Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
समाज
  • १० सहकारीको दर्ता खारेज Mar 17, 2016 Arthatantrasahakari
    कञ्चनपुर । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरले वार्षिक लेखा परीक्षण नगरी कारोबार सञ्चालन गर्ने जिल्लाका १० सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । तीन वर्षदेखि लेखा परीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारी संस्थाको दर्ता खारेजी गरिएको हो । सहकारी डिभिजन कार्यालयका प्रमुख रामबहादुर खातीले लेखा परीक्षणका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गर्ने, प्रगति प्रतिवेदन नबुझाउने, साधारणसभा नगर्ने र सम्बन्धित ...
  • सार्कका आदर्श र उद्देश्यप्रति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री Mar 17, 2016 ArthatantraPM KP OLI
    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आदर्श, सिद्धान्त र उद्देश्यप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका छन् । सार्क मन्त्रिपरिषद्को ३७औँ बैठकको उद्घाटन गर्दै ओलीले दक्षिण एसियाली पहिचान र यस क्षेत्रका जनताको उन्नयनलाई केन्द्रमा राखेर सार्कको जीवन्त भावनालाई अक्षुण्ण राख्न सबै सदस्य मुलुकलाई आग्रह गरे । प्रधानमन्त्रीले दक्षिण एसियाको ...
  • आमाले गरिन् डेढ वर्षीया छोरीको हत्या Mar 17, 2016 ArthatantraRautahat_district
    काठमाण्डौं । रौतहटमा एक आमाले आफ्नै अवोध छोरीको हत्या गरेका छिन् । डेढ वर्षीय छोरीलाई निर्ममतापूर्वक हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधवार राति नै पक्राउ गरेको छ । रौतहट पचरुखीकी २२ वर्षीया सुतनी देवीले काखकी छोरीको हत्या गरेको प्रहरीले जनाएको छ। उनले डेढ वर्षीया छोरी रिनालाई गंगापिपरा गाविस भवनको पछाडि बाँसघारीमा भूँइमा पछारेर हत्या गरेकी प्रहरीले जनायो। डेढ वर्षीय बालिकाको हत्या ...
  • सडकका लागि ५ करोड ! Mar 17, 2016 ArthatantraNepal-Marpha-Jomsom-Trek8
    मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी सडकका योजना माग भएको छ । २४औँ जिल्ला परिषद्मार्फत २२ वटा सडक आयोजना निर्माणका लागि पाँच करोड ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सोह्र गाविस रहेको जिल्लाका सबै गाविस कार्यालयसम्म सडक सञ्जालको पहुँच विस्तार भएपनि मर्मतसम्भार र कालोपत्रका लागि उक्त सङ्ख्यामा सडक आयोजनाको माग भएको पाइएको छ । जिल्लामा प्राप्त सडक योजनालाई ...
  • बालिका बन्धक बनाउने विनिता र भिमसेन पक्राउ Mar 16, 2016 ArthatantraBinita-and-Bhimsen
    काठमाण्डौं । ललितपुर उपमहानगरपालिका, बालकुमारीबाट एक बालिकालाई अपहरण गरी बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारी बस्ने बलराम पाण्डेको– ८ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरण गरी बन्धक बनाउने काभ्रे सिमथली घर भई हाल बालकुमारी बस्ने १६ वर्षीय भिमसेन भण्डारी र १६ वर्षीय विनिता बास्कोटालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । चैत १ गतेदेखि बालिका हराई बेपत्ता भएको सूचनाका आधारमा ...
  • जङ्गलमा भेटिएका बम सेनाद्वारा निष्क्रिय Mar 16, 2016 Arthatantrasocket-bom-
    काठमाण्डौं । नवलपरासीको पहाडी धुर्कोट गाविस–६ स्थित गाउँ नजिकैको जङ्गलमा फेला परेका तीनवटा सकेट बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । मङ्गलबार गाउँ नजिकैको जङ्गलमा फेला परेका एउटा सिङ्गल र दुई थान डबल सकेट बमलाई बज्रदल गणबाट सहसेनानी सबिन रायमाझीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो। द्वन्द्वकालमा लुकाएर राखिएको हुनसक्ने अनुमान गरिएको एक थान सिङ्गल र दुई ...
  • बर्षा अगावै पुर्ननिर्माणमा जुटौंः एमाले नेताहरु Mar 15, 2016 ArthatantraUML Bagmati
    काठमाडौँ । गएको वैशाखको विनाशकारी भुकम्प पछाडि सबैभन्दा वढि क्षति वाग्मति अञ्चलमै भएको र पुर्ननिर्माणमा जुट्न ढिलाई भएको भन्दै वाग्मति अञ्चलका नेकपा एमाले नेता तथा कार्यकर्ताहरु जुर्मुराएका छन । पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेकपा एमाले वाग्मति अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुको समेत उपस्थितीमा एमाले वाग्मति अञ्चल समन्वय कमिटिले मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । पुर्ननिर्माणको काम वर्षा सुरु ...
  • युवतीले लुटिन दश तोला सुन र मोबाइल Mar 15, 2016 Arthatantramyagdi_district
     म्याग्दी । खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जालीका साथमा रहेको सुन, मोबाइल टेलिफोन र पैसा लुटेकी छन् । सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन लगायत सामान लुटिएको पीडितले बताएका छन् । खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र ...
  • चट्याङले चितवनमा दुई जनाको ज्यान मृत्यु, सात घाइते Mar 15, 2016 Arthatantrathunder
    काठमाण्डौं । पूर्वी चितवनको एक इट्टा उद्योगमा चट्याङ पर्दा उद्योगमा कार्यरत दुई मजदुरको ज्यान गएको छ। अन्य सात मजदुर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैत १ गते सोमबार दिउँसो हावाहुरी र पानीआएका बेलामा पूर्वी चितवन रत्ननगर–१० मा रहेको हरिकृष्ण इट्टा उद्योगमा चट्याङ् परेको थियो । चट्याङले घाइते भएपछि उपचारकालागि भरतपुर अस्पताल ल्याउँदै गरेका नौजना मध्ये दुईजनाको बाटोमा ...
  • स्टाफ नर्सविरुद्ध विशेष अदालतमा मुद्दा दायर Mar 14, 2016 Arthatantranurse
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी स्टाफ नर्सको सेवा सुरु गरेको भन्दै गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत उषा शर्मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार यादवले नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समिति पटना भारतबाट सन् १९९६ मा माध्यामिक तह उत्तीर्ण गरेको भनिएको प्रमाणपत्र नक्कली पाइएको हो ...