Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने May 22, 2016 Arthatantrawater
    गोरखा । सदरमुकामको ढुङ्गेधारामा पानी थाप्न अनिवार्य रुपमा ‘कुपन’ देखाउनुपर्ने नियम बनेको छ। भूकम्पपछि धारामा पानीको स्रोत घटेको तर उपभोग गर्ने उपभोक्ताको चाप बढेपछि बराह खानेपानी उपभोक्ता समितिले डेरावाल र घरबेटीलाई एकेक थान कुपन बाँडेपछि सो नियम कार्यान्वयनमा आएको हो। पानी लिन धारा पुगेका उपभोक्ताले समितिले खटाएको प्रतिनिधिलाई कुपन देखाएपछि मात्रै पालोमा पानी भर्न पाउँछन्। कुपन देखाएपछि दिनमा एक पटक पानी भर्न पाइन्छ। ...
  • ढाडै भाँच्ने महँगी, दक्षिण एसियाकै उच्च May 22, 2016 Arthatantra
    काठमाण्डौं । सुविधानगरमा सानो ठेला राखी चटपटे धनाउने धनुषाका शंकरलाल श्रेष्ठले गत मंसिरदेखि भाउ बढाए, पानीपुरीको आकार घटाए। जतिसुकै भाउ नबढाउँ भन्दा पनि सकिएन उनले भने, चटपटे र पानीपुरी बनाउने सामानको भाउ र्छानसक्नु भएपनि सुखै पाईन । वर्षमा रातो आलु प्रतिकेजी १ सय ४० प्रतिशत, भोलभेँडा ७७ प्रतिशत, मसुरो दाल ६४ प्रतिशत, कुखुराको मासु ६० प्रतिशत र अण्डा ४० प्रतिशतले मूल्य बढेको ...
  • मासिक अर्ब कमाउँदै निगम May 21, 2016 Arthatantraaayal nigam
    काठमाडौं । मे महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ पनि घटाउन दबाब परेन भने निगमले आगामी ४ महिनाभित्र सबै ऋण तिरिसक्ने छ । मेको पहिलो १५ दिनमा निगमले ६६ करोड रुपैयाँ पेट्रोलियम पदार्थको कारोबारबाट खुद मुनाफा आर्जन गरेको छ ...
  • निजी गाडी चलाउनेबाटै रु ८ लाख संकलन ! May 19, 2016 ArthatantraHonda car
    काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्ने निजी गाडीका लागि जरिवानास्वरुप शुल्कबाट हालसम्म रु आठ लाख सङ्कलन गरिसकेको छ । महानगरपालिकाको २७औँ नगर परिषद्को निर्णयअनुसार गत फागुन १ देखि निजीस्तरबाट उक्त स्थानमा फोहोर लैजाने सबै गाडीबाट शुल्क लिन थालेको थियो । कामपाको मात्रै दैनिक २० वटा ठूला गाडी उक्त स्थानमा अन्तिम फोहोर व्यवस्थापनका लागि जाने गरेका छन्, त्यसमा ...
  • यातायात भाडा घट्यो, यात्रु खुसी May 18, 2016 Arthatantrakarnali
    जुम्ला । कर्णाली राजमार्गमा सवारी सञ्चालन भएपछि महंगोमा यात्रा गरिरहेका कर्णालीका यात्रुले निकै कम भाडामै यात्रा गर्न पाउन थालेपछि निकै खुसी देखिएका छन्। जिल्लाका सर्वदलीय÷ सर्वपक्षीय वैठकमा भाडादर निर्धारण गरेर यातायात व्यवस्था विभागले स्वीकृत गरी जुम्लामा स्थानीय प्रशासनले कार्यन्वयन गर्न लगाएपछि यात्रुहरु निकै खुसी भएका हुन्। २०६४ सालदेखि छोटो दूरी अन्तरगत खलंगा नाग्मसम्म २ सय २० रुपैयाँ भाडा असुल्दै आएकोमा अहिले ...
  • विजयेश्वरीको बाह्रवर्षे पूजा असार १ गते May 18, 2016 ArthatantraChampadevi Temple Kathmandu
    काठमाण्डौँ । विजयेश्वरीको बाह्रवर्षे कलेवर फेर्ने पूजा आगामी असार १ गते सुरु हुने भएको छ । बाह्रवर्षमा हुने यस पुजा अन्तर्गत विजयेश्वरी देवीलाई शोभाभगवतीस्थित विष्णुमतीमा ल्याई स्नान गराई वस्त्र फेराउने गरिन्छ । विजयेश्वरी बाह्रवर्षे कलेवर फेर्ने पूजा आयोजक समितिको अध्यक्षमा मोहनरत्न शाक्य, प्रथम उपाध्यक्ष ज्ञानरत्न शाक्य, द्वितीय उपाध्यक्ष हेमरत्न शाक्य, कोषाध्यक्ष लोकरत्न शाक्य तथा सचिव माणिकरत्न शाक्य चयन भएका छन् । ...
  • वाणिज्यमन्त्रीसँग करिब दुई करोड नगद May 17, 2016 Arthatantranepali rupees
    काठमाडौँ। वाणिज्यमन्त्री जयन्त चन्दका श्रीमती र छोरीका नाममा काठमाडौँ र ललितपुरमा गरी दुई रोपनी चार आना जग्गा रहेको छ । उहाँसँग सवारी साधनका नाममा एक मारुती सुजुकी कार रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा जनाइएको छ । त्यस्तै सुन १०५ तोला, चाँदी एक हजार ५०० तोला र ४ थान हिराका साथै सिद्धार्थ, एभरेस्ट र हिमालयन बैँकमा रु एक करोड ९५ ...
  • के तपाईले लिनुभयो कृषक परिचयपत्र ? May 16, 2016 Arthatantraकृषक परिचयपत्र krishi farmer land
    नेपालगन्ज । सरकारले वास्तविक किसानको पहिचान गर्नका लागि किसान परिचयपत्र वितरण सुरु गरेपछि जिल्लामा अहिलेसम्म दुई हजार ७६ जनाले परिचयपत्र बनाएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल १० हजार ७०० किसानलाई परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ फारम सङ्कलन गर्ने कार्य भइरहेको छ । चालु आवका लागि अहिलेसम्म थप एक हजार ३०७ किसानले परिचयपत्र बनाउनका लागि निवेदन दिएका छन् । परिचयपत्र ...
  • मनकामना केबुलकार बन्द हुँदै May 15, 2016 Arthatantracabul-car-
    काठमाडौं। मनकामना केबुलकार सोमबार र मंगलबार दुई दिन बन्द हुने भएको छ । नियमित मर्मत संभारको लागि दुई दिन केबुल संचालन नहुने मनकामना दर्शन प्रालिले जनाएको छ । बुधबारदेखि केबुलकारको सेवा नियमित संचालन हुने कम्पनीले जनाएको छ । केबुलकारबाट चढेको ११ मिनेटमै मनकामना मन्दिरमा पुग्न सकिन्छ । समुन्द्रि सतहबाट १३ सय ३ मिटरको उचाईमा मनकामना मन्दिर अवस्थित छ । दैनिक सयौं ...
  • भूकम्पपीडितको चामल बेच्दै सरकार May 15, 2016 Arthatantrachamal
    काठमाडौं । सरकारले भूकम्पपीडितका लागि देश विदेशबाट आएका लाखौ किलो चामल संकलन गर्यो। जसमध्ये बंगलादेशले मात्तै ७८ लाख २९५ किलो चामल पीडितका लागि नेपाल पठायो ।पीडितहरू चामल पाउने बशामा सरकारको बाटो हेरे। तर, सरकारले भोक भोकै बसेका पीडितलाई चामल बाँडेन, बरू झापास्थित नेपाल खाद्य संस्थानको डिपोमा थन्क्याएर राख्यो । एक वर्षपछि जब कुहिन थाल्यो तब सरकारले गोदाममा थन्काएको चामल बाहिर त ...