Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • एचआईभी एड्सबाट एउटै जिल्लाका १३१ को मृत्यु Dec 1, 2016 Arthatantraaids_ribbon
    कञ्चनपुर । कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एड्सको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए । “सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन् ।” उनले भने । “पछिल्लो समय सङ्क्रमण घट्दो ...
  • खुल्यो नेपाल हाइड्रो डेभलपरको दुई लाख ६० हजार कित्ता आईपिओ ! Dec 1, 2016 ArthatantraHydro Power
    काठमाडौं। नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको छ । यो सेयर दोलखाको भिमेश्वर नगरपालिका ८, ९ र ११ वडा नंम्बर तथा मागपौवा गाविस ५ र काटाकुटी गाविस ६ का वासिन्दाले भर्न पाउँछन्। मंसिर ...
  • तपाई के गर्दै ? चीन, कोरिया, बंगलादेशबाट तपाईको खेतमा खेती गर्न आउँदैछ… Nov 30, 2016 Arthatantrafarmer krishi kisan
    काठमाण्डौं। चालु आर्थिक वर्षको चार महिनामा कृषि उद्योगमा २ अर्ब २२ करोड लगानी प्रतिबद्धता आएको छ । कुल ७ उद्योग मध्ये दुर्इ ठूला र पाँच साना उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार यो उद्योगबाट ३ सय ५० जनाले रोजगारी पाउनेछन्।विभागका अनुसार तीन साना उद्योगमा कोरिया, चीन र बंगलादेशका नागरिकको एक करोड ५० लाख रुपैयाँ लगानी रहने छ। नेपालीले ...
  • जनता बैंक नेपालको ३७ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा Nov 29, 2016 Arthatantrajanata_bank_branch-surkhet
    काठमाडौ। जनता बैंक नेपाल लिमिटेडले सुर्खेतको बिरेन्द्रनगरमा ३७औं शाखा सञ्चालनमा ल्याएको छ । साथै, बैंकले उक्त स्थानमा ३०औं एटिएमपनि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मंगलबार बैंकको सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरेका हुन् । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म ३७ वटा शाखाहरु, ३० वटा एटिएम, १५ वटा शाखारहित बैंकिङ इकाइ रहेको छ । बैंकले गत ...
  • आज पनि उक्लियो सुनको भाउ, के बढ्दै जाला त अब ? Nov 28, 2016 ArthatantraGold
    काठमाण्डौं । आज सोमबार बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बृद्धि भएको छ । आइतबार समान्य उकालो लागेको सुनको मूल्य आज पनि सोही गतिमा बढेको हो । सुनको मूल्य सामान्य बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले ...
  • के तपाईको घरको नक्सा पास भएको छैन ? अब यसो गर्नुहोस् ! Nov 27, 2016 Arthatantraktm mahanagar
    काठमाण्डौं । स्वीकृत भवन निर्माण इजाजतपत्र (नक्सा)मा भएको भन्दा तला थपेर वा संरचना हेरफेर गरी निर्मित घर भवन अवैध मानिन्छन् । घरको लगत अद्यावधिक राख्न निवेदन संकलन गरी यसरी स्वीकृत नक्साभन्दा फरक संरचनामा वा बढी तला थपेका घरलाई कानुनी मान्यता दिने तयारी महानगरपालिकाले थालेको हो । ‘कतिपयले नक्सापास गर्दा दुई÷तीन तलाको स्वीकृति लिने र निर्माण गर्दा पाँच÷सात तला घर बनाउने गरेका ...
  • पाल्पाका गाउँमा अझै आयोडिनयुक्त नुनको सट्टा ढिके नुनको प्रयोग Nov 26, 2016 Arthatantrasalt
    पाल्पा । चेतना र ज्ञानको कमीले अझैपनि ग्रामीण भेगका जनता आयोडिनयुक्त नुनको सट्टा खुल्ला नुनको प्रयोगमा निर्भर छन् । जिल्लाका विकट र दुर्गम गाउँ बस्तीका जनताले अझै पनि खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताइन् । आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनी अझै अनविज्ञ छिन् । ...
  • पत्रकार बोहराको निधन Nov 25, 2016 Arthatantrakarna Bohara
    काठमाडौ। नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका निवर्तमान अध्यक्ष कर्ण बोहराको आकस्मिक निधन भएको छ । केही दिनदेखि मध्यबानेश्वरस्थित भेनस अस्पतालमा मिर्गौला रोग लागी उपचाररत आफ्नी श्रीमती ममताको कुरुवा बस्दै आएका बोहोराको ४० वर्षका उमेरमा निधन भएको अस्पतालले जनाएको छ । बझाङ, स्याँडी गाविसमा जन्मिएका बोहोरा ‘रेडियो पश्चिमाञ्चल नेपाल’का सञ्चालक, ‘न्युज २४’ पश्चिमाञ्चल ब्युरो प्रमुख एवम् प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत ...
  • निजामती कर्मचारीले अन्य क्षेत्रमा व्यवसाय गर्न नपाइने प्रवधान खारेज हु… Nov 25, 2016 ArthatantraGovernment of Nepal Logo1
    काठमाण्डौं । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार–व्यावसाय वा अन्य कार्य गर्न पूर्व स्वीकृति दिनेसम्बन्धी मापदण्ड, २०७३ जारी गर्दै सरकारी कामका अतिरिक्त व्यापार व्यावसाय गर्न छुट दिनेगरी नयाँ मापदण्ड बनाएको हो । तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई व्यापार–व्यावसाय गर्न स्वीकृति दिन नहुने भन्दै रोकेका ...
  • अब ५ वर्षमा मात्र १० प्रतिशत घर भाडा वृद्धि भन्दै… Nov 24, 2016 Arthatantrahouses_for_rent
    काठमाडौ। सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले वैज्ञानिक रुपमा घर भाडा निर्धारण गरिने बताएका छन् । घर बहाल सरोकार महासङ्घ नेपालले मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस समस्यालाई वैज्ञानिक ढङ्गबाट समाधान गर्न मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको र छिट्टै स्पष्ट नीति निर्माण गरिने बताए । महासङ्घले बुझाएको ध्यानाकर्षण पत्रमा घर बहाल ऐन तथा लगानीकर्ता सुरक्षा ऐन जारी गरिनुपर्ने, बहालमा लगाउने घरधनीले ...