Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • कुन सेयर किन्ने अलमलमा हुनुहुन्छ ? २५% लाभाँश पाईने सेयर किन्ने भए भोल… Oct 11, 2017 Arthatantrashare market profit
    काठमाडौ । चिलिमे हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको पछिल्लो ३३७ औं सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश दिने प्रस्ताव अब हुने २१ औं वार्षिक साधारण सभामा पेस गरिने बताईएको छ । १५ प्रतिशत बोनस वितरणपछि चिलिमेको चुक्तापुँजी तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले कार्तिक २४ गते २१औं वार्षिक ...
  • नेप्सेमा ३९ लाख कित्ता सेयर सूचिकृत Oct 10, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा मंगलबार ३९ लाख कित्ता सेयर सूचिकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो । प्रकाशित मितिः २०७४ असोज २४
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्ष ढिलो हुने Oct 10, 2017 Arthatantragautam buddha airport
    काठमाडौ । अबको आठ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो । ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी ...
  • निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या ! Oct 9, 2017 Arthatantrasaradkumar gauchan
    काठमाडौ । काठमाडौको नयाँ बानेश्वरको खरीबोटस्थित प्रयाग चोकमा गोली लागेर घाइते भएका व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भएको हो । अस्पतालका अनुसार गौचनलाई अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ। मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली ...
  • विद्यालयका बस चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने Oct 9, 2017 Arthatantrabus
    काठमाडौ । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र ...
  • दाउराले हानेर छोराद्वारा आमाको क्रुरता पुर्वक हत्या Oct 8, 2017 ArthatantraMurder weapon
    दोलखा भीमेश्वर नगरपालिका–८ का कुमार बस्नेतले आमालाई दाउराले टाउकोमा प्रहार गरीे आज हत्या गरेका छन् । बारीमा घाँस काटिरहेको अवस्थामा आमा खड्गमाया बस्नेतलाई ३५ वर्षीय कुमारले दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । खड्गमायाको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले कुमारलाई पक्राउ गरी अनुसन्धान थालेको छ । २२ असोज २०७४
  • चिया किसानले पाएनन् सहुलियत ऋण Oct 8, 2017 Arthatantratea garden
    बिर्तामोड । अन्य कृषि बालीका लागि सरकारले सहुलियत ब्याजदरको ऋण उपलब्ध गराउने गरेको भए पनि चियाबालीका लागि सुविधा दिएको छैन । चिया क्षेत्रमा संलग्न हजारौं किसान उक्त सहुलियत ऋणबाट बञ्चित भएका छन् । अन्य बालीका लागि सहुलियत ऋण उपलब्ध भए पनि चियाबालीका लागि उक्त सुविधा नभएकाले सरकारले भेदभाव गरेको चिया किसान तथा उद्योगीले बताएका छन् । धान, गहुँलगायत कृषि बालीमा सरकारले ...
  • नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाए Oct 7, 2017 Arthatantraindain settel in nepal
    मोरङ । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ र पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् । जनवरीमा नेपाल नेपाल – भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भ भन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् । आजको अन्नपूर्ण पोस्टमा ...
  • सामुदायिक विद्यालयका लागि समुदायबाटै रु एक करोड संकलन Oct 6, 2017 ArthatantraSchool-
    म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले रु एक करोड जुटाएका छन् । मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियानमार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा समुदायबाट रु एक करोड जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए । २०७३ ...
  • अलैँची र चियाको समस्या सुल्झाउन सार्वजनिक निजी साझेदारी सञ्जाल गठन Oct 5, 2017 Arthatantracn}FrL v]tL
vf]6fªsf] afFem]Rofg8fF8fdf cn}FrL l6Kb} s[ifs . ef/tLo gfsfaGbLn] lhNnfdf pTkflbt cn}FrL laqmL ePsf] 5}g . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;
    तेह्रथुम। तेह्रथुमको विभिन्न क्षेत्रमा उत्पादन हुने अलैँची र चियासँग सम्बन्धित समस्या समाधानका लागि सञ्जाल गठन भएको छ। अलैँची र चियाका समस्या बहस तथा पैरवी गरी समाधान गर्न सार्वजनिक निजी साझेदारी सञ्जाल गठन भएको हो। अलैँची र चियासँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, किसान, व्यवसायी र सञ्चारकर्मीसमेत सम्मिलित सञ्जालले श्रमिकका अधिकार, बाल श्रमिक, पारिश्रमिक, वातावरणीय प्रभाव र सामाजिक उत्तरदायित्व जस्ता विषयमा पैरवी ...