Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • लगानी गर्न बैंकहरुसँग रकम अभाव, तर राष्ट्र बैंक भन्छ तरलता अभाव छैन Feb 1, 2017 Arthatantrabank-information
    काठमाडौ। नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ । नेपाल बैंकर्स सङ्घले आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको बताए । “ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको ...
  • आज सुन र चाँदी दुबैको भाउ बढ्यो, कति पुग्ला अब ? Feb 1, 2017 Arthatantragold and silver
    काठमाण्डौं । बुधवार स्थानीय बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । हिजोबाट लगातार बढ्न थालेको सुन आज प्रतितोला २ सयले बढ्न पुगेको हो । भाउ बढेपछि आज सुन प्रति तोला ५५ हजार १ सयमा कारोवार भइरहेकोछ । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी तोलाको ८ सय १० मा ...
  • प्रहरी गाउँ पस्नासाथ भालेबासका महिला भाग्छन्,यस्तो छ कारण ? Jan 31, 2017 ArthatantraPolice
    पाल्पा । प्रहरी गाउँमा आउने थाहा पाएपछि यहाँका महिला दुःखी हुन्छन् भन्दा अनौठो लाग्न सक्छ । तर, गाउँमा प्रहरी आउने जानकारी पाएपछि महिला अन्यत्र जान्छन् वा प्रहरी आउने जुनसुकै कार्यक्रममा महिला सहभागी हुने मन गर्दैनन् । पाल्पा जिल्ला खानीछाप गाविस–५, भालेबासका महिलाले प्रहरी गाउँमा नै नपसिदिँदा जति खुसी हुन्छन्, त्योभन्दा धेरै गुणा दुःखी हुन्छन् गाउँमा प्रहरी पसेको मेसो पाएपछि । दोषनिर्दोष ...
  • फेरि बढ्दैछ सुनको भाउ, आज पनि बढ्यो मूल्य Jan 31, 2017 Arthatantragold-
    काठमाण्डौं । मंगलवार स्थनीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुन प्रतितोला १ सयले बढी ५४ हजार ९ सय पुगेको हो । हिजो सोमवार सुन तोलाको ५४ हजार ८ सयमा कारोवार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदी तोलाको ८ सयमा किनबेच भएको छ । १८ माघ ...
  • पावर कम्पनीको १० लाख ६५ हजारभन्दा बढी सेयर बजारमा Jan 30, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङ्गका आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई साधारण सेयर जारी गरेको छ । कम्पनीले स्थानीयका लागि एक सय रुपैँया अंकित दरका दश प्रतिशत अर्थात १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर निष्काशन गरेको हो । यो सेयरमा छिटोमा फागुन २ गते र ढिलोमा फागुन १७ गतेसम्म आवेदन गर्न सकिने कम्पनीको विक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटल ...
  • करणी अभियोगमा राउत पक्राउ ! Jan 29, 2017 Arthatantrabanking-Jel
    उदयपुर । वाह्र वर्षीय वालिकालाई पटक–पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ । स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी चौकी सुकौराले जनाएको छ । विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते ...
  • शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीबारे जानीराख्नोस् Jan 29, 2017 ArthatantraRights-issues-
    काठमाडौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको १८ औँ र १९ औँ वार्षिक साधारणसभाले पारित गरेबमोजिम २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा ...
  • शाल्ट ट्रेडिङले नुनको मूल्य बढाउन लागेको हो त ? Jan 28, 2017 Arthatantrasalt
    काठमाडौं। शाल्ट ट्रेडिङ ङकर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ।नूनआयात लागत भन्दा मूल्य निकै सस्तो भएको भन्दै शाल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो। यदि शाल्छ ट्रेडिङले माग गरे अनुरुप मूल्य बढाउने निर्णय भएमाअब नुनको मूल्य १८ रुपैयाँबाट बढेर प्रतिप्याकेट २५ रुपैयाँ हुनेछ। सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने शाल्ट ट्रेडिङको शर्त छ। आपूर्ति ...
  • भारी हिमपातले जनजीवन प्रभावित भएपनि कृषकहरु खुसी ! Jan 27, 2017 Arthatantrahimpat
    कालीकोट। कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातसँगै आएको वर्षाले कृषकमा भने खुसी ल्याएको छ ...
  • सुन्तला खेतीले रोक्यो विदेश पयालन, एउटै घरले कमाउँछन् ४ लाख Jan 27, 2017 ArthatantraOrange tree 1
    पाल्पा । स्थानीय छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ। व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा ...