Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • चर्चमा बन्धक बनार्इ धर्म परिवर्तन Jul 22, 2016 Arthatantracharja
    काठमाण्डौं । गरिब बालबालिकालाई चर्चमा बन्धक बनाएर धर्म परिवर्तनमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको शंखमुलमा जेरुसेलम एन्टिवन चर्चमा १४ जना बालबालिकालाई बन्धक बनाई धर्म परिवर्तन गराइएको हो। प्रहरीले चर्चका सञ्चालक हरिबहादुर तामाङ र बालगृह सञ्चालक चिनिमाया ब्लोनलाई पक्राउ गरी मानव ओसारपसार तथा धर्म परिवर्तन मुद्दामा कारबाही अघि बढाएको छ। अदालतले बालगृह सञ्चालक ब्लोनलाई थुनाका लागि जेल चलान गर्ने आदेश दिएको ...
  • गहना धितो राखेर बन्यो सडक, २५ लाखसम्मको सुन्तला निर्यात हुने ! Jul 20, 2016 ArthatantraGold
    म्याग्दी । जिल्लाको भकिम्ली गाविस–५ राखुका महिलाले गहना धितो राखेर गाउँलाई सडक सञ्जालसँग जोडेका छन् । न्यमिगाउँमा उत्पादित सुन्तला निकासी, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानीका साथै आवतजावत गर्न समस्या भएपछि महिलाको सक्रियतामा सडक निर्माण भएको हो । ५० लाखको लागतमा भकिम्लीको जयन्ती मावि हुँदै राखु गाउँ भएर नयाँपुल जोड्ने सडकको ट्र्याक खोल्ने कार्य यसै हप्ता सकिएको उपभोक्ता समितिका सचिव डेकबहादुर ...
  • कसरि घट्यो, काठमाण्डौं महानगरको आम्दानि ! Jul 19, 2016 Arthatantranepali rupees
    काठमाडौं । काठमाडौं महानगरको आम्दानी यस वर्ष घटेको छ । गत वर्षको आम्दानी २ अर्व ६ करोड ९४ लाख ५७ हजार रहेको थियो । यो वर्ष १ अर्ब ७० करोड ८३ लाख ७४ हजार रुपैयाँ छ । यो गत वर्षको आम्दानी भन्दा १७ दशमलव ५४ प्रतिशतले कमि हो । महानगर राजस्व विभागका अनुसार समग्रमा १७ प्रतिशतले आम्दनी घटेको हो । आन्तरिक ...
  • करोडौंको राहत रकम खोइ ? Jul 18, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । ‘वैशाख १२’ महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन्। अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’। सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा भत्किएका घरहरूका तस्बिर पोस्ट गरियो। तामाङको त्यो सुरुवाती अभियानले धेरैको सहानुभूति पायो। तामाङले सात महिनाकै अवधिमा १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम एक्लैले संकलन ...
  • भूकम्पपछिको पुनःनिर्माणमा सहयोग जुटाउन समिति बनाईने Jul 17, 2016 Arthatantra
    काठमाडौ । भूकम्पपछिको पुनःनिर्माणमा आपसी सहयोग, सहकार्य र आलोपालोमा काम गर्ने व्यवस्था मिलाउन बस्ती, टोल पुनःनिर्माण सामुदायिक समिति गठन गरिने भएको छ । पुनःनिर्माणमा स्थानीय समुदायको सहभागिता र स्वामित्व अभिवृद्धि गर्ने उदेश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण सामुदायिक समितिसम्बन्धी निर्देशिका– २०७३ लाई अन्तिम रुप दिएको छ । निर्देशिकामा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणका लागि स्थानीय बासिन्दाले गाविस र नगरपालिकाका बस्ती तथा टोलमा आपसी सहयोग ...
  • साउन हरियो रातो र पहेंलो चुराको व्यापार, दैनिक २५ देखि ३० दर्जन Jul 17, 2016 Arthatantragreen bangle nepal
    काठमाण्डौं । साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । पछिल्लो समय साउनमा महिलाहरु हरियो–रातो–पहेँलो चुरा, पोते, मेहेन्दी लगाएर सजिएको देख्न पाइन्छ । फेशन बन्दै गएको यसले व्यापार पनि उत्तिकै बढाएकोछ । चुरा पसलेहरु अरुबेला २÷३ दर्जन मात्र खपत हुने हरियो र पहेंलो चुरा साउन लागेपछि भने दैनिक २५ देखि ३० दर्जन एकै पसलबाट बिक्री हुने ...
  • मन्दिरको कमाई ९० लाख ! Jul 16, 2016 ArthatantraBaglung_Kalika-Manir
    बाग्लुङ । पश्चिमाञ्चलको प्रसिद्ध कालिका भगवती मन्दिर बाग्लुङमा एक वर्षका अवधिमा रु ९० लाखभन्दा बढी सङ्कलन भएको छ । मन्दिरमा गत आव २०७२÷०७३ मा रु ९० लाख पाँच हजार सात सय ६६ सङ्कलन भएको हो । विगतमा ठेक्का प्रथामा चल्दैआएको मन्दिरको व्यवस्थापन गत साउनदेखि मन्दिर व्यवस्थापन समिति आफैँले हेर्दै आएको छ । “गत साउनसम्म मन्दिरको व्यवस्थापनका लागि ठेक्कामा दिने परम्परा थियो” कालिका ...
  • हेलिकप्टरको बिलले मन्त्रीलाई हैरानी Jul 16, 2016 Arthatantra
    काठमाण्डौं । वातावरणमन्त्री विश्वेन्द्र पासवानले चैत तेस्रो साता २० हजार रुपैयाँको लागतमा सिरहाको बेलहामा दुईवटा सोलार बत्ती उद्घाटन गर्न करिब ३ लाख रुपैयाँ भाडा लाग्ने हेलिकप्टर प्रयोग गरे। मन्त्रालय आउजाउ गर्न साइकल चढ्नेदेखि विदेश उड्न ठिक्क परेका सहसचिवलाई फिर्ता बोलाई पासपोर्ट कब्जामा लिएर चर्चा कमाएका मन्त्री पासवान आफ्नै गाउँका जनतालाई देखाउनकै निक्ति हेलिकप्टर चढेका थिए। तर उनलाई अहिले त्यही हेलिकप्टरको बिल टाउको ...
  • उपत्यका बाहिरका ग्यास सिलिन्डर निःशुल्क साटिने Jul 15, 2016 ArthatantraGas
    काठमाण्डौं । नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं उपत्यका बाहिरबाट ल्याएका ग्यास सिलिन्डर काठमाडौंमै साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निशुल्क सिलिन्डर साट्न पाउने व्यवस्था गर्दैछ। बिहीबार बसेको संघको बैठकले उपत्यका बाहिरका सिलिन्डर काठमाडौंका विभिन्न ग्यास गोदामबाट साट्ने व्यवस्था गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगले काठमाडौं उपत्यकाभित्र मार्केटिङ नगरेका तथा आधिकारिक विक्रेता नभएका ...
  • २६ वर्षमा २२ सरकार, अर्थतन्त्र चौपट Jul 14, 2016 Arthatantraeconomic-growth-
    काठमाण्डौं ।  प्रधानमन्त्री केपी ओलीको सरकार प्रजातन्त्र पुनःस्थापनायताको २२ औँ हो। यो सरकार पनि ९ महिनामै संकटमा पर्यो। सरकार यसरी धमाधम परिवर्तन हुँदा यसको अर्थतन्त्रमा सिधा र नकारात्मक प्रभाव पार्छ। यी २६ वर्षमा ६ पटक मात्रै आर्थिक वृद्धिदर ५ प्रतिशत नाघेको छ। मुलुकको आर्थिक वृद्धिदरमा मनसुन, ऊर्जाको समेत असर देखिने भएपनि २६ वर्षमा अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव राजनीतिले नै पारेको देखिन्छ। ...