Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • वार्षिक ४० करोड लुट्छन् पूर्वकर्मचारी Sep 27, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । विभिन्न आयोजनामा परामर्शदाताका रुपमा कार्यरत सरकारका पूर्वकर्मचारीले ‘कानुनी अस्पष्ता’ को फाइदा उठाउँदै राज्यकोषबाट दोहोरो सुविधा लिइरहेको खुलेको छ । कानुनी व्यवस्था स्पष्ट नभएको मौकामा मुलुकभर कार्यरत हजारभन्दा बढी यस्ता परामर्शदाताले पेन्सन र तलब दुवै लिँदा बर्सेनि राज्यको करिब ४० करोड रुपैयाँ खेर गइरहेको छ । मासिक पेन्सन ३० हजार र दसैंभत्तासमेत जोड्दा उच्च पदबाट निवृत्त एक जना कर्मचारीले राज्यकोषबाट औसतमा ...
  • १६२ यात्रु बोकेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुवाँ आएपछि… Sep 26, 2016 ArthatantraNepal airlinse
    काठमाडौ । नयाँ दिल्लीबाट काठमाडौं उडान भरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा उडान भर्दैगर्दा धुवाँ देखिएको थियो । लगतै चालकदलले ३ः२९ मा काठमाडौं ...
  • गत वर्षको तुलनामा राजस्व संकलन २९ प्रतिशतले वृद्धि ! Sep 25, 2016 ArthatantraVAT
    काठमाण्डौं । चालु आर्थिक बर्षको भदौ मसान्तसम्म राजश्व संकलन २९ प्रतिशतले बढेको छ । यो गत बर्षको भदौसँग तुलना गरिएको हो । भदौसम्मको राजश्व संकलन लक्ष्य २८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ रहेकोमा २८ अर्ब ९३ करोड ६ लाख रुपैयाँ राजश्व उठेको हो । लक्ष्यभन्दा १७ करोड ४० लाख रुपैयाँ वढि राजश्व उठेको हो । कुल राजश्वमध्ये आयकरतर्फ १२ अर्ब ...
  • ‘हेलो सरकार’मा पाँच वर्षमा ५० हजार गुनासा Sep 25, 2016 Arthatantrahello sarkar
    काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा फस्र्योट भएको छ । ‘सम्बोधन हुन लायक ...
  • तीन दिनदेखि सडक अवरुद्ध Sep 24, 2016 Arthatantrapahiro
    उदयपुर । लगातारको पहिरोका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको हर्देनी–२ ठाँटीस्थित लप्सेमा तीन दिनदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन ।     निरन्तर पहिरो झरेपछि सडक सञ्चालनमा ल्याउन समस्या भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । पहिरो हटाउन सडक डिभिजन कार्यालय लहान र प्रहरी सक्रिय रहेपनि पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । तीन दिनदेखि ...
  • जहाजमै पड्कियो सामसङ ग्यालेक्सी नोट टु Sep 24, 2016 Arthatantrasamsung mobile
    काठमाण्डौं । विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ। ग्यालेक्सी नोट सेभेन पड्केर हैरानी खेपेको सामसुङका लागि फेरि अर्को तनाव थपिएको छ। ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएपछि साङसुङलाई अर्को झड्का लागेको हो। भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको खबर अन्तर्राष्ट्रिय सञ्चार ...
  • दसैंका लागि आजबाट टिकट बुकिङ खुल्ला, भाडादर कायम ! Sep 23, 2016 Arthatantratraffic
    काठमाण्डौं । दसैँमा घर जानका लागि आजदेखि उपत्यकामा टिकट वुकिङ खुल्ला भएको छ। लामो दुरीमा जाने यात्रुहरुका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको पहलमा टिकट वुकिङ खुल्ला भएको हो। दसैं मान्न घर जान चाहने आजबाट कलंकी, बालाजु, चाविहल, गौशाला, तिनकुने लगायतका स्थानबाट टिकट बुकिङ गर्न सक्नेछन्। यात्रुहरुलाई जानकारी र सहायत प्रदान गर्न आजदेखि नै राजधानीको कलंकी,बल्खु, नयाँ बसपार्क, ...
  • चाडपर्वमा कसरी मितव्ययी भएर खर्च गर्ने ? Sep 19, 2016 Arthatantradashain chadbad
    धमाधम चाडपर्व नजिकिँदै छ । कसरी खर्च पुर्‍याउने हो मध्यम वर्गीय परिवारलाई चिन्ताले सताउन थालेको छ । हुन पनि डलरको भाउ बढेको र तलब बढेको निहुँमा बजारमा हरेक सामानको भाउ महँगो गरिएको छ । अरूबेला नसके पनि चाडपर्वका बेला अलिकति मीठा खाऊँ भन्ने सोच हुन्छ । अझै पनि दशैं भने पनि नयाँ कपडा किन्ने परिपाटी छ । सरकारले दशैंखर्च भनेर १ ...
  • यस्तो पनि आमा ! बच्चा इनारमा फालेर आमा बेपत्ता Sep 19, 2016 Arthatantrainar
     रत्ननगर  । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ । आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाको बच्चा प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनका श्रीमान् रामशरणले बिहान बच्चा लिएर ...
  • १०८ चौतारी बनाई वरपीपल रोप्ने चन्द्रबहादुर कार्कीको सपना साकार ! Sep 19, 2016 ArthatantraChandra-Bahadur-Karki
    म्याग्दी। पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा १०८ वटा चौतारी बनाई ती चौतारीमा वरपीपलका बिरुवा रोपेर जिल्लामा  उदाहरणीय बनेका छन्  चन्द्रबहादुर कार्की । बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुरले वनजङ्गलको विनासका कारण बिग्रंदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा गरी १०८ वटा चौतारी ...