Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • वैदेशिक रोजगार विभागमा बयान दिँदै ल्हारक्याल लामा, के भन्दैछन् उनी ? Mar 23, 2016 ArthatantraLarkyal Lama
    काठमाण्डौं । एकीकृत नेकपा (माओवादी)का निलम्बित सभासद् ल्हारक्याल लामाको अहिले वैदेशिक रोजगार विभागले बयान लिइरहेको छ। विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा लामाको अहिले बयान लिने कार्य भइरहेको जानकारी दिए। गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनको क्रममा बैङ्कको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए। पक्राउ परेका लामालाई ...
  • राजकुमार ह्यारीको ‘डिनर’ लोकल कुखुरा र कोदोको ढिंढो Mar 21, 2016 ArthatantraDhido and local kukhura
    लमजुङ । बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड आज जिल्लाको गौंडामा बास बस्ने तय भएपछि उनका लागि साँझको खानामा कोदोको ढिंढो र दुईवटा लोकल कुखुरा तयार पारिएकोछ । गौँडा–७, लेउरानीस्थित ८७ वर्षीया मंगली तामाङको घरमा ह्यारीले आज बास बस्नेछन् । उनका लागि मंगलीको एक तले घरमा रातीका लागि भने ओछ्यान पनि तयार पारिएको छ । साथै ह्यारीसँगै आउने पाहुनाहरुका लागि भनेर ...
  • अन्तर्राष्ट्रिय विमानस्थल र द्रुत मार्ग आफै बनाउन सरकारलाई निर्देशन Mar 20, 2016 ArthatantraInternational Airpot Nepal
    काठमाण्डौ। व्यवस्थापिका–संसद्, अर्थ समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँ–तराई मधेस द्रुत मार्ग सरकार आफैले निर्माण गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका ती दुवै परियोजना नेपाली लगानी र सीपमा नै निर्माण गर्नुपर्नेमा जोड दिँदै तत्काल प्रक्रिया सुरु गर्नसमेत सरकारलाई निर्देशन दिएको हो । आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रको अधिकतम हितलाई केन्द्रमा ...
  • इन्टरनेट निशुल्क भएपछि रत्नपार्क अवलोकन गर्न आउनेको सङ्ख्या बढ्यो Mar 20, 2016 Arthatantraratnapark
    काठमाडौँ । रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै शनिबार मात्र रत्नपार्कमा अवलोकन गर्न आउनेको सङ्ख्या २०० ले वृद्धि भएको छ । काठमाडौँ महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार अन्य शनिबारको दिन एक हजारसम्म अवलोकनकर्ता आउने गरेकामा यही चैत ६ गते शनिबारदेखि इन्टरनेट सुविधा थपिएपछि अन्य दिनको तुलनामा वृद्धि भएको हो । अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानीमा पनि वृद्धि भएको ...
  • आमा समुहद्वारा ४०० लिटर मदिरा नष्ट Mar 19, 2016 Arthatantramorther,s groups
    काठमाण्डौं । जुम्लाको ताम्ती गाविसमा आमा समूहको सक्रियतामा एक हजार ४०० लिटर मदिरा नष्ट गरिएको छ । सदरमुकामबाट ३९ किलोमिटर दूरीमा रहेको ताम्ती गाविस वडा नं ७, ८ डुङ्ग्री र टोप्ला गाउँका स्थानीय आमा समूहले उक्त परिमाणको मदिरा नष्ट गरेका हुन्। गाउँमा जुवातास र मदिराको बिगबिगी निकै बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीको समन्वयमा महिलाले मदिरा नष्ट गरेको कालिका मावि टोप्लाका प्रधानाध्यापक ...
  • रत्नपार्कमा अब निःशुल्क इन्टरनेट सुविधा Mar 18, 2016 Arthatantraratnapark
    काठमाडौँ । राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो । एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् ...
  • होलीको नाममा लोला हान्नेलाई सार्वजनिक मुद्दा Mar 18, 2016 Arthatantrawater_balloon_
    काठमाण्डौं । होलीमा अरुलाई जबर्जस्ति लोला हान्नेलाई प्रहरीले सार्वजनिक मुद्धा चलाउने भएको छ। होलीको नाममा लोला हान्ने तथा मदिराजन्य बस्तुका बोत्तलहरु बोकेर हिड्नेहरुलाई प्रहरीले सार्वजनिक मुद्धा चलाउने भएको छ। काठमाडौ प्रहरी परिसरका एसएसपी विक्रमसिहं थापाका अनुसार होलीमा युवतीमाथि लोला हान्नेहरुलाई सार्वजनिक मुद्धा चलाइने भएको हो। उनले भने ‘होलीको नाममा विकृति भित्राउनेलाई अब नेपाल प्रहरीले सार्वजनिक मुद्धा चलाउने छ  साथै यस्ता गतिविधि हुन ...
  • सरकारले २० लाख किलो दाउरा बेचेर ३ करोड भन्दा बढी कमायो Mar 18, 2016 ArthatantraDaura-
     काठमाडौं । भारतीय नाकाबन्दीका बेला काठमाडौं दाउरा युगमा फर्कियो, सरकार आफैंले राजधानीमा दाउरा बेचेर ग्यास नपाएका उपभोक्तालाई सहज पनि गराइदियो । हाल ग्यास आपूर्ति तुलनात्मक रुपमा सहज भएपछि सरकारसँग दाउरा किन्ने सर्वसाधारण अब छिटपुट मात्रै छन् । ३ ठाउँमा डिपो राखेर दाउरा बेचेको टिम्बर कपोरेशन अफ नेपाल (टीसीएन)ले अहिले एउटा डिपोबाट मात्र दाउरा बेचिरहेको छ । स्वयम्भु, पशुपति र भक्तपुरका दाउरा डिपोबाट ...
  • पुननिर्माणका लागि २६ सय प्राविधिक माग, अनलाईन आवेदन दिन सकिने Mar 18, 2016 ArthatantraHouse Map
    काठमाण्डौं । भूकम्पका कारण क्षति भएका घर पुनर्निर्माणमा सहयोग पुर्‍याउन सरकारले इन्जिनियर सहित झण्डै २६ सय जना प्राविधिक जनशक्ति माग गरेको छ। शहरी विकास तथा भवन निर्माण बिभागले शुक्रबार सूचना प्रकाशित गरी आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका लागि केन्द्र र जिल्ला स्तरमा काम गर्ने इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्‍जिनियर गरी २५ सय ७१ जना माग ...
  • किन अझै असहज छ, डिजेल ? Mar 17, 2016 Arthatantraoil coorporation
    काठमाडौं । भारतीय आयल कर्पोरेसन (एनओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको तुलनामा डिजेल कम पठाएको हुँदा बजारमा केही अभाव देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । आलोपालो रुपमा एउटै गाडीले पेट्रोल र डिजेल भारतबाट ल्याउँदा पनि बजारमा डिजेलको केही अभाव देखिएको र केही दिनभित्र अभाव हट्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ । आपूर्तिमन्त्री गणेशमान पुनले व्यवस्थापिका–संसद्, उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा सो जानकारी दिँदै ...