Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • अब सरकारले पानीको मूल्य तोक्ने ! May 3, 2016 ArthatantraWater Tanker
    काठमाण्डौं । ट्यांकर व्यवसायीहरुले सार्वजनिक मुहान तथा स्रोतमा गई निशुल्क भरेर ल्याएको पानी सर्वसाधारणलाई बेच्दा फरक फरक र चर्को मूल्य लिने गरेपछि अब सरकाले पानीको मूल्य निर्धारण गर्ने भएकोछ । सरकारले वास्तविक ढुवानी खर्चलाई मध्यनजर गर्र्दै शुल्क निर्धारण गर्ने भएको छ। त्यस्तै आपूर्ति भइरहेको खानेपानी सेवाको दर्ता र नियमन पनि गरिने भएको छ। नेपाल सरकारका मुख्य सचिव डा। सोमलाल सुवेदीको संयोजकत्वमा ...
  • नेपालमा उत्पादित लप्सीका परिकार अमेरिकी बजारमा ! May 2, 2016 ArthatantraLapsi
    पर्वत । यहाँका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका हुन् । लप्सीको ३०० किलो ...
  • भूकम्पपीडितका लागि छुट्याइयो १२ अर्ब ६० करोड ! May 1, 2016 ArthatantraEarthquake
    काठमाण्डौँ । आगामी आर्थिक वर्षका लागि आवश्यक पर्ने बजेट तथा कार्यक्रम विवरण पेश गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सबै मन्त्रालयलाई अनुरोध गरेको छ भने प्राधिकरणले यसअघि र अहिले गरी रु १२ अर्ब ५९ करोड ७८ लाख ४२ हजार भूकम्पबाट पूर्ण रुपमा घर क्षति भएका नागरिकलाई दिन निकासा गरेको छ । विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन ९पिडिएनए० मा उल्लिखित सबै मन्त्रालय तथा निकायलाई बजेट ...
  • प्रेस काउन्सिलकै कारबाहीमा परेका पाठकलाई बोर्ड सदस्य पुरस्कार ! Apr 30, 2016 Arthatantradipak pathak
    काठमाडौँ । प्रेस काउन्सिलद्वारा कार्वाही जारी राखिएका दिपक पाठकलाई प्रेस काउन्सिलकै बोर्ड सदस्य नियुक्त गरिंदै छ । प्रधानमन्त्रीको ठाडो निर्देशन पछि शनिबार बिदाको दिनमा पनि संचार मन्त्रालय खुला राखी नियुक्तिको काम तिब्र गतिमा अघि बढाइएको हो ।  ठगि, किर्ते, चेक बाउन्स लगाएतको मुद्धामा जिल्ला र सर्वोच्च अदालतद्वारा काउन्सिलको उक्त कार्वाही सदर गरिएका पाठक नेपाल प्रहरीको फरार सुचिमा छन् । गत हप्ता सन्चार मन्त्री र ...
  • वाग्मतीमा आठ मेट्रिक टन फोहर व्यवस्थापन Apr 30, 2016 Arthatantrabagmati
    काठमाडौं । वाग्मती सफाइको एक सय ५५औँ हप्तामा मनोहरा दोभानमा सफाइ गरी आठ मेट्रिक टन फोहर शनिबार व्यवस्थापन गरिएको छ । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका छात्रछात्रा, उप्रेती समाज लगायत स्थानीयवासीको सहभागिता रहेको अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले जानकारी दिए । समाजका अध्यक्ष डा। रामप्रसाद उप्रेतीले मनोहरा दोभानमा उप्रेती ...
  • दिलमायाले ९६ वर्षमा नागरिकता पाइन् Apr 30, 2016 Arthatantranagarikata
    काठमाण्डौं । भोजपुर होम्ताङ–७ कि दिलमाया राईले ९६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । भोजपुर जिल्लाको दक्षिणी गाविस घोडेटार बजारमा भएको एकीकृत घुम्ती सेवा शिविरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ९६ वर्षीया दिलमाया राईलाई नेपाली नागरिकता प्रदान गर्नुभएको हो । शिविरमा नागरिकता वितरणसँगै अपाङ्गता परिचयपत्र वितरण, फोटोसहितको मतादाता नामावली सङ्कलन, स्वास्थ्य शिविरलगायत विषयगत कार्यालयको सेवा सञ्चालनमा रहेको छ । शिविरमा स्वास्थ्य, ...
  • कहाँ हरायो ३० अर्ब ? Apr 30, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाडौं। भूकम्प प्रभावित क्षेत्रमा अन्तराष्ट्रिय गैरसरकारी संस्था, गैरसरकारी संस्था तथा अन्य विभिन्न संघ संस्थाले अबौं रुपैयाँ उठाएको पाइएको छ । यी संस्थाहरुले भूकम्पपीडितलाई आपतकालीन राहत उपलव्ध गराउन भन्दै ३० अर्ब रुपैयाँभन्दा बढी विभिन्न स्रोतबाट प्राप्त गरेको भएपनि त्यसअनुसार पीडितले राहत पाएका छैनन् । वैशाख १२ देखि पुस १६ गतेसम्म विभिन्न आइीएनजिओ, एनजिओ निजी संस्था तथा रेडक्रसलगायतका संघसंस्थाले ३० अर्ब रुपैयाँ भन्दा बढी ...
  • यी हुन् पुनःनिर्माण अनुदानको रकम वितरण गर्ने बैंक Apr 29, 2016 Arthatantraanudan bank
     काठमाडौँ, १७ वैशाख । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान सम्झौता भएका आठ जिल्लाका आठवटा गाविसमा अनुदानको रकम वितरण गर्न बैंक तोकेको छ । गोरखाको हंसपुर, रामेछापको ओख्रेनी, सिन्धुलीको झाँगाझोली, नुवाकोटको खरानीटार र ओखलढुङ्गाको रुम्जाटार गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक, धादिङको मार्पाक गाविसका लागि राष्ट्रिय वाणिज्य बैंक वा कृषि विकास बैंक, काभ्रेपलाञ्चोकको रविओपी गाविसका लागि नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंक तथा ...
  • आगलागी पीडितले पाए १४ लाख सहयोग ! Apr 28, 2016 Arthatantraaago lagi
    खोटाङ । स्थानीय बाक्सिलामा गत फागुन ८ गते भएको आगलागीबाट घरबार गुमाएका परिवारलाई बेलायत, हङ्कङ तथा काठमाडौँमा बस्दै आएका खोटाङ्गेले सङ्कलन गरेको रु १४ लाख आर्थिक सहयोग रकम प्राप्त गरेका छन् । गत फागुन ८ गते बाक्सिलाका पीपलडाँडास्थित तामाङ बस्तीमा विद्युत् चुहिएर आगलागी हुँदा नौ घर र त्यसपछि विभिन्न समयमा अन्य तीन घर जलेर नष्ट भएका थिए । आगलागीबाट घर तथा ...
  • रक्सिले मातेर बाबुको हत्या, दुई श्रीमतीले छाडे Apr 28, 2016 Arthatantrabhojpur
    भोजपुर, १६ वैशाख । मातेको सुरमा एक व्यक्तिले आफ्नै बाबुको हत्या गरेका छन् । भोजपुरको बोया–५ का प्रल्हाद खत्रीले आफ्ना ८० वर्षे बाबु गणेशबहादुर खत्रीको हत्या गरेका हुुन् । मङ्गलबार बेलुकी छिमेकीको बिहेमा गएका खत्रीले मातेर घरमा आई आफ्ना बाबुलाई कुटपिट गरेका थिए । छोराको कुटपिटबाट गम्भीर घाइते बनेका गणेशबहादुरको बुधबार उपचारका क्रममा मृत्यु भएको छिमेकी ध्यानबहादुर तामाङले जानकारी दिए । बाबुको ...