Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • भूकम्प पीडित बनेर राहत रकम लिई घर नबनाउनेलाई जेल हालिने ! Aug 21, 2016 ArthatantraEarthquake
    काठमाण्डौं । झूटो विवरण पेश गरेर भूकम्प पीडितका नाममा घर बनाउने अनुदान लिनेलाई ठगी, किर्ते जालसाजी र सरकारी सम्पत्ति अपचलन गरेको जस्ता अभियोगमा जेल हालिने भएकोछ । अहिले एक लाखभन्दा बढी भूकम्प पीडितको खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ समेत जम्मा भइसकेको छ । यस्तोमा पुनर्निमाण प्राधिकरण र स्थानीय विकास मन्त्रालयमा समेत नक्कली भूकम्प पीडितले अनुदान लिन फर्जी काम गरेको ...
  • एकाबिहानै रु तीन लाख चोरी ! Aug 20, 2016 Arthatantranepali rupees
    बर्दिवास । महोत्तरी जिल्लाको भङ्गाहा–३ रामनगरमा आज एकाबिहानै रु तीन लाख मूल्य बराबरको धनमाल चोरी भएको छ । सो बस्तीका ८० वर्षीय श्रीनारायण साहका घरबाट आज बिहान ४ बजे नगद र सुनचाँदीका गहना र सिक्कासहित रु तीन लाख मूल्यको धनमाल चोरी भएको हो । घरमा एक्लै बस्दै आएका ८० वर्षीय साह बिहान उठेर शौच गर्न बस्ती बाहिरको पोखरी डिलतर्फ गएको मौका ...
  • दुर्घटनाग्रस्त बसका चालक भन्छन् -मकैबारीमा लुकेर बी एन्ड बी अस्पताल पु… Aug 20, 2016 Arthatantrakavre accident
    काठमाण्डौं । गत साउन ३१ गते सोमबार कोरीपारीके बिर्ता देउराली-९ खहरेखोलामा भएको बा३ ख १०६ नम्बरको बस दुर्घटनाका चालक रामेछाप-१ लखनपुरका चिन्तामणि गौतमले दुर्घटनापछि घाइते अवस्थामै मकैबारीमा लुकेर बिएण्डबी अस्पताल पुगेको बताएका छन्। ‘दोलालघाटमा खाना खाएर बस स्टार्ट गर्न खोज्दा भएन, केही यात्रुले धकेलेपछि बस स्टार्ट भयो, मैले  सोचेँ अब स्टार्ट बन्द हुँदैन’, चालक गौतमले भने,‘मेरो सोचाइ गलत भयो, बसको अन्तिम ...
  • १० वर्षीय बालकमाथि पाँच लाख ऋण ! Aug 19, 2016 Arthatantranepali rupees
    काठमाडौं । पाँचथर सराडडाँडा -४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ । आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस २०७१ मा ...
  • साँग्रिलाले ल्यायो ९ लाख ६७ हजार कित्ता सेयर, भदौ १५ सम्म किन्न मिल्ने… Aug 18, 2016 ArthatantraSangrila-development bank
    काठमाण्डौं । साँग्रिला डेभलपमेन्ट बैंकले नौ लाख ६७ हजार कित्ता सेयर बोलकबोलबाट वितरण गर्ने भएको छ । यो बैंकले गत वैशाखमै सस्थापक समूहको यो सेयर बोलकबोलबाट विक्री गर्न खोजेको थियो । बैशाखमा स्थगित गरेको बोलकबोल पुन सुरु गरेको हो । भदौ १० देखि १५ गतेसम्म बोलकबोलबाट सेयर विक्री गर्ने जनाएको छ । बैंकले सस्थापक समूहको अवितरित हकप्रद सेयर बेच्न लागेको हो । ...
  • एउटै पाइलटले राजीनामा दिँदा …. Aug 16, 2016 ArthatantraPilot
    काठमाण्डौं । चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ। निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुगेको छ। झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको वाई १२–ई सिरिजको उक्त ...
  • ‘रेडियो धादिङ’ को प्रसारणमा अवरोधप्रति विरोध Aug 15, 2016 ArthatantraPress-chautari-Nepal
    काठमाडौ । प्रेस चौतारी नेपालले सामुदायिक सञ्चार संस्था ‘रेडियो धादिङ’ को प्रसारणमा गरिएको अवरोध प्रति विरोध गरेको छ । यही साउन ३० गते जिल्ला वन कार्यालय धादिङको अगुवाइमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले प्रसारण नै अवरुद्ध गर्ने गरी रेडियोको भौतिक संरचनामा आक्रमणको प्रयास गरेको भन्दै विरोध गरिएको हो । चौतारीले समुदायको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध ‘रेडियो धादिङ’को प्रसारण ...
  • काभ्रे बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो (अपडेट) Aug 15, 2016 Arthatantrakavre accident
    काठमाडौ । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । काठमाडौँबाट काभ्रेको कात्तिके देउराली तर्फ जाँदै गरेको बा २ ख १०६ नं को बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरे खोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटना स्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा अन्य ...
  • बजारमा आउने भए २ हजार ५ सय ५३ नयाँ गाडी, ट्राफिकको के होला हाल ? Aug 15, 2016 Arthatantratraffic
    काठमाण्डौं । नेपाली अटोबजारमा एकपटक फेरि बुम आउने भएको छ। सरकारले नीजि क्षेत्रलाई २ हजार पाँच सय ५३ वटा गाडी खरिद गर्नका लागि अनुमति दिएको छ। यसका साथै, भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनताका लागि भनेर सरकारले १५ सय ट्याक्सी वितरणका लागि फारम भराउने काम समेत गरिरहेको छ। त्यस्तै नेपाल आयल निगमले एलपी ग्याँस आयात गर्नका लागि सातसय ५३ वटा गाडी खरिद गर्न ...
  • प्रहरीको नागरिक सुनुवाइमा गुनासै गुनासा Aug 13, 2016 Arthatantrapolice nagarik sunuwai
    रामचन्द्र रुपाखेती महादेववेशी । जिल्ला प्रहरी कार्यालयको आयोजनामा प्रहरीले समुदायमा पु¥याएका सेवा तथा गुनासोहरुलाई सम्बोधन गर्ने उद्देश्यले इलाका स्तरिय नागरिक सुनुवाई कार्यक्रम महादेववेशीमा सम्पन्न भएको छ । स्थानिय नागरिक समाज, व्यवसायी, पत्रकार तथा राजनीतिक दलका प्रतिनिधिहरु बीच नागरिक सुनुवाई कार्यक्रममा विशेष गरी क्रसर, टिपर तथा ट्याक्टर व्यवसायीहरुले हाल बन्द रहेको क्रसर उद्योगहरु खोल्न पाउनुपर्ने माग गरेका थिए । उनीहरुले भोलीदेखि क्रसर खोल्ने ...