Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • छठ पर्वको रौनकता गौरीघाट गुह्वेश्वरीः फोटोकथा Nov 6, 2016 Arthatantrachhat
    काठमाडौं । छठका लागि देशैभरका नदी, पोखरी र तलाउ किनारा छठीमाई र सूर्य भगवानको पुजाआराधनाका लागि सजाइएको छ । यस्तै क्रममा साँझको बेला हामी काठमाडौको गौरीघाट गुह्वेश्वरी पुग्दा यस्तो देखियो । हेर्नुहोस् केहि दृष्यहरुः प्रकाशित मितिः २०७३ कार्तिक २१
  • माछापुच्छ्रेको सेयर छ ? दिँदैछ २०.७५ प्रतिशत बोनश तथा १.०९ प्रतिशत नगद… Nov 6, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई २०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले गतबर्षको खुद मुनाफाबाट २०.७५ प्रतिशत बोनश तथा कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ । ...
  • वरिष्ठ आर्थिक पत्रकार न्यौपानेको निधन Nov 5, 2016 Arthatantrasanjay neupane
    काठमाडौं । वरिष्ठ पत्रकार सञ्जय न्यौपानेको उपचारको क्रममा शनिवार ललिपुरमा निधन भएको छ । कारोबार दैनिकका पूर्व सम्पादक ४४ वर्षीय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए । उनी २०७० असारदेखि २०७२ चैतसम्म कारोवार दैनिकमा सम्पादक थिए । त्यस अघि कान्तिपुर दैनिकमा प्रमुख संवादाता थिए । स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् । पारिवारिक स्रोतका अनुसार न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक ...
  • दाङमा मध्यपश्चिम क्षेत्रिय महोत्सव हुँदै Nov 5, 2016 ArthatantraDang mahotsab
    दाङ । दाङमा मध्येपश्चिम क्षेत्रिय व्यापारीक तथा पर्यटन एवम् औद्योगीक कृषी मेला आयोजना हुने भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १३ गते देखी २३ गते सम्म क्षेत्रिय स्तरको व्यापारीक मेला संचालन हुने भएको हो । पश्चिम दाङको विकासमा महत्वपुर्ण भुमीका निर्वाह गर्दै आइरहेको तुलसीप्ुार उद्योग वाणिज्य संघले मध्यपश्चिमाञ्चल क्षेत्रको उधोग, ब्यापार, पर्यटन, सुचना प्रविधि, कृषि, संस्कृतिको विकास ...
  • कपास उद्योगमा आगलागी हुँदा लाखौंको क्षति Nov 5, 2016 Arthatantrafire
    कलैया। कलैया–६ स्थित एक कपास उद्योगमा विद्युत् चुहावट भएर आगलागी भएको छ । आगलागीबाट करिब रु २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए । कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ । यसैगरी बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु ...
  • मीरा राई एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा ! Nov 4, 2016 ArthatantraMira-Rai
    काठमाण्डौ । नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् । १२औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको छ । विश्वभरबाट आउने भोटको आधारमा विजेता घोषणा गरिनेछ । माओवादी सेनाकी पूर्व लडाकु भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय ...
  • अदुवाले मूल्य नपाएपछि किसान चिन्तित ! Nov 3, 2016 ArthatantraGinger
    पाल्पा। पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दसैं तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ । विशेषगरी दसैं तिहारका बेला अदुवाको राम्रो मूल्य ...
  • आकाशियो सुनको भाउ, चाँदीको पनि बढ्यो ! Nov 3, 2016 Arthatantragold price share
    काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । आज सुनको भाउ ४ सय रुपैयाँले बढ्न पुगेकोछ । आज सुन तोलाको ५७ हजार ७ सय पुगेको हो । हिजो बुधवार बजारमा सुन तोलाको ५७ हजार ३ सयमा कारोवार भएको थियो । त्यस्तै हिजो  तोलाको ८ सय ३५ मा कारोबार भइरहेको चाँदीको पनि आज मूल्य बढ्न पुगेको छ । ...
  • सुर्खेत देउली प्रहरी चौकीमा आक्रमण ! Nov 2, 2016 Arthatantrapolice station
    काठमाडौ । सुर्खेतमा प्रहरी चौकी माथि आक्रमण गरीएको र त्यहाँबाट लुटिएकामध्ये अधिकांश हतियार फेला परेको प्रहरीले जनाएको छ । सुर्खेतको आग्री गाविसमा रहेको देउली प्रहरी चौकीमा आक्रमण गरि लुटिएका दुई नाल थ्री नट थ्री राइफल, त्यसमा लाग्ने दुई सय राउन्ड गोली, एकथान चाइनिज पेस्तोल र गोली तथा हतकडी स्थानीय बासिन्दाको घरबाट भेटिएको प्रहरीले जनाएको छ । र अरु ५० राउन्ड ...
  • खेल्दा जुवातास,सत्ताइस जुवाडेको हिरासतमा बास ! Nov 2, 2016 Arthatantraprison
    चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले तिहारको अवधिमा जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरी जुवाको खालबाट रु आठ लाख ६५ हजार ९७० बरामद गरेको छ । भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जबाट गएराति ११ जना व्यक्ति र उनीहरुको जुवा खालबाट रु पाँच लाख ३१ हजार ८२५ बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार राति भरतपुर उपमहानगरपालिका– १२ मुनालचोकबाट १६ ...