Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • पटका पड्काउँदा आगलागी,लाखौंको क्षति Nov 2, 2016 Arthatantraaaglagi_
    सप्तरी। सप्तरीको छुट्टाछुट्टै ठाउँमा मङ्गलबार आगलागी हुँदा रु पाँच लाख मुल्य बरावरको क्षति भएको छ । जिल्लाको विषहरिया–७ मा पटाका पड्काउने क्रममा आगलागी हुँदा स्थानीयवासी हरिनारायण यादवको दुईवटा घर जलेर नष्ट भएको छ । यस्तै सप्तरीको पोर्ताहा–४ का असर्फी लोहटिया यादवको गाईगोठमा बालेको घुरबाट अचानक आगलागी हुँदा निजको गाईगोठ र पूजा घर पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । त्यस्तै ...
  • लक्ष्मीपूजामा ध्यान नपुर्याउँदा धनको सत्यानास ! Nov 1, 2016 Arthatantrafire
    उदयपुर। तिहारको लक्ष्मी पूजाको राति लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले उदयपुर जिल्लाको रामपुर ठोक्सिला र लिम्पाटारमा रु ३० लाख बराबरको क्षति भएको छ । आगलागीका कारण रामपुर ठोक्सिलास्थित प्रेमबहादुर राईको घरमा करिब रु १० लाख बराबरको क्षति भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । आगालागीबाट राईको घरको लत्ताकपडा र सबै अन्नपात र काठको घर जलेर नष्ट भएको पनि स्थानीय ...
  • इटहरीमा गोली चल्यो, दुई घाइते ! Nov 1, 2016 Arthatantragunfire_
    इटहरी। इटहरी उपमहानगरपालिका–२४ तरहरा चोकमा रहेको भोजपुरे होटलमा आज बिहान ४ बजेतिर एक युवकले गोली चलाउँदा दुई जना घाइते भएका छन् । हिजो होटलमा बस्न आएका सङ्खुवासभाको खाँदबारी निवासी रविन्द्र थापाले चलाएको गोली लागी होटल सञ्चालक गङ्गामान राई र सोही होटलमा एक महिनादेखि बस्दै आएका धनकुटा निवासी तोर्ण पौडेल घाइते भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् । घाइते दुवैको ...
  • आज भाईटिका,११ बजेर ५२ मिनेटको समय सबैभन्दा उत्तम Oct 31, 2016 Arthatantrabhai-tika
    काठमाडौ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन भाइटीकाको साईत ११ बजेर ५२ मिनेटलाई उत्तम मानिएको छ । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५२ मिनेटको समय उत्तम छ,– नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले भने । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै ...
  • तिहारको चौथो दिन आज आज गोबर्द्धन तथा म्हः पूजा Oct 31, 2016 Arthatantragobardan-puja.
    काठमाडौ। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको ...
  • ए सरकार ! तिहारमा देउसी खेल्ने कि जनताले चामल पोको पार्दै हिंड्ने ? Oct 30, 2016 ArthatantraRice
    डोल्पा । तिहारमा सम्पन्न शहरतिर देउसी भैलो खेलेर चामल संकलन भईरहँदा डोल्पालीले भने सहुलियतको चामल नपाउँदा चिन्तामा तिहार कटाउनु परेको छ । खाद्य संस्थानले तिहारका लागि पनि चामल उपलब्ध नगराएपछि डोल्पालीलाई खाद्यान्नको चटारोले चिन्तित बनाएको हो । उनीहरुले दसैँदेखि नै सहुलियतको चामल पाएका छैनन् । खाद्य संस्थान शाखा कार्यालयले ठेकेदारको लापरबाहीका कारण ढुवानीमा ढिलाई भएको बताउँदै चामल उपलब्ध नगराएपछि डोल्पाली महँगो मूल्य ...
  • स्याउले मालामाल बन्दै मुस्ताङ, २३ करोडको निकासी भयो ! Oct 30, 2016 Arthatantraapple mustang
    मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपैयाँको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै आठ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए। “गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो ...
  • तिहारको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै Oct 30, 2016 Arthatantralaxmi Puja Tihar Nepal
    काठमाण्डौंं । यमपञ्चकको तेस्रो दिन आज साँझ देशैभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ । लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने ...
  • जसका लागि कुकुर नै छोराछोरी ! हेर्नुहोस भिडियो Oct 29, 2016 ArthatantraIMG_0006
    काठमाडौँ । सिर्जना ठकुरी ३ सय ६५ दिन नै कुकुर तिहार मनाउँछिन् । सानैदेखि कुकुर पाल्ने शोख बोकेकी उनले भिमसेनगोलास्थीत एक घरमा अहिले २० वटा कुकुर पालेकी छिन् । एउटा सिङ्गो घरमा नै उनले कुकुर पालेकी छिन् । कुनै घाइते छन् त कुनै अपाङ्ग छन् । सडकमा बेवारीसे रहेका कुकुरहरुलाई उनले साथ दिँदै आएकी छिन् । सडकमा दुख पाएर बसेको ...
  • भारतीयलाई छिर्न नदिने गरि नेपालले झापामा लगायो सौर्य तारबार ! Oct 29, 2016 ArthatantraSolar wire
    झापा। भारतबाट आउने जङ्गली हात्तीको प्रवेश रोक्न उत्तरी झापामा १८ किलोमिटर लामो सौर्य विद्युतीय तारबार लगाइएको छ । उक्त सौर्य तारबारको वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा रु एक करोड २० लाखको लागतमा बाहुनडाँगी गाविसको पूर्वी भागमा मेची नदी नजिक सौर्य विद्युतीय तारबार निर्माण गरिएको हो । विसं २०७१ माघ २३ गते तत्कालीन वन तथा ...