Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • अब भक्तपुरमै फल्ने भो रुद्राक्ष र बुद्धचित्त ! Jul 9, 2016 Arthatantraø;
    भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १३ स्थित रानीकोटा भालु भ्याज्याङ्मा बुद्धचित्त र रुद्राक्ष बिरुवाको बृक्षारोपण गरिएको छ । उक्त बिरुवाहरु लोपोन्मूख अवस्थामा पुगेको र संरक्षणका लागि स्थानीयले शनिवार बृक्षारोपण गरेका हुन् । सानुथुम्को रानीकोट सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा करिब एक सय जना स्थानीयहरुको सहभागितामा एक हजार बिरुवा बृक्षरोपण गरिएको हो । उक्त बिरुवाका साथै अमला, तेजपात, अलैची, किम्बु ...
  • हेल्लो सरकारलाई प्रश्न–बाबा तपाईँ कहिले आउनुहुन्छ ? Jul 9, 2016 Arthatantrahello sarkar
    काठमाडौं । प्रधानमन्त्री कार्यालयमा रहेको जनगुनासो व्यवस्थापन एकाइ अर्थात हेल्लो सरकारमा वास्तविक उजुरी र गुनासो भन्दा धेरै ‘ब्लफकल’ आउने गरेको छ। हेल्लो सरकारले सुरु गरेको टोल फ्री नम्बर अर्थात पैसा नलाग्ने फोनमा आउने ‘ब्लफकल’ले कर्मचारीहरु भने हैरान भएका छन्। एकाइका उपसचिव प्रधुम्न उपाध्यायले भने,‘निजी गन्थन र पारिवारिक कुरा सुनाउन पनि कतिले फोन गर्छन्। जसले हाम्रा कर्मचारीको समय बर्बाद भएको छ।’ उनका अनुसार ...
  • काठमाडौ महानगरपालिकाका कुकुरलाई बन्ध्याकरण गरिंदै Jul 8, 2016 ArthatantraDog
    काठमाडौ । काठमाडौ महानगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनको प्रक्रियाअन्तर्गत कुकुरहरुको कन्ध्याकरण र उपचार अभियानलाई अगाडि बढाएको छ । अभियानको पहिलो चरणअन्तर्गत सिंहदरबारमा रहेका एक सय २० मध्ये भाले र पोथी गरि ८० कुकुरको बन्ध्याकरण गरिएको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् । सिंहदरबारमा रहेका अन्य कुकुर विभिन्न रोगबाट ग्रसित रहेको पाईएपछि उपचार गरेर छाडिएको छ । महानगरमा हरेक दिन सामुदायिक कुकुरको ...
  • तपाई कस्तो मासु खाइरहनु भएको छ ? किरा परेको ?? Jul 8, 2016 ArthatantraMeat shop
    काठमाण्डौं । आपूर्ति मन्त्री गणेशमान पुनको नेतृत्वमा गएको विशेष अनुगमनका क्रममा राजधानीको सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको मोज मिट सेन्टरले सामान्य मापदण्ड पुरा नगरेको फेला परेको छ । ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा ...
  • जबर्जस्ती करणीबाट १३ वर्षमै आमा Jul 7, 2016 Arthatantrarape
    काठमाडौं । काठमाडौंमा बस्दै आएकी जुन ९परिवर्तित नाम० १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए । ० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटनाभो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्‍यो । कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं ...
  • भोटेकोशीमा बाढी : जलविद्युतको बेलि ब्रिज सहित १५ घर बगे Jul 6, 2016 ArthatantraBhotekhosi-flood
    काठमाण्डौं । मंगलबार राति भोटेकोशीमा पानीको सतह एक्कासी बढेर जलविद्युतको डाइभर्सन टनेल एक्सेसका लागि बनाइएको चाखुस्थित बेली ब्रिज र तातोपानी गाविसको १५ घर बगाउनका साथै बाह्रबीसे तातोपानी सडक खण्डलाई क्षति पु¥याएकोछ । बाढी पूर्वानुमान शाखाले राति १० बजे भोटेकोशी र सुनकोशी नदीको छेउछाउमा बस्ने दोलालघाटसम्मका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन भनेको छ। अहिले नदीको पानीको अवस्था खतराभन्दा तल नै भए पनि ...
  • २१ नक्कली डाक्टर धरौटीमा रिहा, क–कसलाई बुझाइयो अख्तियारमा ? Jul 5, 2016 Arthatantradoctor
    काठमाडौं । प्रहरीले पक्राउ गरेका ३६ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकमध्ये २१ जना  छुटेका छन् । तीनजनालाई प्रहरीले अख्तियारमा बुझाएको छ भने धरौटी बुझाउन नसक्दा चारजना जेल चलान भएका छन् । मुद्दा चलाइएकामध्ये सबैलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । कुनै जिल्लामा प्रहरीको मागदाबीअनुसार नै धरौटी माग भएको छ भने केही जिल्लामा  सामान्य मात्र धरौटी माग भएको छ । कसलाई कति ...
  • चन्द्रागिरीको लेदोले थानकोटबासी बाढीको जोखिममा Jul 3, 2016 ArthatantraArthatantra Chandragiri
    काठमाडौ । अविरल वर्षाले निर्माणाधीन चन्द्रागिरी केबलकारको रिसोर्ट बनाउन खनेको माटो बगाउँदा काठमाडौ, चन्द्रागिरी नगरपालिका अन्तर्गत थानकोट, चेकपोष्टका झन्डै आधा दर्जन घर जोखिममा परेका छन् । चन्द्रागिरी नगरपालिका स्थित वडा नं ९ र १० भएर बग्ने खोलामा एक्कासी लेदो माटो सहित पानीको बहाब बढे पछी वरिपरिका बासिन्दा त्रासमा छन् भने पक्की सडक र नहरमा नराम्ररी क्षति पुगेको स्थानीयहरु बताउँछन् । अकस्माथ ...
  • अब गर्भवतीको जाँच मोबाइलबाट Jul 3, 2016 Arthatantrapregnant_woman_
    इलाम । गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब उनीहरूले मोबाइलबाटै जानकारी पाउने भएका छन् । मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको छ । जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पु¥याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन ...
  • गर्भमै मृत बच्चा बोकेर बित्यो २१ दिन ! Jul 3, 2016 ArthatantraGARBHA-
    काठमाडौं ।  बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा भर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो , जंगलमै उनी लडिन् । परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी पुर्‍याइयो ...