Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • बढ्यो आयुर्वेद उपचारतर्फ आकर्षण May 14, 2016 Arthatantraayurved-
    म्याग्दी। म्याग्दीका बाथ, ग्यास्ट्रिक, श्वासप्रस्वास, नसा, कमलपित्त, अम्लपित्त, पेटरोगका बिरामी आयुर्वेद उपचारपद्धतीप्रति आकर्षित भएका छन् । तीनवर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने बेनीस्थित जिल्ला आयुर्वेद केन्द्रमा अहिले दैनिक ४० भन्दा बढी बिरामी आउने गरेका छन् । आयुर्वेद औषधि, उपचारप्रति बिरामीको आकर्षण बढेपछि केन्द्रले मातहतका भगवती र दानास्थित औषधालयबाहेक बाबियाचौर र घार गाविसको पोखरेमा गाउँघर क्लिनिक सञ्चालन गरेको ...
  • नौ/नौ जना पण्डित पढाएर पञ्चेवाजा सहित भ्यागुताको बिहे ! May 13, 2016 Arthatantrafrog wedding nepal
    भोजपुर । जिल्लाको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् । किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ/नौजना पण्डित पढाएर बिहिवार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिनुभयो । बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै जाल्पादेवी मूलमा ...
  • एक गाग्री पानीको एकसय रुपैयाँ May 12, 2016 Arthatantrawater scarcity in Nepal
    पर्वत । ठूलीपोखरी–३ की सुनिता परियारका घरमा परिवारका पाँचजना सदस्य र दुईवटा गाईभैँसी रहेका छन् । पाँच जनाको परिवार र दुईवटा गाईभैँसीलाई गरी दैनिक ६ गाग्रीसम्म पानी आवश्यक पर्छ, तर उहाँले एक गाग्री पानी घरसम्म ल्याई पु¥याउन २ घन्टा लाग्ने गर्छ । छ गाग्री पानी ल्याउँदा उहाँको पुरै दिन त्यसै सकिन्छ । अहिले स्थानीयस्तरमा महिलाको ज्याला रु ५५० भएकाले एक गाग्री ...
  • आज नर्स दिवस : कार्यस्थल सुरक्षित हुनुपर्ने माग May 12, 2016 ArthatantraInternational-Nurses-Day
    काठमाण्डौँ । अन्तर्राष्ट्रिय नर्सिङ दिवस मे १२को अवसरमा आज राजधानीमा बृहद् ¥याली एवम् प्रभातफेरिको आयोजना गरियो । सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको ¥याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुँदै टुँडिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ । ‘स्वास्थ्य ...
  • पनामा पेपर्समा उपेन्द्र महतोसहित उन्नाईस नेपालीको नाम सार्वजनिक May 10, 2016 Arthatantrapanamapapers
    काठमाण्डौं । पानामा पेपर्सले सार्वजनिक गरेको अफसोर कम्पनी भएका व्यक्तिको दोस्रो चरणको नामावलीमा सात नेपालीको नाम समेटिएको छ। अन्तर्राष्ट्रिय खोज पत्रकार समुह (आइसिआइजे) ले सार्वजनिक गरेको पछिल्लो सूचीमा गैरआवासीय नेपाली संघ –एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द महतोको नाम पनि छ । पूर्वीय सोभियत संघ र रसियाबाट आफ्नो ब्यापार शुरु गरेका उपेन्द्र महतो एनआरएन नेपालका पूर्वअध्यक्ष हुन् । त्यसैगरी चौधरी ग्रुपका अरुणकुमार चौधरीले उसाइन लिमिटेडमा ...
  • रोजगार मन्त्री सहित विमानस्थलमा प्रहरी छापा May 9, 2016 Arthatantra
    काठमाण्डौँ । प्रहरीको महानगरीय अपराध महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र श्रम कार्यालय ताहाचलमा अहिले छापा हानेको छ । छापा मार्ने क्रममा विमानस्थलबाट विदेश जान लागेका दुई महिलालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विदेश नगएका उनीहरुलाई पुनː श्रम स्वीकृतिको कागजातका आधारमा विदेश जान लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । हिमालय रेडपान्डा ट्राभलको माध्यमबाट ...
  • भूकम्पप्रभावित जिल्लामा २० प्रतिशतले बढ्यो गरिबी ! May 8, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । गत वर्ष वैशाखमा आएको भूकम्पले मानिसको मृत्यु, भौतिक संरचनाको क्षति र पशुधनको नोक्सानीले गरिबीलाई झन बढाएको एक अध्ययनले देखाएको छ। गरिबी निवारण कोषले आफ्ना कार्यक्रम लागू भएका रसुवा, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा गरेको अध्ययनमा भूकम्पपछि करिब १५ देखि २० प्रतिशत घरपरिवार गरिबीको अवस्थामा पुगेको जनाएको छ। भूकम्पलगायत प्राकृतिक विपत्को सामना र व्यवस्थापनमा सामुदायिक संस्थाहरुको भूमिकासम्बन्धी अध्ययन प्रतिवेदनमा गरिबीको अवस्थामा ...
  • अब त्रिभुवन विमानस्थलमा लगेज चाँडो पाइने, दुई बेल्ट थपिए May 7, 2016 ArthatantraTribhuvan International Airport
    काठमाडौँ । मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुईओटा कन्भेयर (ब्यागेज ओसार्ने) बेल्ट थपिएका छन् । विगत लामो समयदेखि पुराना र कम क्षमता भएका बेल्डका कारण ब्यागेज ओसार्दा हुने ढिलाइले यात्रुले सास्ती बेहोर्दै आएका थिए । जसले अन्तरराष्ट्रिय विमानस्थलको छवि बिग्रेको थियो । तर अब बढी क्षमताका नयाँ दुई बेल्ट थपिएसँगै विमानस्थलमा चार ओटा बेल्ट पुगेका छन् । यसअघि विदेशबाट ...
  • काठमाडौंमै प्रहरीद्धार नष्ट गरियो, ११ सय रोपनीको गाँजा खेती May 6, 2016 ArthatantraNepal_Police_
    काठमाडौं । लागू औषध नियन्त्रण व्यूरोले काठमाडौँमा गरिएको विशेष अप्रेशनको क्रममा ११ सय रोपनी जति जग्गामा लगाईएको गाँजा खेती नष्ट गरेको छ। काठमाडौँ गोकर्णेश्वर १ अन्तर्गत चिलाउने र वडा नं.२ अन्तर्गतको ओख्रेनी, मुलखर्कको विभिन्न स्थानहरुको मकै बारी, करेसा बारी तथा आलु बारी भित्र करिव ११ सय रोपनी जग्गामा लगाईएको अबैध गाँजा खेती नष्ट गरिएको व्युरोले जनाएको छ। उक्त क्षेत्रहरुमा गोठ तथा बारीको ...
  • डलरले बढायो नेपालीको कमाई, वर्षको ८० हजार ! May 3, 2016 ArthatantraDollar
    काठमाण्डौं । एक वर्षमा नेपालीहरुको आम्दानी औसतमा तीन हजार आठ सय रुपैयाँ मात्रै बढेको छ । केन्द्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी ८० हजार नौं सय २१ रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा प्रतिव्यक्ति आय सात सय ६६ मा झरेको छ । गत वर्ष यस्तो आम्दानी सात ७५ डलर थियो । डलरको भाउ ...