Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • ट्राफिक नियम उल्लघंन गर्दै हुनुहुन्छ? ख्याल गर्नुहोला ड्रोनले निगरानी … Jan 14, 2017 ArthatantraDrone
    काठमाडौ। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरेका हुन् । उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ ...
  • नुहाउने पर्व मकर सङ्क्रान्तिःके छ महत्व ? Jan 14, 2017 ArthatantraMakar Sakranti
    काठमाडौ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ ...
  • मध्यरातमा हुने यस्तो अबैध कामको नियन्त्रण गर्ने कसले ? Jan 13, 2017 Arthatantracrosser-file photo
    पर्वत। कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला दिन प्रतिदिन बढ्दै गएको छ । प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेपनि प्रशासनको नियन्त्रण गर्न सकेको छैन् । दैनिकजसो नदी गहिराएर उत्खनन गर्दा पनि नियन्त्रणका लागि प्रहरी प्रशासनले पहल नगरेको सर्वत्र गुनासो उठ्न थालेको छ । पोखरा–बागलुङ राजमार्ग र बेनी–मालढुङ्गा सडक नजिकै ...
  • उपत्यकामा थपिदै सयवटा अन्तर्राष्ट्रिय स्तरको मेट्रो बस, ६८ करोड बजेट व… Jan 13, 2017 Arthatantrabiddhutiye bus
    काठमाण्डौँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राजधानीको सार्वजनिक यातायातलाई भरपर्दो, स्तरीय र व्यवस्थित बनाउन लामा र स्तरीय ठूला बस सञ्चालनका लागि तीव्रताका साथ काम अगाडि बढाएको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डेले काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको बताए। मन्त्रालयले सय बस किन्न ...
  • सिद्धार्थ बैंकले पुनः ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने Jan 12, 2017 Arthatantrasiddartha-Bank 1
    काठमाडौ । सिद्धार्थ बैंकले फेरि ३० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजी बढाउन फेरि ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैंकले यो प्रस्ताव आगामी साधारण सभामा लैजाने भएको छ । सिद्धार्थ बैंकले फागुन ५ गते साधारण सभा बोलाएको छ । यो साधारण सभाका लागि माघ २० गते सेयरधनी ...
  • सिमेन्ट उद्योगको धुवाँ, धुलो र ध्वनि प्रदुषणपछि के भयो ?, हेर्नाेस् ! Jan 12, 2017 ArthatantraCement industry file photo
    झापा। झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई ६ महिनाभित्र व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । उत्पन्न विवाद मिलाउन नव सिर्जनशील युवा समाज दुहागढीले बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् । दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा त्यहाँबाट निस्किएको धुवाँ, धुलो र ध्वनिले आक्रान्त बनेका स्थानीयवासी आन्दोलित भएपछि युवा ...
  • आज फेरि प्रति तोला तीन सयले बढ्यो सुन Jan 12, 2017 Arthatantragold and silver
    काठमाण्डौं । आज बिहीबार फेरि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रति तोलामा ३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी संघले जनाएको छ। आज बजारमा सुन तोलाको ५४ हजार ६ सयमा कारोबार भइरहेकोछ । हिजो भने सुन प्रति तोला ५४ हजार ३ सय थियो । आज स्थानीय बजारमा चाँदीको भाउ भने स्थिर रहेकोछ । चाँदीको मूल्य आज पनि प्रतितोला ...
  • ग्यास विक्रेताको आन्दोलनले अभावसँगै उपभोक्ता चरम मारमा Jan 11, 2017 ArthatantraGas
    लुम्बिनी। ग्यास उद्योगले आफूलाई दिँदै आएको सहुलियत दर घटाएको भन्दै लुम्बिनीका ग्यास विक्रेताले आन्दोलन गरेपछि उपभोक्ता मारमा परेका छन् । विक्रेताको आन्दोलनका कारण ग्यासको अभाव भएको छ । नेपाल आयल निगमले तराई र पहाडी जिल्लाको मूल्यमा एकरुपता ल्याउने गरी मूल्य निर्धारण गरेपछि विक्रेता उद्योगले सहुलियत रकम घटाएको भन्दै विक्रेताले आन्दोलन थालेका हुन् । आयल निगमले गत पुस १९ गते राति १२ ...
  • बूढीगण्डकी जलबिद्युत्का लागि तत्काल सात अर्ब ! Jan 10, 2017 ArthatantraBudhi Gandaki Hydro
    काठमाडौ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रु छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो परिमाणको रकम वितरण गर्नुपर्ने देखिएको हो । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते निर्धारण गरेको मुआब्जाअनुसार पहिलो चरणमा तीन गाविसका चार हजार ४१ ...
  • हेटौंडा नयाँ औद्योगिक क्षेत्र, काठमाण्डौंका सबै उद्योग अब त्यहाँ सारिन… Jan 10, 2017 Arthatantraindustry_zone
    काठमाण्डौं । सरकारले हेटौंडाको मयुरधापमा निर्माण गर्न लागेको नयाँ औद्योगिक क्षेत्रमा काठमाडौंका उद्योग स्थानान्तरण गर्ने तयारी गरेको छ। काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग हेटौँडा सार्ने तयारी थालिएको हो। काठमाडौंको बालाजु, पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका औद्योगिक प्रतिष्ठान हेटौँडाको मयुरधापमा स्थानान्तरण गर्न सरकारले अध्ययन गरिरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले जानकारी दिए।  पाटन र भक्तपुरको ...