Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • कृषि विकास बैंकको मासिक ब्याज पाईने “बिशेष मुद्धती निक्षेप योजना” Feb 16, 2017 ArthatantraKrishi Bikash Bank Logo
    काठमाडौ । कृषि बिकास बैंक लिमिटेडले “बिशेष मुद्धती निक्षेप योजना” नामको नयाँ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखेर बार्षिक १२ प्रतिशत व्याज मासिक रुपमा उपलब्ध गराउने गरि यो योजना ल्याएको हो । प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थाहरुले हरेक वर्गका ग्राहकहरुलाई लक्षित गरी आकर्षक ब्याजमा आधारित निक्षेप सुविधा उपलब्ध गराउँदै आएको परिप्रेक्षमा आफूहरुले पनि आकर्षक निक्षेपको नयाँ ...
  • आकाशिँदैछ सुन, आज फेरि तोलामा ४ सय बढ्यो Feb 16, 2017 Arthatantragold-
    काठमाण्डौं । आज बिहीबार सुनको मूल्य फेरि आकाशिन पुगेकोछ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रति तोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५५ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ८ सय २० रुपैयाँ रहेको चाँदी ...
  • सेयर बजारमा हरियाली, ४२ अंकले उक्लियो नेप्से ! Feb 15, 2017 Arthatantranepse
    काठमाडौ। बुधबार नेप्से परिसूचक ४१ दशमलब ८३ अंकले उकालो लागेर १३१६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । मंगलबारको तुलनामा बुधबार करिब १२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबार जम्मा ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार १४१ कम्पनीको १६ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ ...
  • तल्लो मोदीको बिजुली आगामि ६ महिनाभित्र Feb 15, 2017 ArthatantraHydroPower Production
    २० मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाबाट २०७४ साउनसम्म बिजुली उत्पादन हुने भएको छ । निर्माण अन्तिम चरणमा पुगेकाले तोकिएको समयमै उत्पादन हुने देखिएको हो । अहिले आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ । बाँकी काम सकेर साउनभित्रै बिजुली उत्पादन हुने प्रवर्द्धक ज्ञानेन्द्रलाल प्रधानले बताए । ‘आयोजनाको ८० प्रतिशत काम पुरा भयो,’ उनले भने, ‘आगामी साउनदेखि उत्पादन सुरु हुन्छ ।’ मनाङ ...
  • उपत्यका नजिकैका दुईवटा गाउँ जहाँ महिलाको नागरिकता छैन ! Feb 14, 2017 Arthatantracitizationship
    मकवानपुर। भीमफेदी गाविसमा पर्ने दुईवटा गाउँमा बहुसङ्ख्यक महिलाले नागरिकता बनाएका छैनन् । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्याङ्कअनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाबाहेक अरु कसैले नागरिकता बनाएका छैनन् । विसं २०६०/६१ मा जम्मा ६० जना महिलाले नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले नागरिकता बनाएका छैनन् । विसं २०६०/६१ मा त्यहाँका महिलालाई हेटौँडा ल्याएर नागरिकता ...
  • खुल्यो हाइड्रोको सेयर कारोबार ! Feb 13, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ । सोमबारदेखि दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा डिएचपीएल कोडबाट दिव्यश्वरीका सेयर कारोबार हुने नेप्सेले जनाएको छ । दिब्यश्वरी हाइड्रोको कारोबार खुल्ने सेयरमूल्य प्रतिकित्ता ११६ रुपैयाँदेखि ३४८ रुपैयाँ तोकिएको छ । हाइड्रोले गत साता नेप्सेमा २६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गराएको थियो । दिब्यश्वरी हाइड्रोको समेत कारोबार खुलेपछि नेप्सेमा कारोबार हुने जलविद्युत कम्पनीको ...
  • बैंकबाट २३ लाख गायब, कहाँ गयो रकम ? Feb 12, 2017 Arthatantrabank_1
    धनगढी । यहाँ स्थित नेपाल इन्भेष्टमेन्ट बैंक ९ल्क्ष्द्य० बाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिए । कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विषयमा यर्थात जानकारी हुनसकेको छैन ...
  • अब जग्गा मिच्ने र सार्वजनिक ठाउँमा फोहोर फाल्नेको ड्रोनबाट अभिलेख राखि… Feb 12, 2017 ArthatantraDrone
    काठमाण्डौं । बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ। दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता ...
  • स्थानीय चुनाव जेठ १ गते ? Feb 11, 2017 Arthatantraelection
    काठमाडौ । सहयोगी मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी दल एमालेका परस्पर विरोधी मागको चेपमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन नभए पनि आगामी जेठ १ गते स्थानीय निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रयासमा शुक्रबार उनकै निवास हात्तीवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको करिब तीन घन्टा लामो छलफलमा दाहालले कुनै पनि हालतमा जेठ १ गते ...
  • भैँसी बेचेर कहिलेसम्म उपचार गरूँ सरकार ? Feb 10, 2017 Arthatantramoney
    बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैँसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए। विपन्न परिवारका शर्माले पशुचौपाया र अन्नपात बेचेरसमेत श्रीमतीको उचारमा खर्च गरे पनि उपचार पूरा हुन सकेको छैन। अब एउटा भैँसी र खेतका केही फोटा ...