Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • काठमाडौंमा फोहरबाट बिजुली तीन महिनाभित्रमा बल्ने Apr 9, 2016 Arthatantraphohar
    काठमाडौँ । आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाडौँ उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई विस्तार गरिनेछ । अहिले टेकु ट्रान्सफर स्टेसनमा सङ्कलित फोहरबाट बिजुली निकाल्न लागिएको र यसका लागि दैनिक तीन सय टन ...
  • विश्वकै अग्लो त्रिशुल धरानको पिण्डेश्वर धाममा बन्ने Apr 8, 2016 Arthatantratrishul
    काठमाडौं । धरानको पिण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुलको निर्माण गरिने भएको छ । विश्व हिन्दु परिषद् नेपाल धरानले मन्दिर परिषरमा अष्ठ धातुले निर्माण गरिएको १५० फिट अग्लो त्रिशुल निर्माण गर्न लागिएको हो । परिषद्ले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पूर्व प्रसिद्ध धाम पिण्डेश्वरमा अष्ठधातुले निर्माण गरिने १५० फिट उचाईको महारुद्र त्रिशुल स्थापना गर्ने जानकारी दिएको हो । त्रिशुल निर्माण समितिका अध्यक्ष ...
  • लेनदेनको विषयलाई लिएर भयो विभत्स हत्या Apr 8, 2016 Arthatantranepali-note
    दाङ । घोराही निवासी ३८ वर्षीय विष्णु महरालाई लेनदेनको विषयका कारण सौँडियार–३ निवासी २९ वर्षीय मिहाल भनिने खिमबहादुर डाँगीले गाडीको प्रयोग गरेर विभत्स हत्या गरेको दाङ प्रहरीले जानकारी दिएकोछ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले हिजो विहीबार पत्रकारसम्मेलन गरेर घटनाबारे जानकारी दिएका हुन् । प्रहरीका अनुसार महराबाट डाँगीले व्यक्तिगत रुपमा १५ लाख रुपैयाँ सापटी लगेका ...
  • आगलागीबाट एक करोडभन्दा बढी क्षति Apr 7, 2016 Arthatantraaago
    कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण तौलिहवा शाखाअन्तर्गतको विद्युत् सप्लाई गृहमा गएराति आगलागी हुँदा करिब एक करोडभन्दा बढीको क्षति भएको छ । विद्युत्भार कटौतीको तालिकाअनुसार साँझ ८ बजे गएको लाइन राति २ बजे आउँदा विद्युत् सर्ट भएर गृहमा आगो लागेको प्राधिकरणका तौलिहवा शाखाका प्रमुख नारायण अर्यालले बताएका छन् । राति २ बजे लागेको आगो आज विहान ४ बजे मात्र नियन्त्रणमा आएको थियो आगलागीबाट ...
  • संचार उद्यमीको हत्याका योजनाकार मन्त्री ! Apr 6, 2016 ArthatantraArun Janakpur
    काठमाण्डौं । प्रहरीले ६ वर्षअघि जनकपुरमा मारिएका संचार उद्यमी अरुण सिंघानिया हत्याको पछाडि तत्कालीन राज्यमन्त्री संजय साह रहेको र उनका बिरुद्ध मुद्दा दायर गर्न तयारी गरिरहेको बताएकोछ । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छdदारको फोरम लोकतान्त्रिक प्रभाविशाली नेता रहेका संजय साह २०६६ फागुनमा सिंघानियाको हत्या हुँदा भौतिक योजना राज्यमन्त्री थिए। जनकपुरको शिवचोकमा २०६६ साल फागुन १७ गते होली मनाइरहेका सिंघानियालाई ...
  • दूषित पानीले जाजरकोटमा झाडापखाला फैलाउँदै Apr 5, 2016 Arthatantrajajarkot_district
    जाजरकोट । जाजरकोटको दशेरा गाविसको वडा नं ३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिइरहेका ६१ जना विद्यार्थीको झाडापखालाको उपचार गरिएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर अधिकारीसहित चार जना शिक्षकलाई समेत झाडापखाला लागेपछि उपचारपछि स्वास्थ्य सुधार भएको अधिकारीले बताए । पखाला लागेका  ५९ जनाको उपचार गरिएको जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । दशेरा स्वास्थ्य चौकी इन्चार्ज नवीना कँडेलका अनुसार ...
  • खुल्यो ४० जनाका लागि जागिर, बैशाख २१ गतेसम्म म्याद Apr 4, 2016 Arthatantravacancy
    काठमाण्डौं । महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी नायब सुब्बा र खरिदारका पदमा ४० जना कर्मचारी माग गरेको छ । महानगरपालिकाले प्रशासनमा नायब सुब्बा वा सो सरहका पाँचौं स्तरका सात जना, लेखापाल सहायक स्तरका पाचौं तह सरहका प्रशासनमा तीनजना, खरिदार वा सो सरहका सहायक स्तरका चौथो तह प्रशासनमा २५ जना र सहलेखापाल चौथो तह प्रशासनमा पाँचजना कर्मचारी माग गरेको छ। यी पदहरुमा ...
  • भूकम्पपछिको अनुदान रकम पाउनेको आज नाम सार्वजनिक हुँदै Apr 3, 2016 Arthatantranepali-note
    काठमाण्डौं । आज भूकम्पपीडित आठ जिल्लाका बासिन्दाहरुका लागि भनेर छुट्याइएको आवास पुननिर्माण योजना अन्तर्गत व्यक्तिगत घर निर्माण गर्न अनुदान पाउन योग्य व्यक्तिहरुको नाम सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागद्वार सञ्चालित भूकम्प प्रभावित आवासा पुनर्निमाण लगत संकलनले यस्तो विवरण सार्वजनिक गर्न लागेको हो । यो विवरणमा नाम भएकाले मात्र उक्त सुविधा पाउनेछन् भने नाम नभएकाले सरकारले घर बनाउने दिने दुई लाख, सामूहिक ...
  • उपत्यकामा फेरि भत्किँदै सडक वरपरका घर, चक्रपथ ८ लेनको बन्ने ! Apr 3, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाण्डौं। चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। पहिलो चरणअन्र्गत २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम २०७३ पुसमा सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र ...
  • ‘प्राकृतिक चिकित्सालयलाई १० करोड दिने अर्थ मन्त्रीको घोषणा ’ Apr 2, 2016 Arthatantrabishnu paudel
    नवलपरासी । अर्थमन्त्री बिष्णुप्रसाद पौडेल प्राकृतिक चिकित्सालयको विकासका लागि सरकारले रु १० करोड सहयोग गर्ने बताएका छन् । नवलपरासीको रजहरमा रहेको राष्ट्रिय प्राकृतिक चिकित्सालयको पूर्वाधार विकास लागि यस बर्ष नै उक्त रकम उपलब्ध गराउने घोषणा गरेका हुन् । चिकित्सालयको दोस्रो अधिबेशनको उद्घाटन तथा नयाँ भवनको शिलन्यास कार्यक्रममा बोल्दै उहाँले यस्तो कुरा बताएका हुन् । मैले शिलन्यास गरेको भवनलाई रु पाँच करोड र ...