Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • बेरोजगारबाट करोडौं उठाउँदै सरकार Jul 30, 2016 Arthatantranepali rupees
    काठमाडौं । शक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । एक हजार ११७ पदका लागि १ लाख १६ हजार तीन सय ४० जनाले आवेदन दिएका छन् । सात सयको दरले आठ करोड १४ लाख हुन्छ। यसमा समावेशीतर्फ फारम भर्नेहरुले तिरेको थप ५÷५ सय रुपैयाँ जोडिएको ...
  • २५ प्रतिशतले आकासियो तरकारीको भाउ, हेर्नुस् कति कति बढ्यो ? Jul 29, 2016 ArthatantraVegetables
    काठमाण्डौं । लगातारको वर्षाका कारण पछिल्लो समय तरकारीको भाउ अकासिएको छ । अहिले गत वर्षको तुलनामा २५ प्रतिशतले तरकारीको भाउ आकासिएको छ । वर्षाका कारण भएको बाढीपहिरोले सडक अवरुद्ध हुँदा तरकारीको मूल्य बढेको हो । कालीमाटी तरकारी बजारमा दैनिक ८ सय देखि ९ सय टन तरकारी भित्रने गरेकोमा केही दिनयता दैनिक ६०० टन मात्र तरकारी भित्रिएको छ । अहिले कालीमाटी तरकारी बजारमा ...
  • सप्तरीवासीले किन भत्काए भारतीय बाँध ? Jul 29, 2016 Arthatantraindean badha 1
    काठमाण्डौं । भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच  भिडन्त भएको छ। भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्। ...
  • भूकम्प प्रभावितको १ अर्ब ९५ करोड फिर्ता Jul 28, 2016 Arthatantranepali rupees
    काठमाडौं । काभ्रेमा भूकम्प प्रभावितको आवास अनुदानका लागि आएको मध्ये १ अर्ब ९५ करोड ७५ लाख खर्च हुन नसकेर फिर्ता भएको छ । समयमै विवरण नभएका कारण रकम फिर्ता भएको जिल्ला विकास समितिले जानकारी दिएको छ । जिल्ला विकास समितिलाई अख्तियारी आएको २ अर्ब १ करोड ३५ लाखमध्ये ५ करोड ६० लाख रकम मात्रै खर्च भएको हो । सोही कारण भूकम्प प्रभावितको ...
  • अब अवकाशको २५ प्रतिशत रकम कर वापत तिर्नुपर्ने, कर्मचारी आक्रोशित ! Jul 27, 2016 Arthatantratax vat
    काठमाण्डौं । सरकारले स्वास्थ्य सेवा कर्मचारीलाई दिने स्वेच्छिक अवकाशमा पाउने रकमबाट २५ प्रतिशत कर लाग्ने भएपछि कर्मचारीले त्यसको विरोध गरेका छन्। उनीहरुले सरकारले अवकाशका लागि निवेदन माग्दा यति कर लाग्छ भनेर नभन्दा अहिले अवकाश लिने ५०० कर्मचारी मर्कामा परेको गुनासो गरे । स्वेच्छिक अवकाश लिनेमध्येका एक जनस्वास्थ्य निरीक्षक वासुदेव गौतमले सरकारले अन्यायमा पारेको बताउँदै कर छुट नभए रकम नबुझ्ने बताए। उनले ...
  • पत्रकार सेजुवाललाई चौतारीको सहयोग Jul 26, 2016 ArthatantraPress chautari nepal 1jivan
    काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालले आर्थिक सहयोग उपलब्ध गराएको छ । बिगत डेढ महिनादेखि ट्रमा सेन्टरमा उपचार गराईरहेका पत्रकार सेजुवालको उपचारमा आर्थिक अभाव देखिएपछि चौतारीले सोमवार अस्पतालमै पुगेर सहयोग गरेको हो । पत्रकार सेजुवाललाई चौतारीका अध्यक्ष गणेश बस्नेतले ८१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए । बोन टिबीबाट पीडित पत्रकार सेजुवाल प्रेस चौतारी नेपालका ...
  • टुट्यो डाक्टर केसीको अनशन, मनमोहन मेमोरियल वीर अस्पतालले खरिद गर्ने ! Jul 25, 2016 ArthatantraDr govinda KC
    काठमाण्डौं । १६ दिनपछि प्राध्यापक डाक्टर गोविन्द केसीले आफैँले खुट्टाको उपचार गरेको सिन्धुपाल्चोकका ५ वर्षीय सरोज नेपाली र गोर्खा लो गाविसका ३७ वर्षीय भिक्षु छेवाङ नोर्बु लामाको हातबाट जुस पिउँदै अनशन अन्त्य गरेका छन्। हिजो राति केसी र सरकारबीच चार बुँदे सहमति भएको थियो। त्यसैका आधारमा आज २ बजे अनशन अन्त्य गर्ने सहमति भएको हो । उनको अनशन अन्त्यको सहमतिपत्रमा सरकारका ...
  • अबदेखि घरजग्गा कर घट्यो, घरको मूल्यांकन दर पनि फेरियो ! Jul 25, 2016 ArthatantraHouse Home
    काठमाण्डौं । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७३÷०७४ देखि लागू हुने गरी घरजग्गा कर घटाएको छ। सेवाग्राहीले करको रकम बढी भएको गुनासो गर्न थालेपछि महानगरपालिकाले कर घटाएको हो। यसअघि मूल सडक अन्तर्गत ३ आनासम्म ३ हजार र त्यो भन्दा बढीलाई प्रतिआना १ हजार ५ सय रुपैयाँ तिर्नु पर्थ्यो। तर अब भने यस्तो मूल सडक अन्र्तगत प्रतिआना १ हजार र एक रोपनीभन्दा धेरै ...
  • ३६ करोडको लागतमा खानेपानी योजना निर्माण हुँदै Jul 23, 2016 Arthatantradrinking-water
    जाजरकोट । जाजरकोट सदरमुकाम खलङ्गाको खानेपानी समस्या समाधान गर्न करिब रु ३६ करोडको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ । आयोजना निर्माणपछि खलङ्गावासीलाई खानेपानी उपलव्ध हुनेछ । जाजरकोट खलङ्गा खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम आगामी मङ्सिर–पुष महिनाबाट सुरु हुने भएको छ । आयोजनाको डिपीआर बनाउने काम अन्तिमचरणमा पुगेको भन्दै आउँदो भदौ महिनाभित्रै डिपिआर तयार हुने प्लस इन्जिनियरिङ कन्सलटेन्सीले जनाएको छ ...
  • बाटोबाटै काम गर्दै इन्जिनियर ! Jul 23, 2016 Arthatantra-engineer
    काठमाण्डौं । भूकम्पपछिको पुनर्निर्माणका लागि खटिएका दुई हजार पाँच सयभन्दा बढी इन्जिनियर बाटोबाटै काम गरिरहेका छन्। सुरक्षित भवन बनाउन खटिएका उनीहरु आफू बस्ने भवन नहुँदा सम्पर्कका भरमा बाटोबाटै स्थानीयका घरमा पुगी काम गर्न बाध्य भएका हुन्। अन्नपूर्ण पोष्टमा समाचार छ। द्वन्द्वकालदेखि सदरमुकाम बस्ने बानी परेका सचिवका कारण पनि इन्जिनियर बाटोबाटै काम गर्न बाध्य भएका हुन्। सरकारले बैशाख दोस्रो सातादेखि भूकम्प प्रभावित ...