाडौमा गोली चल्यो,एक घाइते Oct 22, 2017 Arthatantragunfire_
    काठमाडौ । काठमाडौको म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् । बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । घाइते गुरुङको त्रिवि शिक्षण ...