Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • शनिबार र आईतबार पन्ध्र जिल्लामा पोलियो थोपा खुवाइँदै Mar 4, 2017 Arthatantrapolio thopa
    काठमाडौ। स्वास्थ्यकर्मीको अवरोधका कारण यसअघि खुवाउन नसकिएका १५ जिल्लामा आज(शनिबार) र भोलि(आइतबार) पोलियो थोपा खुवाइँदै छ । तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रम छ । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था गरी मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह ...
  • अधिकृत तहमा २० जना खुला कर्मचारीको लागि दरखास्त आव्हान Mar 3, 2017 Arthatantrajob-vacancy apply now
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अधिकृत तहमा २० जना खुला कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ। नेप्सेले प्रशासन सेवा तर्फ आठ तहको सहायक प्रबन्धक एक जना, दुई जना सात तहको बरिष्ठ अधिकृत र १४ जना छ तहको अधिकृत माग गरेको हो। यस्तै प्राविधक अधिकृत तीन जना माग गरेको छ। प्रशासन अधिकृतमा आवेदन दिन धितोपत्र बजार, पूँजी बजार, व्यवस्थापन, वित्त, अर्थशास्त्र, ...
  • गाभिएर पुँजी वृद्धि गर्न लागेको बैंकबारे जान्नुहोस्,अब हकप्रदबारे के ह… Mar 2, 2017 Arthatantrastock share confusion
    जनता र त्रिबेणी दुबैले साधारणसभा गरेर आपसमा गाभिने अन्तिम प्रस्ताव पारित गरी राष्ट्र बैंकमा पेश गरेका छन् । जनता बैंकको नाममा आगामी चैत्र १ गतेदेखि एकीकृत कारोबार थाल्ने तयारी भइरहेको छ । जनता र त्रिबेणीको एक्विजिसन सकिएपछि सिद्धार्थसँगको प्रक्रियालाई तीव्र पारिने जानकारी दिईएको छ । यसअघि जनता बैंकले त्रिवेणीलाई गाभेर नपुगेको चुक्तापुँजी ६० प्रतिशत हकप्रद सेयर जारी गरेर पुर्याउने निर्णय गरेको ...
  • २५ वर्षपछि आज राजधानीमा लगानी सम्मेलन, विश्वका अढार्इ सय लगानीकर्ता सह… Mar 2, 2017 Arthatantranepalinvestmentsummit_2017
    काठमाण्डौं। नेपाल आकर्षक लगानी गन्तब्यको रुपमा विकास गर्न आजदेखि राजधानीमा लगानी सम्मेलन सुरु भएकोछ । नयाँ सविधान जारी भएपछि प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उदेश्यसहित गर्न लागिएको सम्मेलनमा बहुराष्ट्रिय कम्पनी कोकाकाला, माइक्रोसफ्ट, चिनियाँ कम्पनी होङसी लगायतका ठूला कम्पनीका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा नेपालका राजनीतिक दलले समेत लगानीका लागि राजनीतिक प्रतिवद्धता गर्नेछन्। दुर्इ दिनसम्म चल्ने सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली समेत ...
  • आज बजारमा भारी मात्रामा घट्यो सुनको भाउ Mar 1, 2017 Arthatantragold-
    काठमाण्डौं । आज बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ५५ हजार ८ सय रुपैयाँ कायम भएको छ। अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर बढाउने चर्चा चलेपछि सुनको मूल्य मार्चको पहिलो दिन घटेको छ। मार्चको मध्यावधितिर व्याजदर बढाउने प्रस्ताव गरिने बताइएको ...
  • तरकारी खेतीबाट लाखौं कमाउँदै युवा, विदेश गएका पनि फर्किन थाले Feb 28, 2017 Arthatantratarkari
    काभ्रे। उग्रचण्डी नाला गाविस– ४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल छन्। विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन गर्न थालेपछि उनी आर्थिक रुपमा सवल भएका हुन् । टनेल राखेर तरकारीखेती गर्न थालेपछि नसोचेको आम्दानी गर्न सकेको सञ्जेल बताउँछन् । टनेल खेतीबाट एक वर्षमै एक रोपनी जग्गाबाट रु दुई लाख ५० हजार ...
  • फेरि गयो भुइँचालो, हल्लियो काठमाण्डौं, पराकम्पन कि नयाँ कम्पन ? Feb 27, 2017 ArthatantraearthQueak
    काठमाण्डौं । आज बिहान ९ बजेर २२ मिनेट जाँदा रामेछाप केन्द्र बनाई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो पनि गोरखा भूकम्पकै परकम्प हो । यो पराकम्पन ४।६ म्याग्निच्युडको थियो । परकम्प काठमाडौँका केही स्थानमा समेत महसूस गरिएको थियो। राष्ट्रिय भूकक्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार रामेछाप केन्द्रविन्दु बनाई बिहान ९ बजेर २२ मिनेटमा ४.६ रेक्टर ...
  • सैलुन चलाएर मासिक दुई लाखभन्दा बढी आम्दानी, तीनजनालाई रोजगारी Feb 26, 2017 Arthatantrasailun sailoon hair cut
    पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका छन्। खाडी मुलुक युएई पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय सुरु गरेका २७ वर्षीय राजन पौडेलले अहिले मनग्य आम्दानी गर्न थालेका हुन्। विदेशबाट फर्किएपछि राजधानी बसेर ६ महिना ...
  • पोखरामा बर्ड फ्लु भेटियो,सरकारद्धारा संकटग्रस्त क्षेत्र घोषणा ! Feb 25, 2017 Arthatantrabird_flu
    पोखरा । यस वर्ष नेपालमै पहिलोपटक पोखरामा बर्ड फ्लु भेटिएको छ । पोखरा वडा नम्बर १८ खाल्टेमसिनामा बर्ड फ्लु भेटिएको हो । करीब ६ वर्षअघि बर्ड फ्लु भेटिएपछि लगातार ३ वर्ष बर्ड फ्लु देखिएपनि त्यसपश्चात नदेखिएको बर्ड फ्लु यस वर्ष पुनः देखा परेको हो । पोखराको खाल्टेमसिनास्थित मिना परियारले पालेको हाँस तथा कुखुरामा बर्ड फ्लु भेटिएको पशु चिकित्सक एवम् सूचना अधिकृत ...
  • उपत्यकाबाट २५ सय गाडी हटाइँदै Feb 24, 2017 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    काठमाण्डौं । सरकारले फागुन १८ गते बुधबारदेखि २० वर्ष पूराना सवारी साधन चलाएमा जरीवानासहित जफत गर्ने भएको छ । यातायात व्यवस्था विभागले फागुन १७ गतेबाट बीस वर्षे पूराना सवारी साधन हटाउने नीति लिए अनुसार कारवाही गर्ने भएको हो। विभागले बीस वर्ष पुराना गाडी चलाएमा गैरकानुनी हुने र जरीवानासहित गाडी जफत गर्नेछ । विभागले ट्राफिक प्रहरीको सहयोगमा बीस वर्षे गाडी नियन्त्रणमा लिने ...