Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • कैदी बन्दीको दसैं खर्च तीन सय रूपैयाँ Oct 1, 2016 Arthatantra
    काठमाण्डौं । नेपालीको महान पर्व बडादसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ। सर्वसाधारण क्षमताअनुसारको किनमेलमा व्यस्त छन्। परिवारसँगै मिठो मसिनो खाएर दसैं मनाउने तयारीमा छन्। तर जिल्ला कारागार सिन्धुलीका कैदी बन्दी भने कसैले दया देखाए दसैं मान्ने आसमा छन्। दसैं मान्न सरकारले दिएको प्रतिकैदी तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भएपछि उनीहरू कसैले सहयोग गरे मिठो खाने र ...
  • दशैंको नवरात्री सुरु, आज पहिलो दिन घटस्थापना घरघरमा जमरा राखिँदै ! Oct 1, 2016 Arthatantradashain chadbad
    काठमाण्डौं । आजदेखि हिन्दु धर्मावलम्बी नेपालीहरुको महान पर्व बडा दशैं सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना गरिँदैछ । घटस्थापनासँगै आज घरघरमा जमरा राखिन्छ । प्रत्त्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने १० दिने दशैं आजदेखि सुरु भएको हो । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस ...
  • दशैंमा मासु खाँदा ख्याल गर्नुहोस्, नत्र बिरामी परिएला ! Sep 30, 2016 Arthatantrameet
    काठमाण्डौं । दशैंको रौनक घरसम्म आइपुगेको छ । दशैंका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको पनि उत्तिकै महत्व छ । दशैं भन्नेबित्तिकै मासुको कुरा पनि आइहाल्छ । दशैंमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । तर दशैंमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी ...
  • भूकम्पपीडितलाई खुशीको खबर, सिटिजन्सले बैंक खातामा जम्मा गरिदियो रकम ! Sep 30, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले भुकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि सरकारले जिम्मा दिएको १८ करोड ४५ लाख ५० हजार रुपैयाँ लाभग्राहीको खातामा जम्मा गरिसकेको छ । बैंकले आज शुक्रवार विज्ञप्ति जारी गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग भएको सम्झौता अनुसार प्राधिकरणले तोकेको लाभग्राहीको खाता खोली जिल्ला विकास समितिले पठाएको रकम सम्बन्धित खातामा जम्मा गरिदिएको जनाएको छ । बैंकले ४४७२ जनाको खाता ...
  • कार्यकर्तालाई बाँडियो ५० हजारदेखि ५ लाखसम्म पैसा Sep 30, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । सरकारले राज्यको ढुकुटीबाट आफू निकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ। असोज  २ गते  बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा सत्तारूढ कांग्रेस–माओवादी निकट ४४ कार्यकर्तालाई ५० हजार रूपैयाँदेखि ५ लाख रूपैयाँसम्म बाँडिएको हो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार त्यस दिन आर्थिक साहयताका नाउँमा एक करोड रूपैयाँ भन्दा बढी रकम बाडिएको थियो। यसअघि पूर्वराष्ट्रपति रामवरण यादवको उपचारका लागि ६० लाख रूपैयाँ उपचार ...
  • ‘मनकामना मन्दिर पुनःनिर्माणमा बजेट अभाव हुुनुहुन्नः राष्ट्रपति भण्डारी Sep 29, 2016 ArthatantraPresident Bidhya Devi Bhandari manakamana
    गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना मन्दिरको पुनःनिर्माणमा बजेट अभाव हुन नहुने बताएकी छन् । मनकामना मन्दिरमा बिहिबार पूजाअर्चना गर्दै उनले भूकम्पले भत्काएका ऐतिहासिक, धार्मिक महत्व बोकेका संरचना र भूकम्पपीडित जनताका घर पुनःनिर्माण गर्ने काम प्राथमिकताको साथ अघि बढ्नुपर्ने बताइन् । भूकम्पले क्षति पु¥याएपछि मनकामना मन्दिर पुनःनिर्माणका क्रममा छ । अहिलेसम्म मन्दिरको एक तलाको पुनःनिर्माण सकिएको छ । मन्दिर जीर्णोद्धार गर्न ...
  • पिउने पानीमा देखिएको फोहोरको विरोध गर्दा प्रहरी खोरमा ! Sep 29, 2016 Arthatantrapidit ko news
    काठमाडौ । अक्वा निर्मल क्वालिटि ड्रिंकिङ् वाटरमा देखिएको फोहोरको विरोध गर्दा आफूलाई प्रहरी खोरमा थुनिएको पीडित शंकर रोका बादलले आरोप लगाएका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत उनले भने, ‘मैले खानेपानीका लागि शिल नखोलेको जार किन्दा शिलप्याक अवस्थामै फोहोरको डल्ला भेटेर कम्प्लेन गर्दा पानी कम्पनीका मालिकहरुले दुव्र्यवहार गरे ।’ रोकाका अनुसार उक्त घट्ना भदौ ६ गतेको हो । उनका अनुसार सुरुमा यसबारेमा ...
  • राजधानीबाट दैनिक ८० हजार यात्रु बाहिरिन थाले Sep 29, 2016 Arthatantra
    काठमाण्डौं ।  दशैं सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन्। महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले मङ्गलबार मात्र ७२ हजार २१४ जना बाहिरिएको बताए। उनले भने “अरु समयमा ६० देखि ६५ हजारको हाराहारीमा बाहिरिने गरेकामा केही दिनदेखि बढेको छ ।” घर जाने यात्रु नठगिउन् ...
  • छतमा यात्रु राख्न नपाएपछि अग्रिम टिकट बुकिङ बन्द, के होला अब ? Sep 28, 2016 Arthatantra
    काठमाण्डौं ।  सरकारले छतमा यात्रु नराख्न निर्देशन दिएपछि नाफा नहुने भन्दै बस व्यवसायीले दशैंका लागि अग्रिम बुकिङ खुलाएको तीन दिनमै टिकट काट्न बन्द गरेका हुन् । अहिले गोंगबुको नयाँ बसपार्कमा पश्चिम रुटका सबै काउण्टरमा बुकिङ बन्द छ । सरकारले सिट भन्दा बढी  यात्रु राख्न नदिएपछि व्यवसायीहरुले बुकिङ बन्द गरेका हुन् । सरकारले भएका गाडीमा सिटको एक चौथाई बढी यात्रु मुडा अथवा ...
  • झुक्किनुहोला है, आजबाट बजारमा आयो नयाँ ५० को नोट ! Sep 27, 2016 ArthatantraNew note of NRS  50
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजदेखि रु ५० दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोटमा गभर्नरका रुपमा डाक्टर चिरञ्जीवी नेपालले हस्ताक्षर रहेकोछ भने पुरानो नोटमा भएको चित्रको ठाउँमा नयाँ चित्र आएकोछ । पुरानो नोटमा हिमालतिर भेटिने भनिएको हिमाली भेडा अर्थात् थारको तस्बिर थियो। थार प्रमाणित जनवार होइन।  थार छ भनिएको छ तर त्यो छ कि छैन कसैलाई थाहा छैन, ...