Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • दुर्घटनामा १८ जना घाइते Nov 16, 2016 Arthatantra
    नवलपरासी। पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा मङ्गलबार भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन् । ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । सबै घाइतेको अवस्था सामान्य छ । घाइतेको चितवन भरतपुरस्थित सिएमसि मेडिकल कलेजमा ...
  • लोडसेडिङ मुक्त हुन प्राधिकरणले गर्यो जनतालाई आग्रह, यी काम गर्न नपाइने… Nov 16, 2016 ArthatantraNEA 1
    काठमाण्डौँ । बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको ुपिक आवरुमा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको हो । तिहार यता लोडसेडिङ मुक्त रहेको राजधानीलाई सधैं यस्तै बनाउनका लागि प्राधिकरणले यस्तो आग्रह गरेको हो । लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि ...
  • परिसंघले भन्यो, भारतीय ५ सय र हजारका नोट साट्न कुटनीतिक पहल हुनुपर्छ Nov 15, 2016 Arthatantraindian-rupee-transfer
    काठमाण्डौं। नेपाल उद्योग परिसंघले नेपालीसँग रहेको पाँच सय र हजारका भारतीय नोट सटहीको लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । परिसंघले नेपालको बैकिङ प्रणाली,व्यापारिक समुदाय, उद्योगी र सर्वसाधरणसँग रहेको भारु साट्न भारत सरकारसँग समन्वय गर्न आग्रह गरेको हो । परिसंघले भारतीय नोट प्रतिवन्धपछि अन्यौंल सिर्जना भएको बताउँदै जनतालार्इ समयमै सूसुचित गर्न सरकारलार्इ आग्रह गरेको छ। परिसंघले कुल वैदेशिक व्यापारको करिब ...
  • २८ हजारले बढ्यो सांसद्को भत्ता, हेर्नुस् कति पाउँछन् एक महिनामा ! Nov 15, 2016 Arthatantrashare rich
    काठमाण्डौं । व्यवस्थापिका संसदले हिजो सोमबार सांसदहरुको सेवा सुविधा सम्बन्धि विधेयक सर्वसम्मतले स्वीकृत गरेको छ । प्रस्तावित विधेयक पारित भएसँगै उनीहरुको पारिश्रमिक ७० हजार ५ सय ७८ बाट बढेर ९८ हजार २ हजार ३० रुपैयाँ पुग्नेछ । संघीय संसद्का सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ। त्यस्तै ...
  • रौतहटमा गोली चल्यो एकको मृत्यु Nov 14, 2016 Arthatantragunfire_
    रौतहट। रौतहटको देवाही गाविसमा सोमबार बिहान हतियारधारी समूह र प्रहरीबीच भिडन्त हुँदा एक हतियारधारीको मृत्यु भएको छ । हतियारधारीको गोली लागी एक प्रहरी जवानसमेत गम्भीर घाइते भएका छन् । देवाही गाविस–८ स्थित लालबकैया नदी नजिक रहेको तटबन्ध हुँदै ठूलो मात्रामा हतियार भित्र्याइन लागेको सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली ...
  • बजारमा आइपुग्यो आइफोन–सेभेन, मूल्य ९१ हजारदेखि १ लाख ३५ हजासम्म ! Nov 14, 2016 Arthatantraiphone 7
    काठमाण्डौं । नेपालमा बहुप्रतिक्षित एप्पल आइफोन– सेभेनको बिक्री सुरु भएको छ । एप्पलको नेपालको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोन–सेभेनको नेपालमा बिक्री सुरु गरेको हो । कम्पनीले हिजो आइतबारदेखि आइफोन–सेभेनको बुकिङ खुला गरिसकेको र आउँदो शुक्रबार काठमाडौंको बजारमा सार्वजनिक गर्ने जानकारी दिएको छ । कम्पनीले आइफोन–सेभेनको मूल्य न्यूनतम ९१ हजारदेखि १ लाख ३६ हजार रुपैयाँसम्म तोकेको छ । कम्पनीले ३२ ...
  • सुदूरमा नुनको अभाव र मूल्यवृद्धि भएको भन्ने खबर निराधारः साल्टट्रेडिङ … Nov 13, 2016 Arthatantrasalt
    धनगढी। सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको जानकारी दिएका छन् । सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत ...
  • खुसीको खबर, अब घरजग्गाको नक्सापासदेखि सबै काम अनलाइनबाटै Nov 12, 2016 Arthatantraonline work
    काठमाडौ। पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने भएको छ । वडा नं  ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए । उनका अनुसार झन्डै एक महिनाको परीक्षणपछि अन्य सबै वडामा विद्युतीय प्रविधि जडान गर्ने तयारी हुँदैछ । कामपाका ...
  • सुन जोड्ने हैन त ? आज पनि ४ सयले घट्यो सुन ! Nov 11, 2016 Arthatantragold-
    काठमाण्डौं । बजारमा सुनको मूल्य आज पनि घट्ने क्रम जारी छ । हिजो प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको सुन आज पुनः ४ सय रुपैयाँले घटेको छ । आज शुक्रबार सुन प्रति तोला ५६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तर, आज चाँदीको मूल्य भने बढेको छ । बजारमा आज चाँदी प्रतितोला १० ...
  • मकालु एयरको विमान सिमिकोटमा दुर्घटना Nov 11, 2016 Arthatantramakalu air crash
    काठमाडौं । मकालु एयरको विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । विमानको पाङग्रा पञ्चर भएर दुर्घटना भएको बताइएको छ । सुर्खेतबाट समान लिएर हुम्ला गएको ९ एन एजेजी कल साइनको विमान अवरतणका क्रममा बिहान ८ बजे दुर्घटनामा परेको हो । दुर्घटनाबाट विमानमा सामान्य क्षति पुगेको छ । अन्य कुनै क्षति भएको छैन । सामान बोकेर गएको ...