Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • सोखले रोपिएको एउटा रुख, जसले वार्षिक पचास हजार दिन्छ Jan 9, 2017 Arthatantraavocado-farm in Nepal
    कास्की  । पोखरा उपमहानगरपालिका–१७  विरौटीकी विष्णुमाया शर्माकाे घरमा एभाेकाडाेकाे एउटा रूख ९ बर्ष अघि साैखले राेपियाे । साैखका रूपमा राेपिएकाे त्यहि एभाेकाडाेकाे रूखले अहिले विष्णुमायालार्इ वर्षकाे पचास हजार रूपैँया भन्दा बढी कमाइदिएकाे छ । नौ वर्षअघि  राेपेकाे एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको थियाे । याे वर्ष आफूले खाएर अनि इष्टमित्रलाई चखाएर बाँकी रहेकाे दुई सय केजी फल बिक्री ...
  • १ बराबर १ को हकप्रद सेयर भर्ने म्याद,भर्ने स्थान थाहा पाईराख्नुहोस् ! Jan 8, 2017 ArthatantraRight Share
    काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंकले आइतबारदेखि एक सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । यो हकप्रद फागुन १ गते सम्ममात्र भर्न पाइनेछ । बैंकले १ः१ (एक कित्ता बराबर थप नयाँ एक कित्ता) अनुपातमा एक सय रूपैयाँ दरको १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । सप्तकोशीको हकप्रदमा पुस ७ गतेसम्म कायम सेयरधनीले मात्र भर्न सक्नेछन् । यो ...
  • अकोराबको अध्यक्षमा सुवास खतिवडा विजयी ! Jan 7, 2017 ArthatantraSubash Khatiwada Acorab1
    काठमाडौ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)को अध्यक्षमा सुवास खतिवडा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी किशोरसिंह थापालाई १० मतले पछि पार्दै खतिवडा विजयी भएका हुन् । खतिवडाले १ सय ४२ तथा थापाले १ सय ३२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । खतिवडा एमाले सहितका दलका तर्फबाट उम्मेद्वार बनेका थिए भने काँग्रेस र माओवादी केन्द्रबाट थापाको प्यानललाई समर्थन ...
  • काठमाण्डौंमा अझै ३ सय ६५ वटा सडक चौडा गर्न बाँकी Jan 6, 2017 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं । उपत्यका विकास प्रधिकरणले उपत्यकामा ३०० किलोमिटर सडक फराकिलो बनाएको छ । चालु आर्थिक वर्षभित्र ५०० किलोमिटर सडक विस्तार गरिसक्ने प्राधिकरणको लक्ष्य अनुसार ३०० किलोमिटर फराकिलो पारिसकिएको हो । उपत्यका विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले अहिले ८४ वटा सडकमा विस्तारको काम भैरहेको जानकारी दिँदै १६५ सडकमा मार्किङ सम्पन्न भइसकेको बताए । विस्तारको स्विकृती पाएका २०० सडक भने मार्किङ गर्न ...
  • दैनिक २० करोडको मासु खान्छन् राजधानीबासी Jan 6, 2017 Arthatantrameat
    काठमाण्डौं । राजधानीमा दैनिक २० करोडको मासु खपत हुने गरेको छ। खसीबोका, कुखुरा, बंगुर, राँगाभैँसी र माछा गरेर दैनिक करिब ६ लाख २३ हजार केजी खपत हुने गरेको छ। यसरी खपत हुने मासुको मूल्य १९ करोड ७६ लाख पर्दछ। नेपाल माछामासु व्यवसायी संघको तथ्याङ्कअनुसार उपत्यकामा सबैभन्दा धेरै कुखुराको मासु खपत हुने गर्दछ। कुखुराको मासुमा नेपाल आत्मनिर्भर रहेको संघले जनाएको छ। कुखुराबाहेक, राँगाभैँसी, ...
  • अकोराबको नयाँ नेतृत्व चयन हुँदै Jan 5, 2017 ArthatantraAcorab Agm
    काठमाडौ । सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराब)को १२औं साधारण सभा तथा छठौं अधिवेसन शुक्रबार राजधानीमा हुँदैछ । सामाजिक रुपान्त्रणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ सुरु हुने लागेको १२औं साधारणा सभा तथा छठौं अधिवेसनले सामुदायिक रेडियोको नयाँ नेतृत्व चयन गर्नेछ । अबिधेशन काठमाण्डौको त्रिपुरेश्वर स्थित वल्ड ट्रेड सेन्टरमा हुनेछ । अधिवेसनमा भाग लिन देशभरीका झण्डै ...
  • असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन Jan 5, 2017 Arthatantra-taxi
    काठमाण्डौं । आगामी असारभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिने भएको छ । नापतौल तथा गुणस्तर विभागले साउनको पहिलो साता लाग्दासम्म सबै ट्याक्सीको मिटरमा कम्प्युपराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरेको छ । अब बिलिङ सिस्टम जडान नगर्ने ट्याक्सीको मिटर नवीकरण गरिने छैन । अहिले दैनिक सरदर २० देखि २५ वटा ट्याक्सीले मात्रै मिटर नवीकरण गरिरहेका छन् । मिटरमा आधुनिक बिलिङ ...
  • स्थानीयवासीका लागि छ्याङ्दीको २ लाख ७० हजार साधारण सेयर आजबाट बजारमा Jan 4, 2017 ArthatantraHydro Power
    काठमाण्डौं । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि छ्याङ्दी हाइड्रोले दुई लाख ७० हजार कित्ता साधारण सेयर आज बुधबारदेखि निष्काशन गरेको छ । हाइड्रोले सर्वसाधारणमा सात लाख २० हजार कित्ता मध्येबाट आयोजना प्रभावितका लागि उक्त सेयर निष्काशन गरेको हो । सेयरमा आवेदन गर्न लगानीकर्ताले फलेनी गाविसमा रहेको हाइड्रोको साइट कार्यालय, ग्लोबल आईएमई बैंक, बेंशिशहर, प्यासिफिक डेभलपमेण्ट बैंक, भोटेओडार र कैलाश विकास बैंक ...
  • जेष्ठ नागरिक भत्ता सहित तेइस लाखलाई सामाजिक सुरक्षा भत्ता Jan 3, 2017 Arthatantramoney
    काठमाडौ। केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष २०७३/७४ मा २२ लाख ८९ हजार २८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जाति, अपाङ्ग भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका पाँच वर्ष नपुगेका बालबालिकालाई समेत सामाजिक भत्ता दिन लागेको हो ...
  • तयार बस्नुहोस्, पुस २७ मा आउँदैछ ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ Jan 3, 2017 Arthatantrainsurance
    काठमाण्डौं । नेपाल लाईफ ईन्स्योरेन्सले यही पुस २७ गतेबाट ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटल रहेकोछ । नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० ...