Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • जुलुसै गएसरि विपीको घरमा टिका लगाईन्थ्यो Oct 11, 2016 Arthatantrabharatmohan adhikari
      हरिशरण न्यौपाने । म सबैभन्दा कान्छो दशैंमा टिका लगाउँदा सबैभन्दा पुछारमा परिन्थ्यो म ८० वर्ष पुगें । ६० वर्षको विगत मैले अलि–अलि भन्न सक्छु । मेरो बुबाको सन्तानमा म सबैभन्दा कान्छो हुँ । बुबा र दुई आमाहरु हुनुहुन्थ्यो । हामी ८ दाजुभाई दुई दिदीहरु हुनुहुन्थ्यो । म सबैभन्दा कान्छो भएकाले दशैंमा टिका लगाउँदा सबैभन्दा पुछारमा परिन्थ्यो । हेरेको हेर्यै गर्नुपर्दथ्यो । सबै जम्मा ...
  • दसैंको खानपान : मासु र मसालेदार खान खाँदा ध्यान दिने कि ? Oct 9, 2016 Arthatantrameet
    दसैँमा मासुसहित चिल्लो र मसलेदार परिकार धेरैको भान्सामा बन्ने गर्छ । अरू वेला काम र कसरत गर्ने व्यक्ति दसैँमा अल्छी भएर घरमै बस्ने गर्छन् । असरदार खाना, त्यसमा पनि व्यायामको कमीले स्वास्थ्यमा हानि निम्त्याउन सक्छ ।  ग्रान्डी इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठले दसैँमा कस्तो आहार गर्ने भन्नेबारे सुझाब दिएका छन्ः रातोभन्दा सेतो मासु राम्रो : दसैँमा धेरैका घरमा रातो ...
  • बाबुबाट टिका जमारा लगाउने बेला छाेराले गरे हत्या Oct 9, 2016 Arthatantracrime
    चितवन, असोज २३ भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् । साँझ ७ः४५ बजे बाबु छोराबीच झगडा हुँदा छोरको खुकुरी प्रहारबाट बाबु वसन्तप्रसादको बायाँ कानको तल्लो भागमा चोट लागेकाले चितवन मेडिकल कलेजमा उपचारका गराउने क्रममा उनको मृत्यु भएको ...
  • पैसा जोगाउनुहोस्, बैंकले पनि ल्यायो ७५ लाख ५५ हजार एक सय ९३ कित्ता से… Oct 7, 2016 Arthatantrashare
    काठमाण्डौं ।  सिद्धार्थ बैंकले २५ प्रतिशत पुँजी बढाउनका लागि ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निस्कासन गरेकोछ । सिद्धार्थमा चार कित्ता हुनेले एक कित्ता सेयर आवेदन गर्न पाउनेछन्। यो सेयर कात्तिक ११ बिक्री खुला गरि मंसिर १५ गते बन्द गर्ने निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। यो हकप्रद सेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पुँजी तीन ...
  • धादिङ केवलपुरमा भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी तालिम Oct 5, 2016 Arthatantrareconstroction
    धादिङ । भूकम्पप्रभावित जिल्ला धादिङको केबलपुर गाविसमा भूकम्प प्रतिरोधी घर निर्माणसम्बन्धी १ दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ । अमेरिकी दुतावास युवा परिषद्को आयोजना र अमेरिकी दुतावासको सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । इन्जिनियर प्रज्ञान भट्टराइ र इन्जिनियर सरोज आचार्यले भूकम्पप्रतिरोधी घर निर्माण सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिममा सहभागी गाविस सचिव कैलाश रेग्मिले पुननिर्माणका क्रममा आयोजना गरिएको यस किसिमको तालिम ...
  • ठगिनु भो, ०१-४२६२४३०/४२४००१६ मा फोन गर्नुस्, विशेष टोलीले तत्काल कारवा… Oct 5, 2016 Arthatantratelephone
    काठमाण्डौं । चाडबाडको मौका पारेर उपत्यका भित्र कुनै पनि ठाउँमा उपभोग्य वस्तुमा मिसावट गरिएको थाहा पाए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको फोन नम्वर ४२६२४३० र ४२४००१६मा जानकारी दिन विभागले आग्रह गरेको छ। दशैं विदामा पनि कार्यालय खुला राखेर कडाइका साथ अनुगमन गर्ने र फोन मार्फत् गुनासो आएमा विशेष टोलीले तत्काल सो स्थानमा गई कारवाही प्रक्रिया अगाडि बढाउने विभागले जानकारी दिएकोछ ...
  • नयाँ गाडी थपिदा उपत्यकामा जाम Oct 4, 2016 Arthatantrabus jam
    काठमाडौं। दशैं सुरु भएसँगै सवारीसाधनको चाप बढ्दा राजधानीमा जामको सकस बढेको छ । मुख्य चोक मात्र नभई चक्रपथ खण्डमा समेत जाम हुन थालेको छ । सामान्य अवस्थामै उपत्यकामा जामको समस्या हुने गथ्र्यो । पछिल्लो समय ३० प्रतिशत गाडी थपिएपछि समस्या झन् बढेको छ । ‘दसैंका लागि बुक भएका पाँच हजार गाडी थपिएका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, ...
  • मन्दिर छोएको भन्दै दण्डजरिवाना गराउनेलाई मुद्दा चलाउन माग Oct 3, 2016 Arthatantradalit ko news
    काठमाण्डौं । बझाङ् जिल्लाको  रिलु गाविस ८ द्धारीमा लागेको हरेलो मेलामा स्थानिय लाल बहादुर आग्रीले मन्दिर छुवाछुत गरेको भन्दै स्थानियबासीले दण्ड जरिवान गराएको घट्नालाई लिएर विभिन्न संघसंसथाहरुले स्थलगत् निरीक्षण गरेर रिपोर्ट सार्वजनिक गरेका छन् । रिलु गाविस घरभएका र आग्री भक्तजनहरुका लागी प्रसाद पकाउने ठाँउ र कालीका देवीको मन्दिरमा प्रवेश गरेपछि स्थानियले उनिवाट एक आना सुन सहित २ हजार नगद दण्ड ...
  • दशैं मान्न सर्वसाधारण गाउँतिर नेताहरु विदेशतिर Oct 3, 2016 Arthatantraneta
    काठमाण्डौं । सर्वसाधारण दशैं मान्न गाउँ गइरहदाँ मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन्। केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन्। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारूढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश र्फकने कार्यक्रम ...
  • दसैँको उपहार लिएमा लिने/दिने दुबैलाई कारबाही ! Oct 2, 2016 ArthatantraWoman holding gift box, cropped
    काठमाण्डौं । दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला। विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको छ । यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई ...