Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • धादिङका चेपाङ समुदायको बालबालिका कुपोषणको सिकार बन्दै Jun 4, 2016 Arthatantrachepang
    धादिङ । भूकम्पपछि चेपाङ बालबालिका कुपोषणको सिकार भएका छन् । दक्षिणी धादिङको महादेवस्थान गाविसका चेपाङ समुदायको बालबालिका कुपोषणको सिकार भएका हुन् । उत्तरी धादिङको महादेवस्थान गाविस– ३ का चेपाङहरुको बालबालिकाले खान नपाएपछि कुपोषणको सिकार भएको जिल्ला अस्पतालले जनाएको छ । गतसाता चार बालबालिकालाई उद्धार गरी जिल्ला अस्पतालमा उपचार गरिएको थियो । इन्टरनेसनल मेडिकल कर्पस्को सहयोगमा सामाजिक विकास तथा प्रवद्र्धन केन्द्रले ती शीघ्र ...
  • यस्तो बन्दै छ १० वर्षपछि काठमाडौं Jun 4, 2016 Arthatantrakathmandu
    काठमाडौं । प्रक्षेपित योजना कार्यान्वयन भएमा अबको १० वर्षपछि काठमाडौं उपत्यकाले आफ्नो रूप बदल्नेछ । सडक चौडा हुनेछन् । मेट्रो रेल गुड्नेछ । ‘स्याटलाइट सिटी’ निर्माण हुनेछ । पुरातात्त्विक महत्त्वका धरोहरले रूप फेर्नेछन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सबै योजनाको सूक्ष्म अध्ययन सुरु गरिसकेको छ । अध्ययन सकिएलगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट ९डिपिआर० तयार हुनेछ । रिपोर्टका आधारमा योजनाले गति ...
  • सहकारी पीडितले घेरे बालुवाटार, संचालकलाई कारवाहीको माग Jun 2, 2016 Arthatantrasahakari Cooperative
    काठमाण्डौं । ओरियन्टल सहकारीबाट पीडित बनेकाहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । केही दिन अघि मात्र सुधीर बस्नेतले काम गर्ने वातावरण पाऊँ भन्दै निवेदन दिएको थाहा पाएपछि आज उनको कारवाहीको माग गर्दै सर्वसाधारणले बालुवाटार घेराऊ गरेका हुन् । बालुवाटार घेराउ गर्न ठूलो संख्यामा सहभागी भएका पीडितहरुले बस्नेतविरुद्ध नाराबाजी गर्नुका साथै उनलाई संरक्षण नगर्न सरकारसँग माग गरेका छन् । ...
  • आज सरकारी कार्यालय बिदा, बैंक र बिमा भने खुलै Jun 1, 2016 Arthatantranijamati karmachari
    काठमाण्डौँ । सरकारले आज जेठ १९ गते बुधबार निजामति कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले हिजो सार्वजनिक गरेको सूचना अनुसार निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि आज बुधबार सार्वजनिक विदा दिइएको हो।   १९ जेठ २०७३, ९।००
  • चार वर्षपछि बल्ल ज्येष्ठ नागरिक खुसी May 30, 2016 Arthatantrajesta nagarik
    काठमाण्डौं । चार वर्षदेखि माग र असन्तुष्टिको नारा लगाउँदै आएका वृद्धवृद्धाले आइतबार भने नयाँ बानेश्वरमा उत्सवको नारा घन्काए । असन्तुष्टिको भाका फेरिएको थियो । यातायात व्यवस्था विभाग परिसरलाई नियमित धर्नास्थल बनाएका ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी छाएको थियो । सरकारले बजेटमा वृद्धभत्ता दोब्बर बनाउने, स्वास्थ्य बिमाको व्यवस्था गर्नेजस्ता योजना ल्याएपछि उनीहरूको मन पनि बदलियो । ०६९ फागुन २४ देखि ८ बुँदे मागसहित ...
  • सुनको मूल्य घट्ने क्रम जारी, आज पनि सस्तियो सुन ! May 29, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको पहिलो दिन आइतबार सुन प्रतितोला २ सय रुपैयाँ सस्तिएको छ। गत कारोबारको अन्तिम दिन प्रतितोला ५४ हजार ४ सय रहेको सुनको मूल्य आइतबार ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ। सुनको मूल्य केही दिनयता निरन्तर घट्दै आएको छ। जेठ ९ गते प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको सुन १० गतेदेखि घट्न थालेको हो। सुनको मूल्य घटे पनि चाँदी ...
  • सामाजिक सुरक्षा भत्ता दोब्बर May 28, 2016 Arthatantra
    काठमाडौँ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गर्नुभएको आव २०७३/०७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सामाजिक सुरक्षा भत्तालाई दोब्बर गरिएको छ । एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो । ‘आफ्नो गाउँ आफँै बनाउँ’ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ । ती कार्यक्रमहरु विसं २०५२ मा नेकपा (एमाले) नेतृत्वको सरकारकै पालामा आएको ...
  • राष्ट्रिय सुरक्षाः २ वर्ष भित्र सेनालाई बंकरबाट ब्यारेकमा लगिने May 28, 2016 Arthatantra
    काठमाण्डौं । राष्ट्रिय सुरक्षा २ वर्षर् भित्र सेनालाई बंकरबाट ब्यारेकमा लगिने छ । इटहरी र सुर्खेतमा सेनाको एयर बेस स्थापना गरिने । राष्ट्रिय सेवा दलको कार्यक्रम विस्तार । नागरिकता वितरण पूर्ण रुपमा कम्प्युटर प्रणालीबाट गरिने । राजधानी प्रवश गर्ने प्रमुख नाकामा भेकइकल परीक्षण गर्ने स्वचालित प्रणाली जडान गर्ने । नुवाकोट र बांकेमा कारागार निर्माण गरिेन । ४ वर्षमा निर्माण सक्ने ...
  • खानेपानीको लागि ८ अर्ब ३ करोड रुपैयाा बिनियोजन May 28, 2016 Arthatantra
    काठमाण्डौं । खानेपानी आगामी ३ वर्ष भित्र सबै नेपालीलाई आधारभूत रुपमा खानेपानी र सरसफाइको पहुाचमा पुर्‍याइनेछ । ०७४ असोजभित्र मेलम्चीको पानी वितरण गर्ने लक्ष्य । ५ अर्ब ९८ करोड । जनताको सहभागितामा सह-लगानीमा आधारित आयोजनाहरु अघि बढाइनेछ । तराई मधेस खानेपानी सुधार कार्यक्रम सुरु गरिने, काठमाडौं उपत्यकामा नदी किनारामा सडक विस्तार । स्यालो ट्यबुबेल विस्थापन र सोलार पम्पलाई प्रवर्द्धन गर्न ...
  • बजेटमा स्वास्थ्य May 28, 2016 Arthatantra
    काठमाण्डौं । स्वास्थ्य ३ वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गर्ने योजना । पहिलो वर्ष २५ जिल्लामा । २ अर्ब ५० करोड विनियोजन | सल्लाघारीमा स्वास्थ्य प्रयोगशाला र मृगौला प्रत्यारोपण केन्द्र स्थापना गर्ने, बीर अस्पताललाई न्युनतम ५ सय रोपनी जग्गामा सुविधासम्पन्न र अत्याधुनिक रुपमा विकास र विस्तार गर्ने । महिला स्वास्थ्य स्वयंम सेविकाहरुको पोशाक खर्चमा १५०० बृद्धि र स्वास्थ्य विमा गरिने, ...