Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • सुनचाँदीसहित एक असई र दुई प्रहरी पक्राउ Apr 27, 2016 Arthatantrahatkadi
    राजविराज । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गर्ने सप्तरीका एक असईसहित दुई जना प्र्रहरीमाथि कार्वाही गरेको छ । सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले बताउनुभयो । साथै, सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई ...
  • अब गरिब र विपन्नलाई निःशुल्क कानुनी सहायता Apr 27, 2016 Arthatantra
    नवलपरासी । नवलपरासीमा एक वर्षको अवधिमा ४५ जना गरिब र विपन्न वर्गका सर्वसाधारणले निःशुल्क कानुनी सहायता पाएका छन् । गरिब र विपन्न समुदायलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको संस्था कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रले ४५ वटा मुद्दामा निःशुल्क कानुनी सहायता प्रदान गरेको हो । त्यसमध्ये २५ वटा मुद्दा समाधान भइसकेका छन् भने २० वटा मुद्दामा पैरवी चलिरहेको केन्द्रले जनाएको ...
  • फेसबुकले वृद्धालाई परिवारसँग भेटाइदियो Apr 27, 2016 Arthatantrafacebook-reactions-main
    नवलपरासी । हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ । नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर पुनर्मिलन गराइएको हो । मानव सेवा आश्रम चितवनले यही वैशाख ४ गते उद्धार गरेकी वृद्धालाई फेसबुकमार्फत परिवार पत्ता लागेपछि पुनर्मिलन गराइएको आश्रमकी अभियन्ता रुपा केसीले जानकारी दिइन् । फेसबुकको माध्यमबाट आफ्नी हजुरआमा आश्रममा रहेको ...
  • सय वर्षमा फेरि बिहे ! Apr 27, 2016 Arthatantramarriage
    इलाम । उमेर पुगेपछि बिहे हुनु सामाजिक संस्कार नै हो। तर, बारबोट गाविसमा मंगलबार यस्तो बिहे (शताब्दी उत्सव) आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए। निम्तालु र आगन्तुकले ‘बेहुला बेहुली’लाई टीका लगाएनन्। न त अरु बिहे झै उपहार र दक्षिणा नै दिए। बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए। बारबोटे गाविस–७ का एक सय २ वर्षे टंकनाथ भुर्तेल ...
  • ताप्लेजुङमा सातामै २३ वटा द्वन्द्वपीडितका उजुरी Apr 25, 2016 Arthatantrasatyanurupan
    ताप्लेजुङ, १३ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पुनः द्वन्द्वपीडितको उजुरी लिने व्यवस्था गरेसँगै ताप्लेजुङमा एक साताको अवधिमा नै २३ वटा द्वन्द्वपीडितका उजुरी दर्ता भएका छन् । एक साताको अवधिमा दुई बेपत्तासहित २३ वटा उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ । समितिका अनुसार बेपत्ता दुई र बाँकी २१ वटा उजुरी घाइते, अपाङ्ग, ...
  • पैसा बैंकमै थन्किएपछि साढे २२ हजारले सेवा पाएनन् Apr 25, 2016 Arthatantranepali-note
    पर्वत । यहाँ चालु आवको सामाजिक सुरक्षा भत्ता बैंकमै अलपत्र परेको छ । जिल्ला विकास समितिले पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि २०७२ साल असोज १९ गते गरिमा विकास बैंक लिमिटेड कुश्मा शाखालाई रकम निकासा दिए पनि अहिलेसम्म वितरण हुन सकेको छैन । गत असोज १९ गते पहिलो र दोस्रो चौमासिकको भत्तावृत्ति वितरण गर्नका लागि झन्डै रु चार ...
  • …जब संचारमन्त्रीकै गला अबरुद्ध भयो Apr 24, 2016 ArthatantraIMG_7645
    काठमाडौँ, १२ बैशाख । ठीक एक बर्ष अघि अर्थात गएको बैशाख १२ गते मृत्युको मुखमा पुगेका थिए भक्तपुरका सोनिस अवाल । २२ घण्टापछि नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको टोलीले उनलाई सकुशल उद्दार गरे । त्यसपछिका दिनमा सँधै चर्चाको केन्द्रमा रहेका सोनिस अवाल आइतबार राजधानीमा आफ्नो जीवन बिमाको प्रमाण पत्र थाप्दै थियो । प्रसंग जुराइदिएको थियो– चर्चित ...
  • बसले कमायो महिनादिनै ७० लाख ! Apr 24, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौ । उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । उनका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा ...
  • स्थानीयले नै निर्माण गरिदिए प्रहरी चौकी Apr 23, 2016 Arthatantrasundhupalchok
    सिन्धुपाल्चोक । भुकम्पले प्रहरी चौकी ध्वस्त भएपछि स्थानीयको सक्रियतामा भुकम्पको एक वर्षपछि प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयको सक्रियतामा यसरी प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको जिल्लामा यो पहिलो हो । व्यापारीक केन्द्र बाह्रविसेमा रहेको प्रहरीको अस्थाई पोष्ट भुकम्पले क्षति भएपछि स्थानीय टोल सुधार समितिले आर्थिक संकलन गरेर चिटिक्क पारेको भवन शनिबार प्रहरीलाई हस्तान्तरण गरिएको थियो । व्यस्त ...
  • गोरखाको लाप्राकमा एनआरएनएले ‘नमुना वस्ती’ बनाउने Apr 23, 2016 Arthatantragorakha laprak
    काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको दुर्गम भूकम्पग्रस्त गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहजीकरण समितिको हालै बसेको वैठकले नमुना वस्ती बनाउने गैरआवासीय नेपाली संघको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । ‘अब लाप्राक अत्याधुनिक नमुना वस्ती बन्ने भएको छ’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने । करिव ६ सय घर परिवार रहेको लाप्राक वस्ती गत बर्षको भूकम्पबाट ...