Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, माघ ३ , २०७४  |  
Wednesday, January 17, 2018
समाज
  • काठमाडौं महानगरले संचालन गर्यो हाइस्पिडको ‘काठमाडौँ मेट्रो’ एप्पस Nov 7, 2017 Arthatantraarthatantra
    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले औपचारिक रुपमा ‘काठमाडौँ मेट्रो’ एप्सको सुरुवात गरेको छ । महानरपालीकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एप्सको शुभारम्भ गर्दै प्रविधिको उचित प्रयोगमार्फत कामपाले गरेका विकास निर्माणका कार्यलाई छिटो र यथार्थ रुपमा जनतामा लैजान एप्सको भूमिका महत्वपुर्ण रहने बताए । कामपाका सेवाग्राहीले सेवा सुविधाका बारे घरमै बसेर बझ्न र महानगरको अधिकार, दायित्व र कामको गतिविधिबारे प्रष्ट ...
  • चार मन्त्री र दर्जनौं पूर्वमन्त्री हिरासतमा,सबैको नाम खुल्न बाँकी ! Nov 5, 2017 Arthatantrabanking-Jel
    भ्रष्टाचारको आरोपमा साउदी अरबमा ११ जना राजकुमार, चार मन्त्री र दर्जनौँ पूर्व मन्त्रीलाई हिरासतमा राखिएको छ । भ्रष्टाचार प्रतिबन्धको लागि गठन भएको नयाँ कमिटीले चार घण्टा पनि नबित्दै उनीहरुलाई पक्राउ गरेको बिबिसीले जनाएको छ । हिरासतमा लिइएका व्यक्तिको नाम र के का लागि पक्राउ गरिएको भन्ने खुलाइएको छैन । यस्तै साउदी राष्ट्रिय सुरक्षा र नौसेना प्रमुखलाई पनि बर्खास्त गरिएको छ । ...
  • रासायनिक मल अभाव,किसान चिन्तित Nov 3, 2017 ArthatantraRasayanik-Maal mal
    सप्तरी । सप्तरीमा गहुँ खेतीका लागि डिएपी मलको अभाव भएको छ । मलको अभावका कारण जिल्लाका किसानलाई गहुँ खेती गर्न समस्या भएको छ । कृषि सामग्री संस्थान र साल्ट टे«डिङको गोदाममा उक्त मल मौज्दात नभएपछि वितरण गर्न नसकिएको कर्मचारीले बताएका छन् । साल्ट टे«डिङ शाखा कार्यालय सप्तरीमा डिएपी मलबाहेक युरिया र पोटास मौज्दात रहेको त्यहाँका प्रमुख ब्रह्मदेव ठाकुरले बताए । “हामीकहाँ ...
  • बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा Nov 3, 2017 Arthatantradeath photo
    लहान । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बाबु र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत २०७४ साउन ३१ गते हत्या गरिएका ११ वर्षीय मा। अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुबा सिरहा नगरपालिका–४ रमौल निवासी ५० वर्षीय मो. सलाउद्दिन सेख र सेखकै छोरा बुहारी २० वर्षीया डेजी भन्ने कुल्सुम खातुनलाई ...
  • चुरोट नखाने कर्मचारीलाई ६ दिन बढी बिदा ! Nov 2, 2017 ArthatantraCigarette Smoke No smoking
    जापानको एक व्यावसायिक कम्पनीले चुरोट नखाने कर्मचारीका लागि विशेष सुविधा दिएको छ । टोकियोमा रहेको पिआला कम्पनीले चुरोट नखाने कर्मचारीलाई वार्षिक बिदामा थप ६ दिन थप्ने योजना ल्याएको समाचार संस्था एएफपीले जनाएको छ । कार्यालय समयमा चुरोट खाने कर्मचारीका कारण काममा असर परेको भन्दै चुरोट नखाने कर्मचारीलाई प्रोत्साहन गर्न तथा चुरोट नखाने बानीको विकास गर्न सुविधा दिनुपरेको कम्पनीले जनाएको हो । ...
  • आर्थिक संकटका कारण ओझेलमा ‘कात्तिक नाच’ Nov 1, 2017 Arthatantrakartick nach
    ललितपुर । परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच अहिलेसम्म जेनतेनले सञ्चालन हुँदै आएको जनगुनासो रहेको छ । आजभन्दा ३७७ वर्षअघि देखि अर्थात् नेपाल ...
  • कुन प्रदेशमा चालु आव भित्र स्वास्थ्यका ३१ नयाँ भवन बन्दै ?हेर्नुहोस् Nov 1, 2017 ArthatantraHealth-office
    बैतडी । बैतडीसहित प्रदेश नं ७ अर्थात् सुदूरपश्चिममा चालु आर्थिक वर्षमा स्वास्थ्यका ३१ वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले देशभर २५८ नयाँ भवन निर्माणका लागि स्वीकृति दिएसँगै सुदूरपश्चिममा ३१ वटा स्वास्थ्यका नयाँ भवन निर्माण हुने भएका हुन् । सुदूरपश्चिममा बन्ने ३१ वटा नयाँ भवनमध्ये १५ वटा बैतडीमा बन्ने जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ...
  • किन विद्युत् चोरी नियन्त्रण भएन ? Oct 31, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    ललितपुर । जिल्लामा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन । कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उनको भनाइ छ । च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ । नगरको भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ । चक्रपथ बाहिर हरिसिद्धि, ...
  • बैंकको १ लाख ६० हजार कित्ता सेयर आजै भर्नुहोओस् ! Oct 31, 2017 Arthatantrawriting
    काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ६० हजार ७४२.६४ कित्ता सेयर लिलामी भर्ने आज मंगलबार (कात्तिक १४ गते) अन्तिम दिन हो । बैकले हिजो सेयर लिलामी भर्ने म्याद १ दिन थप गरेको थियो । छठ पर्वको विदाका कारण लिलामी भर्ने समय १ दिन थप गरिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको हो । बैकले कात्तिक ५ गतेदेखि संस्थापक समूहको २० हजार २.४० कित्ता ...
  • ६४ करोड ५० लाखको यो आईपीओ निष्काशनबारे पढ्नुहोस् ! Oct 30, 2017 Arthatantraipo Demand
    काठमाडौ । भर्खरै मात्र सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रक्रियामा जुटेको छ । यसका लागि कम्पनीले कात्तिक १३ गते (आज) साधारण सभा बोलाएको छ । दशैं अगाडिदेखि कारोबार सुरु गरेको कम्पनीले कात्तिक १३ गतेको साधारण सभामा सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत पुँजीको आइपीओ जारी गर्ने विषेश प्रस्ताव ...