Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • फट्याङ्ग्राले वितण्डा निम्त्याएपछि संकटकाल घोषणा Feb 9, 2017 Arthatantrafatyangra grasshopper
    काठमाण्डौं । बोलिभियामा फट्याङ्ग्राले विनास मच्चाएपछि नियन्त्रणका लागि ठुलो क्षेत्रमा ‘संकटकाल’ घोषणा गरिएको छ । बिशेषगरी खाद्यान्न तथा मासुजन्य पदार्थको उत्पादन हुने प्रमुख क्षेत्रमा फट्याङ्ग्राको कारण विनाश बढेपछि सरकारले ‘संकटकाल’ घोषणा गरेको हो । राष्ट्रपति इभो मोरालेसले फट्याङ्ग्रा नियन्त्रणका लागी बिशेष योजना बनाएको बताएका छन । धुँवाको माध्यमबाट फट्याङ्ग्रा नियन्त्रण गर्ने तयारी गरिएको छ । सरकारले फट्याङ्ग्रा नियन्त्रण गर्न ७ लाख ...
  • अबको सिंहदरबार कस्तो बन्छ ? Feb 8, 2017 ArthatantraSinghdarbar
    काठमाडौ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा. हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले सिंहदरबारको पश्चिमतिरको भागको यथाशीघ्र प्रवलीकरण गरी पुनःनिर्माण गर्ने कार्य अघि बढाउन पराजुलीको संयोजकत्वमा समिति गठन गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । समितिमा पुरातत्व विभागका प्रतिनिधि, प्राधिकरणका सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, पुरातत्वविद् रोशन ...
  • होश गर्नुहोस्, पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म ! Feb 7, 2017 ArthatantraWater drops
    धादिङ । गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ । बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी जाँच गर्दा ११  मुहानको पानीमा कोलीफर्म भेटिएको हो । कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्यचौकीको अगुवाइमा खानेपानी परीक्षण गरेको हो । यहाँका मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा  यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने ...
  • नूनको भाउ बढ्दै, हेर्नुहोस् कति पुग्दैछ एक प्याकेटको ! Feb 6, 2017 Arthatantrasalt
    काठमाण्डौं । नूनको आयात तथा देशभरी वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोेरेशन लिमिटेडले नूनको मूल्य समायोजन गर्न सरकार समक्ष प्रस्ताव गरेको छ। भारतको गुजरातबाट नूनको आयात गर्दै आएको लिमिटेडले लागत नै २१ रुपैंयाँ प्रति प्याकेट पुगिसकेको भन्दै हाल उसले बेच्दै आएको १६ रुपैंयाँ ५० पैसाबाट बढाएर २६ पु¥याउन आपूर्ति मन्त्रालयसँग माग गरेको छ । सरकारको स्वामित्वमा रहेको संस्थानले अर्थ र स्वास्थ्य ...
  • गृह मन्त्रालयका कारण सार्वजनिक बिदा कति भन्ने पत्तो भएन ? Feb 5, 2017 ArthatantraHome ministry nepal
    काठमाडौ। नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ । समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले दिएको जानकारीअनुसार गृह मन्त्रालयले ...
  • प्रिपेडमा पनि सुरु भयो नेपाल टेलिकमको फोर जी Feb 5, 2017 Arthatantranepal telecom
    काठमाण्डौं । नेपाल टेलिकमले हिजो शनिबारदेखि प्रिपेडमा पनि फोरजी सेवा संचालनमा ल्याएको छ । टेलिकमका काठमाण्डौं  र पोखराका प्रिपेड ग्राहकले शनिबारदेखि फोरजी सेवा प्रयोग गर्न पाएका छन् । प्रिपेड ग्राहकका लागि टेलिकमले एक सय एमबि डेटा निशुल्क पाउनेछन्। टेलिकमले माघ २२ देखि २७ गतेसम्मका लागि प्रिपेड ग्राहकले दैनिक एकसय एमबि डेटा दिनेछ। टेलिकमले शनिबारदेखि कलर रिङ व्याक टोन ९सिआरविटी० सेवाको पुन ...
  • भ्यालेन्टाईन डेमा १ करोडको गुलाबको कारोबार, कतिले यो दिवस मनाउँछन् त ? Feb 4, 2017 Arthatantrared-rose
    काठमाडौ। पे्रमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपालमा ...
  • ८ किलो सुनचाँदीसँगै सिसिक्यामरा चोरी ! Feb 3, 2017 Arthatantragold and silver
    चितवन । भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ । सो पसल विकास बर्माको हो । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पीडितले पसलबाट चार किलो सुन, चार किलो ५०० ग्राम चाँदी, रु सात लाख नगद र सिसी क्यामराको डिभिआर बक्ससमेत चोरी भएको जनाएका छन् । प्रहरीका अनुसार चोरहरुले सटरको साँचो ...
  • ७८ प्रतिशत सहकारी सक्रिय, कस्ता सहकारी निक्रिय ? Feb 3, 2017 Arthatantraco operative circle
    रोल्पा। रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ । जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ बहुउद्देश्यीय, स्वास्थ्य, सामाजिक उद्यमी, मौरीपालन, जडीबुटी र उपभोक्ता गरी एक÷एक सहकारी छन् भने ...
  • बढ्यो ग्याँसको भाउ, हेर्नुहोस् कति पुग्यो मुल्य ! Feb 2, 2017 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अब उपभोक्ताले एक सिलिण्डर ग्यासलार्इ १३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो । निगम व्यवस्थापनको हिजो बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो  । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको ...